×

NMB BANK
NIC ASIA

कांग्रेस सह-महामन्त्रीमाथि खुकुरी प्रहार

कांग्रेस नेतालाई खुकुरी हान्ने सापकोटा– कलकारखाना बेचेको भन्दै प्रश्न, राजतन्त्रको नारा

काठमाडाैं | भदौ २०, २०८०

NTC
Premier Steels

बुधवार दिउँसो रिपोर्टर्स क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँगै राप्रपा महामन्त्री डा. धवल शमशेर जबरा उपस्थित थिए । 

Muktinath Bank

शुरूमा धवल शमशेरले भाषण गरे । धवलले भाषण गर्दै गर्दा त्यहीँ उपस्थित नुवाकोटका श्यामबहादुर सापकोटाले ताली बजाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धवलपछि बोल्ने पालो आयो महेन्द्र यादवको । यादवले बोलेपछि सापकोटाले उनलाई प्रश्न समेत गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

कांग्रेसको सरकारले देशका कलकारखाना बेचेको आरोपसहित सापकोटाले सोधेको प्रश्नको यादवले कुनै जवाफ दिएनन् ।

Vianet communication

कार्यक्रम सकिएपछि नेताहरू बाहिरिए । कार्यक्रमबाट बाहिँरिदै गर्दा सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका हुन् ।

महेन्द्र यादवसँगै कार्यक्रम स्थल पुगेका प्रत्यक्षदर्शी धनुषाका जोगी यादव र विजयकुमार यादवका अनुसार सापकोटाले खुकुरीमार्फत पहिलोपटक प्रहार गर्दा गम्छामा लागेको थियो । दोस्रोपटक प्रहार गर्दा टाउकोमा लागेको हो ।

प्रत्यक्षदर्शी

खुकुरी हान्ने सापकोटालाई प्रहरीले तत्कालै पक्राउ गर्‍यो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार सापकोटाले आफू राजावादी भएको बताएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार पनि उनले पक्राउ पर्ने बेला राजतन्त्र जिन्दावादको नारा लगाएका थिए । 

जोगी यादव र विजयकुमार यादवले सह–महामन्त्री यादवलाई तत्काल वीर अस्पतालमा पुर्‍याएका थिए । वीरले ट्रमा सेन्टर जान भनेपछि यादव हिँडेरै त्यहाँबाट ट्रमासम्म पुगेका थिए । 

टाउकोको पछाडि चोट लागेका यादवको उपचार भइरहेका छ । उनी खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो । 

null

यादवको स्वास्थ्य स्थिति बुझ्न कांग्रेसका नेता कार्यकर्ता ट्रमा सेन्टर पुगेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x