कात्तिक ९, २०८०
व्यापार व्यवसायका लागि सटरदेखि डेरा पाउन मुस्किल हुने बुटवल बजारका घरहरू अहिले खाली हुँदै गएका छन् । पाँच वर्षअघिसम्म आर्थिक, राजनैतिक र विकासको सूचकांकमा उदाहरणका रूपमा लिइने रूपन्देहीको बुटवल क्षेत्र अहिले...
काठमाडाैं | असोज ५, २०८०
विगत १२ वर्षदेखि काठमाडौंको बागबजारस्थित फूटपाथमा व्यापार गर्दै आएकी सरस्वती कार्कीलाई आजभोलि हातमुख जोर्नै धौ-धौ छ ।
'इनर वेर', मोजालगायतका कपडा बेचेर गुजारा गर्दै आएकी सरस्वतीका सबै सामान नगर प्रहरीले खोसेर लगिदिए पछि उनी बेरोजगार बनेकी हुन् ।
दोलखाको मेलुङ गाउँपालिकाकी कार्कीको गुजारा चलाउने माध्यम नै फूटपाथमा गरिने व्यापार थियो । तर, बालेन साह प्रमुख रहेको काठमाडौं महानगरपालिको धरपक्कडले उनको गाँस खोसिएको छ ।
'गत वर्षको भदौदेखि हालसम्म २२ पटक मेरो सामानको पोको बालेनको नगर प्रहरीले खोसेर लगे,' कार्कीले लोकान्तरसँग भनिन्, 'एकपटकको पोकामा झन्डै १० हजार रुपैयाँ बराबरको सामान हुन्छ । २ लाख २० हजार रुपैयाँको सामान त कम्तीमा पनि उनीहरूले खोसेका छन् ।'
३ छोराछोरी र श्रीमानसहित ५ जनाको परिवार चलाउन कम्तीमा पनि मासिक ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गरेको उनी बताउँछिन् । अहिले व्यापार नभएपछि बच्चाको स्कूल फी तिर्न समेत समस्या भएको उनको गुनासो छ ।
'दशैंमा जसरी पनि फी तिर्नैपर्छ, फी नतिरे स्कूलबाट हटाइदिने चेतावनी दिइसकेका छन्,' कार्कीले लोकान्तरसँग भनिन्, 'छोराछोरीको टिफिन हाल्न समेत सकिएको छैन । फी कहाँबाट तिर्ने ?'
कोठाभाडा पनि तीन महिनादेखि बाँकी रहेकाले जसरी पनि यो महिनामा भाडा तिर्नुपर्ने दबाबमा रहेको उनको गुनासो छ ।
दोलखा, मैनापोखरीकै मैया कार्कीले पनि कपडाको पोको बनाई भारी बोकेर फूटपाथमा व्यापार गर्दै आएकी थिइन्, तर नगर प्रहरीका कारण अहिले बेरोजगार बनेको उनको गुनासो छ ।
१८ वर्षदेखि रत्नपार्कमा क्षेत्रमा भुइँमा सामान राखेर बेच्दै आएकोमा पछिल्लो एक वर्षयता ५ पटक नगर प्रहरीले सामान खोसेर लगिसकेको उनले बताइन् ।
'२ छोरी, श्रीमानसहित ४ जनाको परिवार जेनतेन चलिरेहेको थियो । दिनमा ५ सयदेखि हजारसम्म आम्दानी हुन्थ्यो । नगर प्रहरीले व्यापार गर्नै नदिएपछि खान, बस्न, लाउन समस्या भएको छ,' कार्कीले लोकान्तरसँग भनिन्, 'हामीले कसैको चोरेर, लुटेर व्यापार गरेका थिएनौं । आफ्नै पुँजी हालेर बिहानबेलुका बेचेर दुई रुपैयाँ कमाइरहेका थियौं । तर, बालेनले हामी गरीबलाई गरी खान दिएका छैनन् ।'
फूटपाथमा मात्र नभएर सटरमा राखेको सामानको पोको समेत नगर प्रहरीले खोसेर लगेको उनले बताइन् । 'नगर प्रहरी आउँदा लुछाचुँडी नै हुन्छ । कतिपटक त हामीलाई चोट पनि लागेको छ,' उनले थपिन् , 'जति रोइकराइ गरे पनि नगरप्रहरीले कुटपिट गर्दै सामान खोसेर लगिदिन्छ । दिनहुँ माग्न गयो भने पनि फिर्ता गर्दैनन् ।'
ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ घर भएकी निता बस्नेतको पनि सामान नगर प्रहरीले ५ पटक खोखिसकेको छ । उनले रत्नपार्ककै फूटपाथमा कपडा बेचेर गुजारा गर्दै आएकी थिइन् । तर, अहिले उनी घर न घाटको अवस्थामा पुगेकी छन् ।
