×

NMB BANK
NIC ASIA

सरकारलाई ट्रेड युनियन कांग्रेसको आग्रह– श्रमिकलाई रासन कार्डको व्यवस्था होस्

काठमाडाैं | भदौ १, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी कहालीलाग्दो मूल्य वृद्धिमा सरकारले साउन ३२ गते राजपत्रमार्फत श्रमिकलाई मासिक रु १७ हजार तीन सय दिने व्यवस्था गरेको भन्दै उक्त रकमले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुने भएकाले रासन कार्डको व्यवस्था मिलाउन आग्रह गरे ।

Muktinath Bank

‘नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको पारिश्रमिक न्यूनतम रु २५ हजार हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको अवस्थामा सरकारले राजपत्रमा प्रकाशित गरेको श्रमिकको पारिश्रमिकले जम्मा १७ हजार तीन सय बनाएको छ, यसले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुन्छ,’ महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले चिया क्षेत्रमा गरिएको न्यूनतम तलबरज्याला भेद्भाव गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रम ऐन, २०७४ को  दफा १०७ अनुसार गठित सरकार, रोजगारदाता र ट्रेड युनियन रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले दुईरदुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान विपरीत बजारको मूल्य वृद्धिलाई नजरअन्दाज गरेर सरकारले एकलौटी ढङ्गले श्रमिकको पारिश्रमिक वृद्धि गरेकोप्रति ट्रेड युनियन कांग्रेसले विमती जनाएको छ ।


Advertisment
Nabil box
Kumari

महासचिव राईले सरकारले विगतमा सम्पूर्ण श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने, सामाजिक सुरक्षा कोषमा सङ्लग्न नगराउने गरेको तोकिएको पाइएकाले पारिश्रमिक अनिवार्य रुपमा लागू गर्न आग्रह गरेका छन् । –रासस– 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x