×

NMB BANK
NIC ASIA

‘प्रमुख भन्सार विन्दुहरूमा सुविधायुक्त गोदाम–घरको व्यवस्थासहित व्यापार सहजीकरण गर्नुपर्छ’

काठमाडाैं | भदौ २९, २०८०

NTC
Premier Steels

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकका प्रमुख भन्सार विन्दुहरूमा सुविधायुक्त गोदाम घरको व्यवस्थासहित तेस्रो मुलुकबाट हुने व्यापार–व्यवसायको क्षेत्रमा आवश्यक सहजीकरण गरी लागत घटाउन सक्दो प्रयास गर्ने बताएका छन् । 

Muktinath Bank

आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विशेषगरी तेस्रो मुलुकसँगको आयात–निर्यात कारोबार प्रक्रियालाई निजीक्षेत्रमैत्री बनाउँदै व्यापार प्रवर्द्धनमा सहयोगीको भूमिका निर्वाह गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राज्य संयन्त्रअन्तर्गतका समान कार्यप्रकृतिका विभिन्न संस्था तथा निकायलाई एकआपसमा गाभ्ने र असान्दर्भिक संस्थाहरूलाई खारेज गर्ने नीति सरकारको रहेको स्पष्ट गर्दै उहाँले परिवर्तित सन्दर्भमा व्यापार प्रवर्द्धनका क्षेत्रमा क्रियाशील संस्थालाई अझ सुदृढ र प्रभावकारी बनाई व्यापार–व्यवसाय विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

गोदाम व्यवस्था कम्पनी लिमिटेडका महाप्रबन्धक प्रेमराज भण्डारीले भारतको कोलकाता र हल्दिया पोर्ट तथा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगञ्ज, विराटनगर, काँकडभिट्टा, भैरहवा, तातोपानी/सिन्धुपाल्चोकलगायतका प्रमुख भन्सार विन्दुमा गोदाम घरको व्यवस्थासहित भन्सार जाँचपास प्रक्रियामा आवश्यक सहजीकरण गर्दैै आएको स्पष्ट गरे । 

Vianet communication

आयोजक संस्थाका अध्यक्ष छविराज पन्तको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार अधिकृत डा टोपराज पाण्डेले तेस्रो देशसँगको आयात–निर्यात प्रक्रियालाई सहजीकरण गर्ने प्रमुख दायित्व रहेको संस्थालाई थप सुदृढीकरण गर्दै विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । 

तेस्रो देशबाट हुने सामान आयात–निर्यात प्रक्रियाअन्तर्गत भन्सार जाँचपासमा सहजीकरणको भूमिकासहित बीमा तथा गोदाम घरको सुविधा उपलब्ध गराएवापत सामान्य शुल्क लिन पाउने अधिकार सो संस्थालाई रहेको जानकारी गराइयो । यसैगरी नेपाल सरकारबाट प्राप्त रु एक करोड पूँजीसहित विसं २०२८ मा स्थापना भएको आत्मनिर्भर सो संस्थामा ७२ जना कर्मचारी दरबन्दीसहित रु ५८ करोड बैंक मौज्दात रहेको सो अवसरमा बताइयो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x