×

NMB BANK
NIC ASIA

राजनीति

एमालेको सर्कुलर : नेतालाई बिदा गर्नेदेखि विभागमा मनोनयन र जिम्मेवारी हेरफेरसम्म [पूर्णपाठ]

काठमाडाैं | भदौ १, २०८०

NTC
Premier Steels

नेकपा एमालेले केन्द्रीय सचिवालयको २३औं र २४औं बैठकको निर्णयअनुसार पार्टीपंक्तिमा अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरेको छ।  एमालेको सचिवालय बैठक क्रमशः गत असार ३० र साउन २९ गते केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो । 

Muktinath Bank

सर्कुलरअनुसार एमालेले केही नेतालाई पार्टीबाट बिदा गर्नेदेखि प्रदेश अधिवेशनदेखि विभागमा मनोनयन र जिम्मेवारी हेरफेरसहितका विभिन्न निर्णय भएको छ । यस्तै प्रदेश अधिवेशनका सम्बन्धमा पार्टी कमिटीलाई आवश्यक निर्देशन दिएको एमालेले पार्टी र जनसङ्गठनको उम्मेदवारी शुल्क, सामाजिक सञ्जालको प्रयोग, सार्वजनिक कार्यक्रममा फोटोको प्रयोगका सम्बन्धमा पनि आवश्यक निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले चार जना नेतालाई कामबाट बिदा दिने निर्णय गरेको छ । अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई हाललाई कामबाट  बिदा दिने निर्णय गरेको हो । स्वास्थ्यलगायतका कारण देखाउँदै हाललाई पार्टीको कामबाट बिदा दिइएको एमालेको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरूको हकमा अवस्था र कारण बुझेर अर्को बैठकबाट आवश्यक निर्णय लिने पनि उल्लेख छ । 

Vianet communication

यस्तै केशव स्थापित र प्रमोद नारायण यादवलाई केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेअनुसार केन्द्रीय कमिटी सदस्यबाट बिदा गरिएको एमालेले जनाएको छ । 

यस्तै एमालेले पृथ्वी सुब्बा गुरुङ नेतृत्वमा १५ सदस्यीय संसदीय विभाग बनाएको छ । यस्तै प्रचार विभागमा डा महेन्द्र विष्टसहित ११ जना सदस्य मनोनीत भएका छन् ।  विपद् व्यवस्थापन विभाग, कृषि तथा पशुपक्षी विभाग, खानेपानी विभाग, अर्थ योजना विभाग, पार्टी स्कुल विभाग लगायतमा पनि सदस्य मनोनयन गरिएको छ । 

यस्तै गुरुप्रसाद बराल, विद्या सुन्दर शाक्य, झपटबहादुर बोहरालगायतको जिम्मेवारी हेरफेर भएको छ । 

यसैबीच एमालेले विभिन्न व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झन्डा दुरुपयोग भइरहेको ठहर गरेको छ । यसले पार्टीपंक्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको एमालेको ठहर छ । 

सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको छ ।

यस्तै एमालेले आत्मालोचना गर्ने विद्रोहीहरूको सदस्यता नवीकरण गर्ने निर्णय पनि गरेको छ । चुनावको बेला बागी÷विद्रोही भई कारबाहीमा परेका तर आत्मालोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने एमालेले निर्णय गरेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x