'झन्डै २० देखि २२ हजार रुपैयाँको कपडा १ पटकमा खोसिएको छ । ५ पटकको जोड्ने हो भने १ लाख १० हजार रुपैयाँको त पुँजी नै बालेनले लुटिसक्यो,' बस्नेतले लोकान्तरसँग भनिन्, 'अहिले खाने पैसा छैन । कोठा भाडा तिर्ने पैसा छैन ।'
२ छोरी, १ छोरा र श्रीमान् गरी पाँचजनाको गुजारा चलाउन महिनामा कम्तीमा पनि ३५ हजार रुपैयाँ खर्च हुने गरेको उनले सुनाइन् । उनका अनुसार एउटा छोरी ११ कक्षामा, अर्की छोरी १२ कक्षामा र छोरा ४ कक्षामा पढिरहेका छन् ।
'पसल थापेर व्यापार गर्नका लागि पैसा छैन । फूटपाथमा व्यापार गर्दा बालेनले लखेट्छ,' उनले थपिन्, 'यो देशमा मान्छे मारे केही हुँदैन, तर इमान्दारीपूर्वक दु:ख गरी व्यापार गरे ठूलो अपराध हुने रहेछ ।'
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाकी जमुना रायमाझी पनि अहिले बेरोजगार छिन् । असनमा फूटपाथ व्यापार गरी चार सदस्य रहेको परिवारको गुजारा गर्दै आएकी रायमाझी अहिले घर भाडा पनि तिर्न असमर्थ भएकी छन् ।
'२ चोटी सामान खोसेर लगिसक्यो । झन्डै ७० हजार रुपैयाँको पुँजी लुटियो,' उनले भनिन्, '२ जना छोराछोरीको पढाइमा ८ हजार रुपैयाँ महिनाको फी नै तिर्नुपर्छ । फी तिर्न सकिएको छैन ।'
पैसा अभावमा गाउँमा ससुराबुवालाई औषधि समेत पठाउन नसकिएको उनको गुनासो छ ।
'यत्रो महंगी बढेको छ, व्यापार नै गर्न सकिएको छैन । काठमाडौंमा बस्न नसकिने अवस्था आएको छ,' उनले थपिन्, 'अब हामी कहाँ जाने? हामी नेपाली नागरिक भएर पनि आफ्नो देशमा काम गर्न र बाँच्न नपाउने हो ?'
दोलखाकै मेलुङ गाउँपालिकाका कुमार बुढाथोकीले रत्नपार्कमा हेडफोन, चार्जर आदि बेचेर गुजारा गर्दै आएका थिए । तर, बालेनको नीतिका कारण अहिले उनी पनि बेरोजगार हुन पुगेका छन् ।
'मेरो सामान १२ पटक नगरप्रहरीले खोसिसक्यो । १० हजारकै दरमा जोड्ने हो भने १ लाख २० हजार रुपैयाँको पुँजी डुबिसक्यो,' बुढाथोकीले लोकान्तरसँग भने, 'कोठाभाडा लिएर ५ जनाको परिवारसहित गुजारा गर्दै आएका थियौं । तर, अहिले बेरोजगार भएका कारण ३ लाखभन्दा बढी ऋण लागिसक्यो ।'
माथि उल्लेख गरिएका व्यक्तिहरू प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । पछिल्लो १ वर्षमा काठमाडौं महानगरपालिकाबाट झन्डै २ हजार जति फूटपाथ व्यवसायी विस्थापित भएका छन् ।
शुक्रवार २ दर्जनभन्दा बढी फूटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलको कार्यकक्ष रहेको राष्ट्रिय सभा गृहअगाडि विरोध प्रदर्शनमा उत्रिएका थिए ।
शहर सबैका लागि कि धनीका लागि मात्रै ?, गरी खान देऊ, महानगर प्रहरी दमन बन्द गर, गरीब होइन गरिबी हटाऊ, हाम्रो चिनारी क्रुरता कि करुणा, सडक-साइकल-गाडा परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर, विकल्प देऊ, बालेन-सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती थियो ?, मारपिट लूटपाट बन्द गर, गरीब सडक मजदुर उद्यमी होइन, गरिबी हटाऊ लगायतका नारा लेखिएका पर्चा टाँसेर उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।
फूटपाथ व्यापारीमाथि भएको दमनको विरोधमा इनफ इज इनफ अभियान सञ्चालन गरेका अभियन्ताहरूले गत मंगलवारदेखि निरन्तर उभिएर विरोध प्रदर्शन गरिरहेका छन् ।
