कात्तिक २९, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन् । बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन् । उनीसँगै दाइ हरिशरण लामिछानेले पन...
तीज आउन अब केही दिनमात्र बाँकी छ । तर, तीज गीतको चर्चा खास्सै सुनिँदैन।
उसो त यसवर्ष युट्युबमा विगतमा जस्तो धेरै संख्यामा तीज विशेष गीत सार्वजनिक भएका छैनन् । निर्देशकहरूका अनुसार यसवर्ष तीज गीतको निर्माण ह्वात्तै घटेको छ ।
विगतको तुलनामा यसवर्ष ५० प्रतिशत कम तीज विशेष गीत सार्वजनिक भएको निर्देशक काजिश श्रेष्ठको आकलन छ । उनी स्वयंले पनि गतवर्ष ४५ वटा तीज विशेष गीतमा काम गरेका थिए । यसवर्ष त्यो संख्या घटेर २ दर्जन हाराहारीमा सीमित भएको उनी बताउँछन् ।
‘माहोल हेर्दा आधा नै घटेजस्तो लाग्छ । आर्थिक मन्दीले पनि असर पार्यो । युट्युबमा पहिलेजस्तो भ्युज गएको पनि देखिँदैन,’ श्रेष्ठले भने, ‘युट्युबमा राम्रो माहोल नदेखिँदा लगानीकर्ता एवं कलाकारहरूले पनि धेरै गीत बनाउनुभन्दा थोरै बनाऊँ, स्तरीय बनाऔं भन्ने सोँच्न थाले ।’
पछिल्लो समय लगानीकर्ता एवं कलाकारहरूले स्तरीय काम गर्नेतर्फ ध्यान दिने गरेको उनको भनाइ छ ।
गायिका शर्मीला गुरुङ २०७८ सालको तुलनामा गतवर्ष र गतवर्षको तुलनामा यसवर्ष तीज गीत कम आएको बताउँछिन् ।
तीज गीतको संख्या घट्नुमा रौनकता कम हुनुदेखि आर्थिक मन्दीसम्मको भूमिका रहेको उनको बुझाइ छ । ‘तीज गीत सिजनल गीत भए पनि यसको खर्च भने अरू गीतसरह नै हुन्छ । पछिल्लो समय फेरि युट्युबमा पहिलेजस्तो भ्युज गएको पाइँदैन,’ उनले भनिन् ‘तीज गीतबाट लगानी उठाउँला भन्ने अवस्था पनि छैन । लगानी उठ्ने वातावरण नहुँदा संख्या घटेको हो जस्तो लाग्छ । त्यसमाथि पछिल्लो समय आर्थिक मन्दीको प्रभाव पनि होला ।’
एकाधमात्र चले
यसवर्ष एकाध तीज गीतमात्र राम्रो चले । जसमध्ये अहिलेसम्मको माहोल हेर्दा सर्वाधिक धेरै चल्ने तीज विशेष गीत रह्यो, – कमाउने नि हो, रमाउने नि हो ।
खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यो गीत असारको अन्तिममा सार्वजनिक गरिएको थियो । शंकर बिसीको कोरियोग्राफी एवं निर्देशन, प्रकाश सपूत र जुना विश्वकर्माको नृत्य रहेको गीतले युट्युबमा १ करोड ३२ लाख भ्युज पाएको छ ।
यो यसवर्ष सार्वजनिकमध्ये सर्वाधिक भ्युज पाउने तीज विशेष गीत हो । टिकटकमा समेत गीतले चर्चा पाएको थियो ।
शान्तिश्री परियारले तीज विशेष भनेर सार्वजनिक गरेको ‘अरेली काँडैले...’ बोलको गीतले यतिबेला युट्युबदेखि टिकटकसम्म चर्चा पाइरहेको छ ।
दुई साताअघि सार्वजनिक गीतमा प्रकाश सपूत र अञ्जली अधिकारीको नृत्य छ । सुनिल विकको निर्देशन रहेको भिडियोको भ्युज ५० लाख हाराहारी पुगिसकेको छ ।
