असोज १२, २०८०
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको छ । महासेठको नेतृत्वमा शुक्रवार ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको हो ...
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आवश्यकता पहिचान र निश्चित आधारबिना आफ्नो पार्टीलाई संविधान संशोधन स्वीकार्य नरहेको बताएका छन् ।
आज जनकपुरधाममा आयोजित ‘नेपालको संविधान निर्माणमा कमरेड सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा उपाध्यक्ष पोखरेलले संविधान संशोधनको आवश्यकता पुष्टि भए एमालेले त्यसमा सहयोग गर्ने स्पष्ट पारे। “संविधान संशोधन हुन्छ तर त्यसको आवश्यकता पहिचान र औचित्य पुष्टि हुनुप¥यो”, पोखरेलले भने, “तर आवश्यकता र आधारबिना देशलाई क्षति हुने संविधान संशोधनको कुरा नेकपा एमालेलाई स्वीकार्य हुँदैन । त्यसको पक्षमा पार्टी छैन ।”
त्यसैगरी उनले प्रदेश र स्थानीय तहको अधिकारका सवालमा नमिलेका कुरा मिलाउन भने संविधान संशोधन गर्न एमाले तयार रहेको बताए । संविधानसभा अध्यक्ष स्व नेम्वाङले नेपाली राजनीति र संविधान निर्माणमा खेलेको भूमिकाबारे जति चर्चा गरे पनि अपूरो हुने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा छ सय एक जनप्रतिनिधि र भिन्न पृष्ठभूमिका राजनीतिक दललाई मिलाएर संविधान जारी गर्न नेम्वाङको अतुलनीय योगदान रहेको स्मरण गरे ।
“देशलाई अनिश्चितताको भूमरीबाट जोगाउन स्व नेम्वाङले खेलेको भूमिकाकै कारण नेपालमा गणतान्त्रिक नेपालको संविधान जारी भएको हो । नब्बे प्रतिशतभन्दा बढी संविधानसभा सदस्यलाई सहमतिमा ल्याएर संविधान निर्माणलाई अन्तिम रूप दिनुभएका नेम्वाङको निधनले नेपाली राजनीति र हाम्रो पार्टीलाई अपुरणीय क्षति भएको छ”, पोखरेलले भने ।
कार्यक्रममा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले स्व नेता नेम्वाङले विभिन्न पृष्ठभूमिका राजनीतिक दललाई सहमतिमा ल्याउन र संविधान जारी गर्न नदिने षड्यन्त्र परास्त गर्न खेलेको भूमिका सधैँ स्मरणीय रहेको बताए । रासस
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको छ । महासेठको नेतृत्वमा शुक्रवार ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको हो ...
नेकपा एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार राति सम्पन्न मतदानमा कुल ११३१ मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनले मतदानमा ३२&...
एमाले बागमती प्रदेश अधिवेशनमा शुक्रवार करिब साँझ ७ बजेसम्म ८०० मत खसेको छ । एक हजार १६९ मतमध्ये ८०० मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढ...
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री भएको मितिले २...
नेकपा एमाले बागमती प्रदेशको सबै पदको नतिजा शुक्रबार नै आउने भएको छ । शुक्रबार साँझ मतदान सकिएसँगै सबै नतिजा एकसाथ प्रकाशित गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । ‘...
एमाले पार्टी कार्यालय च्यासलमा एमाले बागमती प्रदेशको नेतृत्वसहित कार्यसमिति चयनका लागि शुक्रबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणनाको सबै परिणाम २ घण्टाभित्र आइसक्ने निर्वाचन समितिले जनाएको छ। ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...