मंगलवार दिउँसो १ बजेबाट शुरू भएको धर्ना शुक्रवार साँझ ७७ घण्टामा पुग्दैछ । बालेनले कुनै सुनुवाइ नगरेपछि अभियन्ताहरूले थप ४८ घण्टा विरोध गर्ने भएका छन् । अभियन्ता ई, प्रविण काफ्ले र चाउ न्यौपानेले पालैपालो त्यहाँ उभिएर विरोध प्रदर्शन गरिरहेका हुन् ।
अभियन्ता ईले लोकान्तरसँग भने, 'केही वडाध्यक्षले आएर जिज्ञासा राखे पनि मेयर बालेन र उपमेयर सुनिताले अहिलेसम्म हाम्रो आन्दोलनलाई सम्बोधन गर्न कुनै चासो देखाएका छैनन्, त्यसैले थप ४८ घण्टा उभिएर विरोध गर्ने निर्णय गरेका छौं ।'
फूटपाथ व्यवसायीलाई विस्थापन नगरी विकल्प दिनुपर्ने, लाइसेन्स दिनुपर्नेजस्ता माग पूरा गर्ने सुनिश्चितता हुनुपर्ने उनले बताए । 'कोभिड अघिसम्म काठमाडौं महानगरमा १० हजारसम्म फूटपाथ व्यापारी थिए । तर, बालेनले लखेट्न थालेपछि झन्डै २ हजार फूटपाथ व्यापारी विस्थापित भएका छन्,' ईले थपे, 'फूटपाथ व्यापारी विस्थापित गराउने कामविरुद्ध हामीले प्रदर्शन गरेका हौं ।'
काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर भने महानगरभित्रको अवैध संरचना हटाउने नीतिअन्तर्गत विभिन्न ठाउँको 'साइट क्लियरेन्स' गरिएको बताउँछन् ।
'शहरभित्र अनधिकृत र अवैध संरचनाका कारण शहर नै अस्तव्यस्त थियो । कानूनबमोजिम नै अवैध संरचनाहरू हटाइएको हो,' मानन्धरले लोकान्तरसँग भने, 'सोही क्रममा फूटपाथ व्यापार पनि खाली गराइएको हो ।'
अहिलेसम्म रत्नपार्क, न्युरोड, बानेश्वरसहितका स्थानमा त्यस्ता अवैध संरचना हटाइएको उनले बताए ।
कति फूटपाथ व्यापारी विस्थापित भए र कति सामान जफत भयो भन्ने कुरा उनले खुलाउन चाहेनन् ।
'कति फूटपाथ व्यापारीका सामान जफत भए भन्ने संख्या भन्न सकिन्न । तर, जफत भएका सामानहरू लिलाम गरिएको छ,' मानन्धरले थपे, 'लिलामबाट कति रकम राजश्व दाखिला भयो भन्ने विषय पनि मलाई जानकारी छैन ।'
सामान खोस्दा दुर्व्यवहार गरेको पाइए कारबाही गर्ने गरेको उनको भनाइ छ । 'अहिलेसम्म त्यस्तो दुर्व्यवहार गर्ने चारजना नगरप्रहरी निलम्बित भएका छन् । केहीलाई नसिहत दिइएको छ,' उनले भने ।
फूटपाथ व्यापारीमाथि नगरप्रहरीले गरेको दुर्व्यवहार र पीडित व्यापारीहरूको आँसु देख्दा नगरप्रमुख बालेन साहलाई अलिकति पनि नराम्रो लागेको छैन भन्ने जिज्ञासामा मानन्धरले भने, 'खोई त्यो त मलाई थाहा भएन । मेयर सा'बसँग मेरो भेट नै हुन सकेको छैन ।'
फूटपाथ व्यापार गर्नका लागि वैकल्पिक स्थान किन दिन नसकेको भन्ने प्रश्नमा उनले थपे, 'हामीले पनि वैकल्पिक स्थान खोजी गरिरहेका छौं । अहिलेसम्म त्यस्तो स्थान भेटिएको छैन ।'
व्यापार व्यवसायका लागि सटरदेखि डेरा पाउन मुस्किल हुने बुटवल बजारका घरहरू अहिले खाली हुँदै गएका छन् । पाँच वर्षअघिसम्म आर्थिक, राजनैतिक र विकासको सूचकांकमा उदाहरणका रूपमा लिइने रूपन्देहीको बुटवल क्षेत्र अहिले...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले कर्णालीका पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा ठूलै विनाश निम्त्याएको छ । भूकम्पले भत्किएका घरमा च्यापिएर १५७ जनाको मृत्यु भइसकेको छ भने त्यसभन्दा...
काठमाडौं महानगरपालिका–१५ पुरानो बानेश्वरका उद्योगी शत्रुधनप्रसाद ढकाल बजारमा ‘एसपी ढकाल’का नामले परिचित छन् । दुई दशकको ‘ट्रेडिङ बिजनेस’को अनुभवपछि ढकालले पश्चिम नवलपरासीमा ड...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...