यसवर्ष आएका अधिकांश तीज गीतले राम्रो चर्चा नपाउँदा स्रोता–दर्शकहरू विष्णु माझीको गीतको प्रतीक्षामा थिए । विष्णुले गत बुधवारमात्रै ‘पुतलीको भट्टी’ भाग १९ का रुपमा ‘बलमा...’शीर्षकको गीत ल्याइन् । यद्यपि, उक्त गीतले विष्णुका फ्यान एवं समग्र स्रोता–दर्शकलाई विगतमा जस्तो सन्तुष्टि दिन सकेन ।
विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द एवं संगीत रहेको गीतको भिडियोमा यसपटक बिनु सुवेदीले नृत्य गरेकी छिन् । यो गीतले विगतमा जस्तो चर्चा पाउने अहिलेसम्मको देखिँदैन । गीतको भ्युज औसत छ ।
‘तीज चाड नारीको’ शीर्षकको तीज गीतको चर्चा औसत रह्यो । १९ जना गायिकाको स्वर, त्यति नै संख्यामा मोडल रहेको यो गीतलाई युट्युबमा ५० लाख हाराहारीले हेरेका छन् । यो एक महिनाअघि युट्युबमा सार्वजनिक गरिएको थियो । खुमन अधिकारीदेखि सम्झना बुढाथोकीसम्मको अभिनय रहेको यस गीतमा शंकर बिसीको निर्देशन छ ।
यसवर्ष एउटा पुरानो तीज गीत पनि चर्चामा आयो । आजभन्दा झण्डै १२ वर्ष अगाडिको ‘ओइ सुन्तली’ शीर्षकको गीतको अंश ‘बेलैमाथि घर आउँछन्, बाहिर पनि जाँदैनन् । मेरा त बुढाले रक्सी खाँदैनन्’ टिकटकमा भाइरल भएको थियो ।
गीतकार एवं संगीतकार राजकुमार बगर तीज विशेष मात्र नभइ पछिल्लो समय अन्य गीतहरू पनि युट्युबमा पहिलेजस्तो नहेरिएको बताउँछन् ।
उनलाई लाग्छ- सर्जकले स्रोता/दर्शकको मन छुने सिर्जना दिन नसकेका हुन् कि ? सोच्छन् – गीतसंगीतमा स्रोता–दर्शकको रुचि फेरिएको हो कि ? ‘टिकटक, भ्लग, सिरियल, फिल्मतिर दर्शकहरू राम्रै पाइन्छ । गीतमा भ्युज नआउनुमा पछिल्लो समय दर्शकहरू बाँडिनु भयो कि भन्ने पनि लाग्छ’ बगर भन्छन् ‘संख्यात्मक हिसाबले कम गीत आउँदा चर्चा पनि सिमितको मात्रै भएको हो कि ? ठ्याक्कै यही कारण हो भनेर भन्न सकेको छैन ।’
गतवर्ष सबैभन्दा हिट गीत दिएका थिए भागिरथले, यसवर्ष ?
गतवर्ष तीजमा गायक भागिरथ चलाउनेको ‘झमझम झम्काना’ बोलको गीत सबैलाई उछिन्दै सर्वाधिक चर्चामा रहेको थियो । उनले सुनीता बुढा क्षेत्रीसँग गाएको गीत टिकटकदेखि युट्युबमा निकै चलेको थियो । गतवर्ष हिट गीत दिएका भागिरथले यसवर्ष ल्याएका तीज विशेष गीतले भने स्रोता–दर्शकको खास्सै मन जित्न सकेनन् ।
उनले यसपालि ‘मायाले त होला’, ‘मलाई एउटा सिफारिस बनाइदेउ’, ‘हेर्दिन ऐना ढाटेको छैन’ लगायतका तीज विशेष गीत ल्याए पनि अधिकांशले अपेक्षित चर्चा र भ्युज पाउन सकेका छैनन् ।
भागिरथ पनि गीत अपेक्षाअनुसार नचलेको स्वीकार्छन् । उनले भने, ‘मेहनत त गरेकै हो । तर, स्रोता–दर्शकहरूले बढी अपेक्षा गर्नुभएको रहेछ । त्यो अनुसारको सिर्जना ल्याउन सकिएन भनेर चित्त बुझाउनुपर्यो । अझ राम्रो गर्नुपर्यो ।’
कति चले खेम, पशुपति, खुमन ?
