मंसिर १, २०८०
नेपाली लोकदोहोरी क्षेत्रमा दुई प्रकाशका प्रायः गीतले स्रोता दर्शकको माया पाउँदै आएका छन् । उनीहरूले जुन गीत ल्याउँछन् त्यही हिट हुन्छ भन्ने छाप स्रोता–दर्शकमा परिसकेको छ । गायक प्रकाश सपूत र प्...
नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तीज विशेष गीतका कारण पनि चर्चामा रहन्छिन् । त्यसैले त धेरैले ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएजस्तो नलाग्ने’ बताउँछन् । २०६१ सालदेखि हरेक वर्ष तीजमा आफ्नै म्युजिक कम्पनीमार्फत निरन्तर गीत ल्याउँदै आएकी उनले यस वर्ष पनि निरन्तरता दिइन् ।
यद्यपि, तीजमा मात्र नभएर समग्र लोकदोहोरी र कलाकारिता क्षेत्रमै विष्णु माझीले छुट्टै खालका रेकर्ड कायम गरेकी छन् । यहाँ विष्णु माझीका पाँच वटा अलग्गै खालका रेकर्डबारे जानकारी दिँदैछौँ ।
१. सबैभन्दा धेरै हेरिएको गीत
लोकदोहोरीमा सबैभन्दा धेरै हेरिएको गीत हो, सालको पातको टपरी । पाँच वर्षअघि सार्वजनिक यो गीतमा विष्णु माझी र कुलेन्द्र विश्वकर्माको स्वर छ । यसको भिडियोको भ्युज ९ करोड नजिक पुगिसकेको छ । यसर्थ लोकदोहोरीमा सबैभन्दा धेरै भ्युज पाउने गायिकामा पर्छिन् विष्णु माझी ।
नम्बर २. सार्वजनिक रुपमा नदेखिएरै लोभलाग्दो ख्याति
विष्णु वर्षौदेखि सार्वजनिक रुपमा कतै देखिएकी छैनन् । गीत गाउन रेकर्डिङ स्टुडियो जाँदा पनि कसैले सुइँको पाउँदैनन् । सामाजिक सञ्जालमा उनका तस्वीरहरू पनि सार्वजनिक हुँदैनन् । सार्वजनिक जीवनमा गुमनाम भएरै पनि यो खालको लोभलाग्दो ख्याति कमाउने उनी नेपालकी एकमात्र गायिका हुन् ।
नम्बर ३. महँगो पारिश्रमिक लिने गायिका
गायिका विष्णु सबैभन्दा महँगो पारिश्रमिक लिने गायिका हुन् । उनले नेपालमा चलेका लोकदोहोरी गायक÷गायिकाले लिने पारिश्रमिक भन्दा १० गुणा बढी पारिश्रमिक लिएर थुप्रै गीत गाएकी छन् । उनलाई २ लाख रूपैयाँ दिएर गीत गाउन दिएकाहरू साङ्गीतिक क्षेत्रमा थुप्रै भेटिन्छन् । पछिल्लो समय विष्णुको पारिश्रमिक बढेको चर्चा छ, तर उनले ३÷४ लाख रूपैयाँ दिन्छु भन्दा पनि गीत नगाउने गरेको कलाकारहरू बताउँछन् ।
नम्बर ४. वर्षौदेखि हरेक वर्ष निरन्तर तीज गीत ल्याउने गायिका
विष्णु माझीले विगत १९ वर्षदेखि आफ्नै कम्पनी सपना म्युजिक इन्डष्ट्रिजबाट तीज गीत ल्याउँदै आएकी छिन् ।
यसवर्ष पनि उनले ‘पुलतीको भट्टी भाग १९’का रुपमा ‘बलमा...’शीर्षकको गीत ल्याएकी छिन् । नेपालमा यसरी वर्षौदेखि हरेक वर्ष तीज गीत ल्याउने गायिका बिरलै छन् ।
नम्बर ५. तीज गीतमा धेरै भाग ल्याउने गायिका
तीज गीतमा धेरै भाग ल्याउने गायिका पनि हुन विष्णु माझी । उनले हरेक वर्ष ‘पुतलीको भट्टी’को नयाँ–नयाँ भाग ल्याउँदै आएकी छिन् । गतवर्ष उनले ‘पुतलीको भट्टी’ भाग १८ का रुपमा ‘चरी जेलैमा २’शीर्षकको तीज गीत सार्वजनिक गरेकी थिइन् । यसवर्ष उनले ‘पुतलीको भट्टी’ भाग १९ का रुपमा ‘बलमा...’गीत सार्वजनिक गरेकी हुन् ।
यसअघि प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, बीमाकुमारी दूरा, लक्ष्मी न्यौपाने लगायतका गायक–गायिकाले तीज गीतको विभिन्न भाग सार्वजनिक गरिसकेका छन् । तर, निरन्तर रुपमा यति धेरै भागसम्म अरु कुनैपनि तीज गीत सार्वजनिक भएका छैनन् । तीज मात्र होइन, अन्य कुनै पनि गीत यति लामो सँस्करणसम्म आएका छैनन् ।
नेपाली लोकदोहोरी क्षेत्रमा दुई प्रकाशका प्रायः गीतले स्रोता दर्शकको माया पाउँदै आएका छन् । उनीहरूले जुन गीत ल्याउँछन् त्यही हिट हुन्छ भन्ने छाप स्रोता–दर्शकमा परिसकेको छ । गायक प्रकाश सपूत र प्...
देउरालीमा धजा रिमै मन उतै नजा, भनेकै मान्दैन सालैजो... गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै...’ केही दिनयता निकै चर्चामा छ । विगतमा जस्तै यस गीतबाट पनि उनले स्रोता ए...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
अहिलेकी चर्चित गायिका रचना रिमाल त्यतिबेला कक्षा ५ मा पढ्दै थिइन् । पहिलोपटक विद्यालयबाट जिल्लास्तरीय गायन प्रतियोगीतामा उनी सहभागी भइन् । उकाली ओरालीहरूमा भञ्ज्याङ अनि चौतारीहरूमा.... त्यहाँ उनले ता...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...