कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
विराटनगर | असोज १०, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा एमालेको प्रदेश अधिवेशनमा प्रभाव पार्न मन्त्रिपरिषद् विस्तार गरेको आरोप लागेको छ । प्रदेश अधिवेशनको मुखमा मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिमण्डल विस्तार गरेका थिए । उनले अधिवेशनका प्रतिनिधिलाई प्रभावित पार्न मन्त्रिमण्डल विस्तार गरेको आरोप लागेको हो । कोशीमा यही असोज १२ र १३ गते एमालेको प्रदेश अधिवेशन हुँदैछ ।
अल्पमतको सरकारले विश्वासको मत नलिँदै हतार–हतार मन्त्री थपेर अधिवेशन प्रभावित गर्न खोजेको एमाले नेताहरूकै आरोप छ । ‘प्रदेश अधिवेशनको मुखमा मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तार गर्नु कपटपूर्ण छ’, एमाले कोशी प्रदेशका एक नेताले भने, ‘आफूसँग असन्तुष्टहरूलाई मन्त्री तक्मा दिने र अधिवेशनमा आफू अनुकूल उम्मेदवारका पक्षमा उपयोग गर्ने नीति देखियो । यो गलत छ ।’
एमाले प्रदेश अधिवेशनमा विनोद ढकाल, तुलसी न्यौपाने, घनश्याम खतिवडालगायत नेताहरू अध्यक्षका दाबेदार छन् । मुख्यमन्त्री कार्की प्रदेशमा विनोद ढकाललाई जसरी पनि रोक्न लागिपरेको एमाले नेताहरू बताउँछन् ।
‘विनोद ढकाललाई अध्यक्ष हुन नदिन कार्कीले प्रदेश सरकारको चरम दुरुपयोग गरिरहेका छन्’, एक नेताले भने, ‘यद्यपि यस्तो प्रयासले केही हुने सम्भावना छैन ।’ ढकाल निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी निकट मानिन्छन् भने न्यौपाने र खतिवडा अध्यक्ष केपी शर्मा ओली निकटका हुन् । ‘मुख्यमन्त्रीसँग असन्तुष्ट रहेका प्रदेशसभा सदस्यहरूलाई अधिवेशनको मुखमा मन्त्री बनाइनु गलत नियत प्रेरित छ,’ ती नेताले लोकान्तरसँग भने ।
मुख्यमन्त्री कार्कीले सोमबार २ मन्त्री र २ राज्यमन्त्री थपेका थिए । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने आफैसँग राखेका छन् ।
भदौ २२ गते ताप्लेजुङका तिलकुमार मेन्याङ्बो ,खोटाङका पाँचकर्ण राई, झापाका एकराज कार्कीलाई मन्त्री बनाएका थिए भने भोजपुरकी सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए ।
मंगलबार सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी मोरङका लिलाबल्लभ अधिकारीलाई मन्त्री बनाएका छन् भने सुनसरीका रामप्रसाद महतो धनकुटाका निरन राईलाई राज्यमन्त्री बनाएका हुन् ।
मोरङ विनोद ढकालको गृह जिल्ला हो । मोरङबाट छनोट भएका प्रतिनिधि ढकालको पक्षमा देखिएपछि १० बुँदे पक्षधरका अधिकारीलाई मुख्यमन्त्री कार्कीले मन्त्री बनाएको नेताहरूको आरोप छ ।
पटक पटक आश्वासन दिए पनि निरन राईलाई यसअघि मन्त्री नबनाएका कार्कीले राज्यमन्त्री मात्रै बनाएका छन् ।
कार्कीले कमला दर्नाललाई सचेतक बनाएका छन् । दर्नालका श्रीमान् अनुभूति बम नेपाली मुक्ति मोर्चाको केन्द्रीय नेता हुन् ।
संसदीय दलका उपनेतासमेत रहेका केन्द्रीय सदस्य राम राना मगरले भने दुई दुई पटक चुनाव जितेर आएका साथीहरूलाई मन्त्री बनाइएको बताए । ‘विभिन्न परिस्थिति आउँदा पनि उहाँहरूलाई राख्नै पर्ने हुन्थ्यो,’ उनले भने, ‘पार्टी भित्र विभिन्न जिम्मेवारी आउँछ । कहिलेकाहीँ जस्तो समयमा पनि दिनु पर्ने बाध्यता आइलाग्दो रहेछ ।’
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकार विस्तार गर्दा पार्टीको अधिवेशनमा केही प्रभाव नपार्ने बताए । उनले असोज २ गते नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि मुख्यमन्त्री काठमाडौँ जानु परेकाले सम्भव नभएको बताए ।
१२/१३ सय प्रतिनिधिलाई ४ जना मन्त्री थप्दा केही असर नपर्ने उनको तर्क छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...