असोज २, २०८०
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ । सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइ...
काठमाडाैं | भदौ २३, २०८०
विराटनगरका ५३ वर्षीय अनुज सापकोटाको जीवन २० वर्षअघि अर्कै थियो । उनी शुरूमा लागुऔषधका सामान्य प्रयागकर्तामात्रै थिए । विस्तारै उनी पछि लागुऔषध दुर्व्यसनीसम्म बन्न पुगे ।
आफू बुझ्ने भएदेखि नै चुरोट खाने गरेको बताउने उनी पछि दुर्व्यसनीतर्फ विस्तारै अघि बढ्दै गए । साथीभाइहरूसँगको संगतका कारण उनले मद्यपान पनि शुरू गरे । १७ वर्षको उमेरदेखि नै उनले जाँड, रक्सीलगायत अल्कोहलजन्य रकसी खान थालेका थिए । मैले ‘१७ /१८ वर्षको उमेरदेखि नै मज्जाले जाँड–रक्सी खान थालेको थिएँ,’ उनी भन्छन्, ‘तिनै साथीहरूको संगतले लागुऔषध पनि प्रयोग गर्न थालें ।’
अनुजले शुरू–शुरूमा लिमिटेसनमै बसेर मदिराजन्य पदार्थ सेवन गरेका थिए । त्यो मात्रालाई बढाउँदै लैजान थाले । उनी भन्छन्, ‘भेटेजति सबै खान थालेँ ।’ उनलाई जाँड–रक्सीले मात्रै पुग्न छोड्यो । त्यसपछि लागुपदार्थतर्फ लम्किए । ‘रक्सीले नपुगेपछि फेसिल्ड, गाँजालगायतका लागुऔषधहरू प्रयोग गर्न थालें ।’
अनुजले समयसँगै यी पदार्थको प्रयोगको मात्रा बढाउँदै लैजान थाले । उनलाई त्यसले मात्रै पुग्न छाड्यो । त्यसपछि उनी इन्जेक्सन नै हान्न थाले ।
***
अनुज विराटनगरका हुनेखाने परिवारकै छोरा थिए । त्यो बेला उनलाई पैसाको समस्या खासै भएन । उनको विराटनगरको ट्राफिक चौकमा घर छ । उनी घरको कान्छो छोरा हुन् । ‘म घरको कान्छो सन्तान भएकाले सबैको प्यारो थिएँ । मैले पैसाको क्राइसिस भने धेरै समय झेल्नु परेन । तर लागुऔषधको मात्रा बढ्दै जाँदा भने मैले पनि पैसा अभाव हुन थाल्यो,’ उनले भने ।
उनको घर छेउमा हिमालयन फिल्म हल थियो । त्यहाँ उनले चिनेजानेका दाइहरू काम गर्थे । उनीहरूलाई विभिन्न बहाना बनाएर उनले पैसा नै माग्न थालेका थिए । उनले पैसा माग्दा विभिन्न बहाना बनाउँथे ।
छोरो सुध्रिन्छ कि भनेर बुवा–आमाले अनुजको विवाह गरिदिए । तर विवाहपछि पनि उनमा कुनै सुधार आएन ।
‘मर्ने बेलामा कमिलाको पनि प्वाँख पलाउँछ’ भन्ने एउटा उखान छ । अनुजको जीवनमा पनि यस्तै भयो । त्यतिबेलादेखि नै पूर्वलागुऔषध प्रयोगकर्ता तथा समाजका अगुवाहरूले सचेतनाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गर्थे । दुर्व्यसनमा फसेकाहरूले पनि लागुऔषध जोड्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न थाले । तीमध्ये कतिपय अनुजकै साथी पनि थिए । ‘उनीहरूका कुरा सुनेपछि म पनि दुर्व्यसन छोड्न सक्छु भन्ने लाग्यो,’ उनी भन्छन्, ‘त्यसपछि छोड्ने उपायहरू पनि खोज्न थालेँ ।’
उपाय पनि काम लागेन । उनले दुर्व्यसन झट्टै छोड्न सकेनन् । त्यसपछि उनी छोड्ने भाकल गर्दै मन्दिर धाउन थाले । कूल देउतासँग गुहान गर्न थाले ।
‘लास्ट स्टेजमा फसिसकेँ मलाई छोड्ने उपाय देऊ’ भन्दै मन्दिरमा गएर पुकार गरेको उनी सुनाउँछन् ।
मन्दिरका भगवान र कूलका देउताले अनुजको पुकारा सुनेर हो या के हो उनको जीवनमा दुई पात्रले प्रवेश गरे । उनीहरू थिए साथीहरू विदेशी बस्नेत र सुरज जोशी । यी दुई साथीसँग भेटेपछि उनको जीवनले नयाँ मोड लियो । उनीहरूका कुरा सुनेपछि अनुजलाई लागुऔषध छोड्न सकिने रहेछ भन्ने मनोबल बढ्यो ।
‘विदेशी र सुरज मेरा लागि भगवान साबित बने । उनीहरूले लागुऔषध छोड्न सकिन्छ भनेर मलाई हौसला दिए,’ उनले भने ।
