असोज ५, २०८०
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
काठमाडाैं | साउन ३२, २०८०
विगत ३० वर्षदेखि अनवरत नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति छानिएको छ ।
बुधवार काठमाडौंको थापाथलीमा सम्पन्न वार्षिक साधारणसभाले वरिष्ठ गीतकार तथा साहित्यकार वसन्त चौधरीकी पुत्री मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
आगामी चार वर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ रंगकर्मी हरिहर शर्मा, महासचिवमा गीतकार तथा पत्रकार रमण घिमिरे र कोषाध्यक्षमा मनिषकुमार खेम्का निर्वाचित भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यहरुमा डा. उषा ठाकुर, नारायणभक्त श्रेष्ठ(रायन), राजेन्द्र सलभ निर्वाचित भएका छन् ।
निर्वाचित नयाँ कार्यसमितिले बिहीवार नै पदभार ग्रहण गरेको छ ।
नेपालको अग्रणी र सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपका प्रणेता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित भएको साहित्यकला मन्दिरको संरक्षकमा कवि तथा गीतकार बसन्त चौधरी रहेका छन् ।
यसअघि लामो समयसम्म यो मन्दिरको कार्यसमिति अध्यक्षको रुपमा चौधरीले काम गरेका थिए । उनले आफ्ना मातापिताको नाममा स्थापित यो संस्थाको जिम्मेवारी उनकै एकमात्र पुत्री मेघा चौधरीले पाएकी हुन् ।
बुधबार सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा बोल्दै वरिष्ठ कवि बसन्त चौधरीले आफूले ३५ वर्षको हुँदा साहित्यकला मन्दिरको जिम्मेवारी बहन गरेको स्मरण गर्दै आफ्नी पुत्री मेघालाई सो जिम्मेवारी सुम्पिन पाएकोमा प्रसन्नता प्रकट गरे । ‘मेरी छोरीमा म भन्दा पनि राम्रो नेतृत्व क्षमता छ ।’ उनले भने–‘बासना फैलाउने गुलाबको सुन्दर फूल झै मेरी छोरीले पनि आफ्नो क्षमताले यो संस्थालाई समेत नयाँ उचाई दिनेछिन् भन्ने विश्वास छ । आगामी दिनमा अझ बढी सेवाको कार्य हुनेछ ।’
उनले ३० वर्षको अवधिमा साहित्यकला मन्दिरले १० दर्जन मूर्धन्य स्रष्टालाई सम्मान गरेको स्मरण गर्दै नेपालमा साहित्यकलाको क्षेत्रमा ३० वर्षसम्म अनवरत काम गरेको योजस्तो अर्को कुनै संस्था नरहेको समेत बताए ।
सो अवसरमा उनले साहित्य, संगीत, कला, पत्रकारिता, स्वास्थ्य, समाजसेवा लगायतका क्षेत्रमा संस्थाको कार्यक्षेत्र बिस्तार हुने र यही वर्ष नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार समेत स्थापना गरिने घोषणा गरे ।
कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले नेपाली साहित्यकला र संगीतको उन्नयन तथा विश्वस्तरमा नेपाली कलासाहित्य र भाषाको प्रवद्र्धनका लागि साहित्यकला मन्दिरले विशिष्ट योगदान पुर्याएको बताए ।
साधारणसभामा साहित्यकला मन्दिरको नाम परिवर्तन गरी वृहत उद्देश्यसहित अगाडि बढ्ने अजेण्डा पारित भएको छ । यसका लागि विधान संसोधनको प्रस्ताव समेत पारित भएको नवनिर्वाचित अध्यक्ष मेघा चौधरीले जानकारी दिइन् ।
साधारणसभाबाट रमण घिमिरेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन समेत पारित भएको थियो ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
जीवन त्यस्तो चमत्कार हो, जो आफैँमा शून्य छ, शून्यमा विचरण गर्छ । ऊ शून्य पनि हो अनि शून्यकै खेल पनि हो । शून्यबाटै उठ्छ, शून्यमै खेल्छ र शून्यमै हराउँछ । हराउँछ भन्नुको अर्थ बिलाउँछ भन्ने होइन । त्यसैले त पुनः उठ्छ ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...