२१ जेठ २०८३, बिहीबार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले राजनीतिक वृत स्तब्ध

टिचिङ अस्पतालदेखि च्यासलसम्म जे देखियो
भदौ २६, २०८०
काठमाडौं

मंगलबार राति निधन भएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सोमवार दिउँसोदेखि नै बिसञ्चो रहेको नेताहरूले बताएका छन् । एमाले सचेतक सचेतक महेश बर्तौलाका अनुसार नेम्वाङले सोमवार दिउँसो नै आफूलाई सञ्चो छैन भनेका थिए । ‘मलाई अलि सञ्चो छैन, भोलि बिहान ८ बजे भेटौंला,’ नेम्वाङको भनाइ स्मरण गर्दै महेशले भने ।

मंगलवार बिहान सिंहदरबारमा बस्ने तय भएको कानून तथा न्याय समितिको बैठकमा आउँछु भनेर नेम्वाङले जानकारी गराएको पनि उनले उल्लेख गरे । ‘आज समितिको बैठक सिंहदरबारमा बस्ने कार्यक्रम थियो । उहाँले हिजो कुरा हुँदा भोलि ९मंगलवार० भेटौंला भन्नुभएको थियो । तर, दुःखद् निधन भयो ।’

बर्तौलाका अनुसार नेम्वाङले प्रेसर र सुगरको औषधि खाँदै आएका थिए ।

‘उहाँ प्रेसर र सुगरको औषधि खानुहुन्थ्यो,’ बर्तौलाले भने, ‘तर टिचिङको आँगन बालुवटारमा बसेर पनि जोगाउन सकिएन, दुःख लागेको छ।’

बाथरुममा अचेत अवस्थामा भेटिएका नेम्वाङलाई राति साढे १ बजे टिचिङ अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउँदासम्म उनको निधन भइसकेको पाइएको छ ।

नेम्वाङ आइतवार धरान पुगेर फर्किएका थिए । सोमवार दिनभर उनलाई हल्का ज्वरो आएको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनी सोमवार साँझ सुप खाएर सुतेका थिए । राति १ बजेतिर नेम्वाङलाई बाथरुममा अचेत अवस्थामा भेटिएको थियो । लगत्तै अस्पताल पुर्‍याइए पनि चिकित्सकले तत्काल मृत घोषित गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्