×

NMB BANK
NIC ASIA

गीत-संगीत

‘चोली मैलै भो’ले चिनिएकी भूमिकाः दोहोरी साँझदेखि देश–विदेशसम्म [भिडियो]

काठमाडाैं | भदौ ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

चोली मैलै भो
मैले तिमीलाई न‘भन्या मात्रै हो
मन पर्‍यो पहिल्यै हो

Muktinath Bank

यो गीतलाई युट्युबमा हेरौं, – ‘लोभलाग्दो’ भ्युज पाएको छ । टिकटकमा खोजौं, – हजारौं भिडियो बनेका छन् । यही एउटा गीत काफी छ गायिका भूमिका गिरीलाई चिनाउन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गायक प्रकाश दूतराजसँग उनको चिनजान केही वर्ष पहिल्यै देखिको थियो । स्रोता–दर्शकलाई झैं भूमिकालाई पनि प्रकाशका सिर्जनाहरू ‘एक्स्ट्रा’ लागेका थिए । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

प्रकाशसँग सांगीतिक सहकार्य गर्ने सोच बनाइन् भूमिकाले । र, गीत बनाउन आग्रह गरिन् । 

प्रकाशले भने, ‘ल दिदी तपाईंलाई ‘इम्याजिङ’ गरेर गीत बनाउँछु । हजुरलाई सुनाएपछि राम्रो लाग्यो भने काम गरौंला ।’ 

महिनादिन बित्यो । दुई–तीन महिना बित्यो, तर गीत बन्यो भन्ने खबर आएन । 

‘पाँच–६ महिनापछि बल्ल भाइले गीत पठायो । शुरूमा सुन्दा ठीकैमात्र लागेको थियो । दोहोर्‍याएर सुनें, फेरि पटक–पटक सुनें,’ भूमिका सम्झन्छिन् ‘विस्तारै गीतसँग दिल बस्यो । मन पर्दै गयो ।’ 

 

कोरोना भाइरस महामारीको समयमा बनेको गीतमा प्रकाश र भूमिकाले स्वर दिए । भिडियोमा उनीहरू नै प्रस्तुत भए । तयार भयो गीत । युट्युबमा सार्वजनिक गरियो । गीतलाई अग्रजदेखि अनुजसम्मले प्रशंसा गरे । 

भूमिकाका अनुसार यस गीतले एकैपटक पिकअप लिएको चाहिँ होइन । ‘सुरुमा ल्याउँदा सुन्नेहरूले प्रशंसा गर्नुभयो । भ्युजका हिसाबले अलि स्लो नै थियो,’ उनले भनिन् ‘बीचमा स्कुले विद्यार्थीहरूले ड्रेसमा टिकटक बनाउन थालेपछि गीतले फेरि चर्चा पायो । अलि पछि फेरि लाइभ दोहोरीबाट चर्चामा आयो ।’ 

भूमिकाले धेरै गीतमा स्वर दिइन् । धेरै गीत रुचाइए । यद्यपि, ‘चोली मैलै भो’ आफ्नो करिअरकै सबैभन्दा प्रिय गीत भएको उनी बताउँछिन् । अगाडि भन्छिन्, ‘सबै गीतको माया लाग्छ । तर, ‘चोली मैलै भो’ मेरो लागि एउटा ऐतिहासिक काम लाग्छ । फेरि त्यो खालको काम गर्न सकिन्छ वा सकिन्नँ । त्यो खालको काम गरे पनि सोहीअनुसारको चर्चा पाउँछ/पाउँदैन भन्ने हुन्छ ।’ 

०००
दाङको देउखुरीमा सामान्य परिवारमा जन्मिएकी भूमिका सानैदेखि पूजाआजा, सांगीतिक कार्यक्रममा गुनगुनाउँथिन् । त्यतिबेला गायन प्रतियोगितामा पुगेर निराश भएर फर्किएको अनुभव उनीसँग सायदै होला । 

बीमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, देवी घर्ती आदिका गीतहरू औधी सुन्थिन् उनी । उनीहरूजस्तै गायिका बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई । 

घरकी जेठी छोरी भएकाले परिवारका समस्याहरू भूमिकाले नजिकबाट नियालेकी थिइन् । बुबाआमाले गरेको दुःख देखेकी थिइन्, त्यसलाई बुझेकी पनि थिइन् । परिवारका लागि केही गर्नुपर्छ भन्ने जिम्मेवारी पनि उनमा थियो । 

null

एसएलसी दिएपछि उनी गायिका बन्ने सपना देखेर काठमाडौं आइन् । राति १२/१ बजेसम्म दोहोरी साँझमा गाउने, बिहान कलेज जानुपर्ने । उनका संघर्षका सुरुवाती दिन कम्ता गाह्रो थिएनन् । 

