×

NMB BANK
NIC ASIA

देउवाले उपसभापति भनेपछि विश्वप्रकाशको जवाफ – महासमितिपछि छलफल गरौंला

काठमाडाैं | असोज ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

​​​​नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि कार्यकाल आधा हुँदै गर्दा कतिपयले १५ औं महाधिवेशनको सम्भावित समीकरणबारे चर्चा गरिरहेका छन् । १४ औं महाधिवेशनमा महामन्त्रीमा जितेका गगन थापा र विश्वप्रकाश शर्मा अब कुन पदमा चुनाव लड्लान् ?

Muktinath Bank

महाधिवेशन आउन अझै साढे दुई वर्ष हाराहारी बाँकी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेका बेला एउटा रमाइलो संवाद भएको छ ।


Advertisment
Nabil box
Kumari

सभापति शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई उपसभापति भनेपछि बैठकमा केहीबेर हाँसी मजाको स्थिति देखियो ।

Vianet communication
Laxmi Bank

केन्द्रीय समितिको बैठक चलिरहेका बेला सदस्यहरूले शिक्षकहरूका माग सम्बोधन गर्न अग्रसरता लिनुपर्ने भन्दै दबाब दिएका थिए ।

यसैले बैठककै बीचमा शिक्षकको माग सम्बोधनका लागि कांग्रेसले विशेष निर्णय गर्दा देउवाले महामन्त्री शर्मालाई उपसभापति भनेका हुन् ।

‘अब एउटा प्रस्ताव हाम्रो महा.. उपसभापति सरी महामन्त्री जी, मैंले त पूर्णबहादुर भन्ठानेछु’ देउवाले यति भनिनसक्दै, ‘महामन्त्री शर्माले देउवाको झुक्किएको विषयमा भने– उपसभापतिको विषयमा महासमिति बैठकपछि त्यो छलफल गर्नुपर्छ ।’

त्यसपछि पनि देउवाले पूर्णबहादुर भनेर झुक्किएको बताएका थिए । देउवा झुक्किएर महामन्त्री शर्मालाई उपसभापति भनेपछि केहीबेर हलमा हाँसो छाएको थियो । 

१३ औं महाधिवेशनपछि देउवाले नै शर्मालाई पार्टीको प्रवक्ता बनाएका थिए । तर १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार नबनाएपछि शर्मा प्रकाशमान सिंहको तर्फबाट उठेर सोही पदमा निर्वाचित भएका थिए ।

दुवै उपसभापति शिक्षकहरूको वार्तामा गएपछि शर्माले शिक्षकबारे कांग्रेसको धारणा सार्वजनिक गरेका थिए । 

बैठक नसकिँदै कांग्रेसले आन्दोलनरत शिक्षकहरूका जायज मागलाई पूरा गर्न संसदमा भूमिका खेल्ने भन्दै विद्यालयमा पठनपाठनको प्रक्रिया शुरू गर्न माग गरेको थियो ।

‘संसदमा दर्ता गरेको शिक्षा विधेयक दर्ता भएको छ । शिक्षकका मागका विषयमा वार्ताबाट समाधान निकाल्न सकिन्छ । कांग्रेस सरकार र शिक्षकबीच भएको वार्तालाई स्वागत गर्छौं’ बैठकबाट गरेको निर्णयबारे जानकारी गराउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘विद्यालय शिक्षाको अवस्था र शिक्षकका हक हितका विषयलाई समेटेर विधेयकलाई ऐन बनाउँदा परिमार्जन गर्न सकिने विषय छन् । संसदीय प्रक्रियाबाट परिमार्जन गर्न सकिन्छ । सार्थक वार्ताबाट यथा शिघ्र सहमतिमा पुग्नुपर्छ । शिक्षकले पनि छिटो छिटो पठनपाठन गर्ने वातावरण बनाउनुपर्छ भन्नेमा माग कांगेस गर्दछ ।’ 

कांग्रेस केन्द्रीय समितिको बैठक आइतवार पनि बस्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x