खेम सेञ्चुरीले यसवर्ष थुप्रै तीज गीत गाए पनि ‘कमाउने नि हो, रमाउने नि हो’ बाहेकका गीतले अपेक्षित चर्चा पाउन सकेका छैनन् ।
यता, केही वर्षयता तीजमा सबैभन्दा खोजिनेमध्येमा पर्ने गायकहरू पशुपति शर्मा र खुमन अधिकारीका यसवर्षका तीज गीत पनि उत्तिसाह्रो चर्चामा आउन सकेनन् । पशुपतिको ‘पुतली भुरुभुरु’लगायतका एकाध गीत औसत चले । खुमनको पनि ‘तीज चाड नारीको’ लगायतका एकाध गीत मात्रै चले ।
हरेक वर्ष तीजमा गीत ल्याउँदै आएका दुर्गेश थापाले यसवर्ष पनि त्यसलाई निरन्तरता दिए । उनले ‘बीच्च बीच्चमा ६’का रुपमा ‘दुर्गा नाच्छे’ शीर्षकका गीत सार्वजनिक गरेका छन् । यद्यपि, यसपटक उनको गीतले पहिलेजस्तो राम्रो चर्चा पाउन सकेको छैन ।
मौलिकमा भ्युजको झनै खडेरी
यसवर्ष मौलिकता बोकेका तीज गीतहरू सिमित आएका छन् । मौलिक गीतमा भ्युजको खडेरी अझ बढी देखिएको छ ।
हरिदेवी कोइरालाको मौलिक तीज गीत ‘प्याउली जोवन’, ‘मुटुका टुकुरा’ लगायतको युट्युब भ्युज न्यून छ । त्यस्तै, शर्मिला गुरुङको ‘पिपलु पात’को भ्युज पनि कम छ । शिवा आले कार्कीको मौलिक तीज गीत ‘छिर्लिङ बरिलै’को भ्युज पनि बिजोग छ ।
राजेश हमालदेखि श्वेता खड्कासम्म नाचे
यसवर्ष अभिनेता राजेश हमालदेखि पल शाह, अभिनेत्री गौरी मल्लदेखि दीपाश्री निरौला, श्वेता खड्कासम्मले नृत्य गरेका तीज गीत सार्वजनिक भएका छन् । राजेशले ‘आफ्नै घर आँगनमा नाच फरर’ बोलको तीज गीतमा नृत्य गरेका छन् ।
पलले ‘मनै त हो हाम्रो पनि’ बोलको तीज गीतमा अभिनय गरेका छन् । गौरी नाचेको ‘धिन ताका नाका धिन’, श्वेता नाचेको ‘लहरै आयो तीजको बरिलै’, दीपाश्री नाचेको ‘पियारी’ र ‘यो तीजमा न जाने माइती’ युट्युबमा भेटिन्छन् ।
अब पालो प्रकाशको
गायक प्रकाश सपूतले यसवर्ष केही तीज गीतको भिडियोमा नृत्य गरे । यद्यपि, उनको अफिसियल तीज विशेष गीत भने सार्वजनिक भइसकेको छैन ।
उनले दुईवर्ष अगाडिको आफ्नो हिट तीज विशेष गीत ‘कुरा बुझ्न पर्च’को भाग २ का रुपमा ‘जाले रुमाल फाट्यो’ शनिवार बेलुका सार्वजनिक गर्दैछन् ।
स्वस्तिमा खड्का र आँचल शर्मालाई प्रस्तुत गर्दै उनले गीतको पोस्टर दुई दिनअघि नै सार्वजनिक गरेका थिए । यसमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् ।
तीज विशेष गीत खास्सै नचलिरहेको अवस्थामा स्रोता–दर्शकले प्रकाशको गीतबाट भने अपेक्षा राखेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन् । बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन् । उनीसँगै दाइ हरिशरण लामिछानेले पन...
२०७२ वैशाख १२ मा गोरखा बारपाकपछि शुक्रवार राति जाजरकोटलाई केन्द्र बनाएर अर्को ठूलो मानवीय क्षति पु¥याउने भूकम्प गएको छ । ७२ सालको विनाशकारी भूकम्पमा परी ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । वि...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्का डेडक्वाटर तानिएका छन् । खड्कालाई आवश्यकताअनुसार हेडक्वाटर तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक कुवेर कडायतले लोकान्तरलाई जानकारी ...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...