रहर थियो, गीत रेकर्ड गराउने । तर, त्यसका लागि भूमिकाले वर्षौ कुर्नुपर्‍यो ।

दोहोरी साँझमा गाउन थालेको पाँच वर्षपछि बल्ल पहिलो गीत ल्याइन् । त्यो रोइला गीत थियो । 

शिव हमालको शब्द एवं संगीत, भूमिकाको स्वरमा रहेको ‘लौका चाख्ने मौका देऊ’ गीतले गण्डकी र धौलागिरि क्षेत्रतिर राम्रै चर्चा पायो । 

दोस्रो गीत गायक रामजी खाँणसँग ल्याइन् । बोल थियो, तिउन मिठो बनायो चुकैले । 

‘यो गीत एकदमै रुचाइयो । यसलाई मेरो करिअरको टर्निङ प्वाइन्ट मान्छु,’ भूमिका भन्छिन् । यसपछि देश–विदेशका कार्यक्रमका लागि माग भयो उनको । 

सुरुदेखि नै ‘सेलेक्टिभ’ काम गर्न रुचाउँथिन् उनी । त्यसैले संख्यात्मक हिसाबले उनका गीतहरू थोरै होलान्, तर अधिकांश गीतले स्रोता–दर्शकको माया पाएका छन् । ‘गोरखपुरको सलाई’, ‘तारासँगै जून’, ‘नसिसाउन कान्छु’, ‘देउरालीमा’ आदि भूमिकाका रुचाइएका गीतहरू हुन् । 

स्टेज कार्यक्रमका लागि २०/२२ देश पुगिसकेकी उनी आफू त्यहीँबाटै पालिएको बताउँछिन् । ‘अहिले धेरै गायक/गायिकाको आम्दानीको मुख्य स्रोत स्टेज नै हो,’ उनी भन्छिन् ‘राम्रो भ्युज गयो भने युट्युबबाट पनि राम्रै आम्दानी भइरहेको हुन्छ । यद्यपि, त्यसलाई म पेन्सनका रुपमा हेर्छु ।’ 

हरेक वर्ष तीजमा नयाँ गीत ल्याउने भूमिकाले यसपटक पनि ल्याएकी छिन् । एक महिनाअघि सार्वजनिक ‘उजेली जुनेली’ले १९ लाख प्लस भ्युज पाइसकेको छ । 

null

यसवर्षको तीजमा भारतको बैंग्लोर पुगेर त्यहाँ रहेका नेपाली दिदीबहिनीलाई यही गीतमा नचाउने सुरसारमा छिन् भूमिका । 

सांगीतिक क्षेत्रमा लागेको १३/१४ वर्ष बिताएकी उनी यो क्षेत्रमा पाएको उपलब्धिलाई लिएर खुशी र सन्तुष्ट रहेको बताउँछिन् । यद्यपि, सिकिरहने र राम्रो काम गरिरहने चाहना भने सधैँ रहिरहेको बताउँछिन् । 

उनको चाहना छ, ‘सधै सांगीतिक क्षेत्रमै रमिरहन पाऊँ ।’ भोलिको योजनाबारे भन्छिन्, ‘गीतसंगीतभन्दा बाहिर धेरै सपना छैनन् । गायनलाई निरन्तरता दिन पाउँ । अझ राम्रो काम गर्न पाउँ । अझ बढी स्रोता–दर्शकले बुझुन्, चिनून् भन्ने नै हो ।’ 

सेलिब्रेटीका अफेयरका कुराहरू सञ्चारमाध्यमका लागि सधै गसिप बनिरहेका हुन्छन् । भूमिकाले भने विवाहसम्मै आफ्नो प्रेम सम्बन्धलाई लुकाइरहिन् । उनले सल्यानका हिजन विष्टसँगको केही वर्षको प्रेमसम्बन्धलाई गतवर्ष विवाहमा परिणत गरिन् । 

उनीहरूबीच ७/८ वर्षअगाडिदेखि चिनजान शुरू भएको थियो । विवाहको कुरा भने ३ वर्ष अगाडिदेखि सुरु भएको भूमिका बताउँछिन् । उनी आफ्नो श्रीमानबारे भन्छिन्, ‘उहाँ मलाई बुझ्ने हुनुहुन्छ । हाम्रो क्षेत्रलाई कहिल्यै पनि जज गर्नुहुन्न । र, व्यावहारिक बढी लाग्छ ।’ 

हेर्नुहोस् भूमिकासँगको भिडियो कुराकानी :

तस्वीर/भिडियो: विश्वास खनाल/लोकान्तर
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x