×

NMB BANK
NIC ASIA

गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

धनकौल गाउँपालिका अध्यक्षसँग ३ नागरिकता रहेको आरोप, पक्राउ पुर्जी आएपछि फोन अफ गरेर गायब

काठमाडाैं | भदौ २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

Muktinath Bank

नागरिकता कीर्तेको अभियोगमा इलाका प्रहरी कार्यालय बरहथवामा जाहेरी परेपछि जिल्ला अदालतले पक्राउको अनुमति दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय रामआधार रायले दिएको जाहेरी भदौ १८ गते दर्ता भएपछि भदौ २१ गते सर्लाही जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।


Advertisment
Nabil box
Kumari

गाउँपालिका अध्यक्ष साहले फरक-फरक मितिमा उमेर र नम्बर समेत फरक रहेका नागरिकता लिएको भन्दै जाहेरी परेको थियो ।

Vianet communication
Laxmi Bank

पक्राउ पुर्जी जारी भएलगत्तै उनी मोबाइल स्वीच अफ गरेर सम्पर्कविहिन बनेका छन् ।

तीन वर्षअघि नै रायले इलाका प्रहरी कार्यालय बरहथवामा जाहेरी दर्ता गराउन प्रयास गरेका थिए । तर, त्यतिबेला जाहेरी दर्ता गर्न नमानेपछि हुलाकमार्फत जाहेरी पठाएको रायले बताए ।

अझै दर्ता नभएपछि उच्च अदालत जनकपुरमा परमादेशको माग गर्दै रिट हालेको उनले खुलाए । त्यसपछि २०७९ पुस १४ गते न्यायाधीश विष्णुप्रसाद कोइराला र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले जाहेरी दर्ता गर्न परमादेश गरेको थियो ।  

'निवेदन दाबीअनुसारको जाहेरी दरखास्त हुलाकमार्फत पठाएको भन्ने जिल्ला प्रहरी कार्यालय, सर्लाहीको लिखित जवाफबाट  देखिँदा निवेदक जाहेरी दरखास्त सनाखत गर्न आए आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउनू भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ,' उच्च अदालत जनकपुरले गरेको आदेशमा उल्लेख छ ।

आदेशको अंश

'परमादेशपछि पनि प्रहरीले जाहेरी दर्ता गर्न ८ महिनाको समय लगायो,' जाहेरीकर्ता रायले लोकान्तरसँग भने, 'आठ महिनापछि बल्ल भदौ १८ गते जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएर भदौ २२ गते पक्राउ पुर्जी पनि जारी भइसकेको छ । तर, पनि प्रहरीले उनलाई पक्राउ गरिरहेको छैन ।'

रायका अनुसार २०३४ सालमा साहले लिएको नागरिकतामा २३ वर्ष उमेर लेखिएको छ ।

null

'तर, पछि उनले गरेको जग्गा रजिस्ट्रेसनमा ५३ वर्ष उमेर लेखेको पाइएको छ,' जाहेरवाला रायले लोकान्तरसँग भने, 'उनले २३ वर्षलाई ३३ वर्ष बनाएर नागरिकता लिई वृद्ध भत्ता खाएका छन् ।'

null

भूमि सुधारको कागज

वृद्ध भत्ता खानकै लागि उनले आफ्नो उमेर १० वर्ष बढाएर नागरिकता लिएको रायको दाबी छ ।

'आफैं गाउँपालिका अध्यक्ष भएपछि उनले आफ्नै नागरिकता कीर्ते गरेका हुन्, फरक-फरक नागरिकता नम्बर र नागरिकतामा उल्लेख गरिएको उमेर नै प्रस्ट प्रमाण हो,' रायले भने ।

परमादेशको आदेशपछि जाहेरी दर्ता भएको तथा अदालतबाट पक्राउ पुर्जी जारी भएको इलाका प्रहरी कार्यालय बरहथवाका इन्चार्ज समेत रहेका प्रहरी नायब उपरीक्षक डीएसपी लीलाराज लामिछानेले पनि पुष्टि गरेका छन् ।

'अदालतको परमादेशसहित जाहेरी दर्ताका लागि निवेदन आएकाले भदौ १८ गते जाहेरी दर्ता गरिएको हो,' डीएसपी लामिछानेले लोकान्तरसँग भने, 'हामीले दर्ता गरेर पक्राउ अनुमति पनि लिएका छौं । तर, पक्राउ भने गर्न सकेका छैनौं ।'

अब के गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा जिल्ला प्रहरी प्रमुखसँग सल्लाह गरिरहेको उनले खुलाए ।

गाउँपालिका अध्यक्ष साहसँग प्रतिक्रिया लिन गाउँपालिकाको वेबसाइटमा उल्लेख ९८५४०३८६१६ नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

उक्त गाउँपालिकाका उपाध्यक्ष अकली सहनीको फोनमा बुझ्न खोज्दा उनका श्रीमान हरेन्द्र सहनीले फोन उठाए ।

उनले पनि पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष फोन स्विच अफ गरेर सम्पर्कविहीन भएको स्वीकारे ।

'उहाँविरुद्ध नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । तीन दिनदेखि पालिकामा पनि आउनुभएको छैन । उहाँको मोबाइल अफ छ,' सहनीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x