×

NMB BANK
NIC ASIA

हिरासतमा महिला थुनुवा बलात्कारबारे गम्भीर तथ्य बाहिरियो

काठमाडाैं | भदौ २२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कर्तब्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेकी ३५ वर्षीया महिला थुनुवामाथि कार्यालयका डिएसपी दीपककुमार रायले बलात्कार गरेको भनिएको घटनाबारे विस्तृत रूपमा छानबिन गर्न अनौपचारिक सेवा केन्द्र (इन्सेक) लगायतका संघसंस्थाले माग गरेका छन् । 

Muktinath Bank

इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले गरेको अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौँमा सार्वजनिक गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 इन्सेकले घटनाबारे विस्तृत रूपमा छानबिन गर्न र बलात्कार भएको भनिएकी थुनुवा महिलासँग महिला प्रहरीको उपस्थितिमा बयान लिने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताएको छ । 


Advertisment
Nabil box
Kumari

स्थलगत अध्ययनको क्रममा कर्तब्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी ३५ वर्षीया महिलाले सोही कार्यालयका डिएसपी रायले ०७९ चैत ६ गते राती बयानका लागि आफ्नो कार्य कक्षमा बोलाएर दुई पटक बलात्कार गरेको बताएकी थिइन् । गत वैशाख १२ मा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि गएका बेला उनले स्वास्थ्यकर्मीहरूलाई यस्तो बताएकी थिइन् ।

Vianet communication
Laxmi Bank

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले प्रहरी हिरासतभित्रै महिला थुनुवा बलात्कृत हुनु गम्भीर प्रकृतिको घटना भएकाले देशभरका सबै प्रहरी कार्यालय अन्तर्गत रहेका महिला थुनुवा कक्षको सुरक्षामा महिला प्रहरी खटाउन समेत माग गरेको छ ।

इन्सेकका अध्यक्ष डा। कुन्दन अर्यालले घटनाबारे प्रहरी र अन्य निकायले विस्तृत रूपमा छानबिन गर्नुको साटो दोषीलाई प्रहरी प्रशासनले संरक्षण गर्नुले न्यायलाई शक्तिले प्रभावित गरिरहेको भान भएको बताए। अध्यक्ष अर्यालले सुरक्षा निकायभित्रै सुरक्षा घेरामा रहेकी महिलामाथि बलात्कार हुनु जघन्य अपराधमा भएको उल्लेख गर्दै अपराधमा संलग्नलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन र कारवाही गर्नुपर्ने उल्लेख गरे । 
त्यसैगरी महिला पुनर्स्थापना केन्द्र (ओरेककी) अध्यक्ष डा रेणु अधिकारीले पीडित महिलालाई डिएसपी रायले मुख थुनी बोल्न कराउन नदिइ जबर्जस्ती करणी गरिएको र पुनः हिरासत कक्षबाट बाहिर कार्यकक्षमा लगेर बलात्कार गरेपश्चात बलात्कार गरेको कुरा कसैलाई भनेमा २० वर्षसम्म जेलमा सडाई दिने भनेर धम्की दिएको बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x