साथीहरूको सल्लाहसँगै अनुजलाई श्रीमती मैयाँ सापकोटाको पनि उनलाई कुलतको दुनियाँबाट बाहिर निकाल्न निकै हौसला र सहयोग गर्दै गइन् । अनुजले दुर्व्यसन छोड्ने दृढ संकल्प लिए । त्यसपछि परिवारसँग सल्लाह गरेर तीन महिना ४ दिन सुधार केन्द्रमा बसे । त्यसपछि उनमा शतप्रतिशत सुधारको संकेत देखियो । घरमा हर्षोल्लास छायो ।
दुर्व्यसनबाट बाहिर आएपछि अनुजले छुट्टै जिम्मेवारी महसुस गर्न थाले । समाज अब हामीले नै परिवर्तन गर्नुपर्छ भन्ने उनलाई लाग्न थाल्यो । अनि र उनका साथीहरूले एउटा समूह बनाएर दुर्व्यसनविरुद्ध सचेतनाका कार्यक्रम गर्न थाले ।
आफै पूर्वप्रयोगकर्ता भएकाले लागुऔषधका बारेमा उनीहरूलाई राम्रो जानकारी थियो । साथै, दुर्व्यसन छोड्ने उपाय पनि उनीहरूले राम्ररी सिकेका थिए । त्यसपछि उनीहरूले लागुऔषध उपचार केन्द्र भन्ने संस्था खोले । यस्ता संस्था पूर्वप्रयोगकर्ताहरूबाट नै सञ्चालन हुने गरेका छन् । अनुज त्यो संस्थाको फिल्ड अधिकृत बने र अहिले पनि छन् ।
अहिले अनुजहरूले त्यही संस्थामार्फत सचेतनाका विभिन्न कार्यक्रम गर्ने गरेका छन् । ‘डाक्टरको सल्लाहबमोजिम औषधि खाएर सजिलै घरमै बसेर पनि लागुऔषध छोड्न सकिन्छ भनेर हामी सन्देश दिने गर्छाैं,’ उनी भन्छन्, ‘सिरिन्ज एकअर्कामा हानेका लागुप्रयोगकर्तामा एचआइभी एड्सजस्ता रोगहरू लाग्ने खतरा हुन्छ भनेर सचेत गराइरहेका छौँ ।’
उनीहरूले अहिले दैनिक ४० जना लागुऔषध प्रयोगकर्तालाई काउन्सिलिङ गर्ने गरेका छन् । दुर्व्यसनीमा फसेका छोरा–छोरीलाई सुधार गर्न सकिने भनेर उनीहरूले परिवारका सदस्यलाई समेत सम्झाउने गरेका छन् ।
विराटनगर महानगरपालिकाभित्र मात्रै ३२० जनाभन्दा बढी प्रयोगकर्तालाई रिकभर गरेको उनले सुनाए । रिकभर भएकाहरू आफ्नो खुट्टामा उभिने भएको उनले बताए । ‘दुर्व्यसन छोडेका कोही विद्युत् प्राधिकरणमा त कोही नेपाल प्रहरीमा जागिरे भएका छन् । र, केही साथीहरू सामाजिक क्षेत्रमा सक्रिय छन्,’ उनले जानकारी दिए ।
धेरैजसो कक्षा ११ /१२ पढ्ने विद्यार्थी कुलतमा फसेको भेटिने गरेको अनुजको अनुभव छ । भारतको जोगवनी बजारमा नेपालीलाई लागुऔषध दिने गरेकाले विराटनगर लगायतका क्षेत्रमा यसको कहालीलाग्दो अवस्था रहेको उनले सुनाए ।
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ । सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइ...
कतै हिलाम्यै ठाउँ देखियो भने ‘ढोर मेलाको हिलोजस्तो’ भन्ने ढोरपाटन वरपरका बासिन्दाको चलन हो । यस वर्ष (२०८० भदौ १४)को जनैपूर्णिमाको छेको ढिला पर्यो । जनैपूर्णिमा ढिला परेसँगै झरी पनि परेन । यसैक...
‘पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा ५–१० रुपैयाँमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?’ बाँकेका नेपालगञ्ज उपमहानगरपालिका–८ घ...
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका वासिन्दा हुन् कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन, बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उन...
राजनीतिलाई नीतिहरूको पनि सर्वाेत्कृष्ट नीति मानिन्छ । यो देश, समाज र जनताको सेवाको रुपमा समेत चित्रृत छ । तर पछिल्लो समय राजनीति कमाउने भाँडो भयो भन्ने जनगुनासो बढ्न थालेको छ । हुन पनि अहिले उपप्रधानमन्त्रीदे...
औल लाग्छ भन्ने डरले धरानमा रात बिताउने कमै हुन्थे । बरु माथि विजयपुर डाँडामा केही बस्ती थियो । धरानको बस्ती पातलो भएकाले कसको छोरा/नाति भनेर सबैबीच सजिलै चिनजान हुन्थ्यो । विजयपुर, बाँझोधारा, रेल्वे लाइन, ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...