कात्तिक २१, २०८०
जाजरकोटलाई केन्द्रविन्दु बनाएको गएको भूकम्पमा परेर १ सय ५३ जनाले ज्यान गुमाए । २ सय जनाभन्दा बढी घाइते भए । थुप्रै परिवार प्रभावित भएका छन् । भूकम्पबाट प्रभावितका लागि थुप्रैतिरबाट राहतको घोषणा एवं वितरण ...
काठमाडाैं | असोज १०, २०८०
गोर्खालीको भेष हेर कति राम्रो लाग्छ
मारुनीलाई देखेर नाचौं नाचौं लाग्छ
यी शब्द हुन् ‘हे माया नाँचन...’ गीतका । केही दिनअघि सार्वजनिक यस गीतले नेपाली कला र संस्कृतिलाई चित्रित गर्छ ।
यो गीत भारतको आसाम राज्यको गुवाहाटीमा बस्दै आएका नेपालीभाषी युवाको समूहले ल्याएको हो । यो मात्र होइन, उनीहरूले यसअघि पनि थुप्रै नेपाली गीत ल्याइसकेका छन् ।
ती युवाको प्रयास हो, नेपाली कला र संस्कृतिको संरक्षण गर्नु । साथै, आफ्नो कला र संस्कृतिलाई संसारभर फैलाउनु ।
उनीहरूले आफ्नै खर्चमा गीत र भिडियो बनाउने गरेका छन् । ‘मेलोडी भ्वाइसेस अफिसियल’ नामक युट्युब च्यानल खोलेका छन् । सोही च्यानलमा भिडियो सार्वजनिक गर्ने गरेका छन् ।
अहिलेसम्म उनीहरूले एक दर्जनभन्दा बढी गीत ल्याएका छन् । जसमध्येको पछिल्लो गीत हो, ‘हे माया नाँचन...’ ।
रोशन क्षेत्रीको शब्द रहेको गीतमा उनीसँगै शिवांगी नाथको स्वर छ ।
गोर्खाली हामी हाम्रो संस्कृति धेरै मन पर्ने
दशैंको टीका लगाएर आमाले मायाले आशिष दिने
गीतमा तीजदेखि दशैंसम्मको विष समेटिएको छ । भाइटीका–देउसीसम्मको कुरा गरिएको छ । भिडियोमा कलाकारहरूले मौलिक पहिरनमा नृत्य गरेका छन् ।
युवाहरूको समूहमा रोशन क्षेत्री, अमन सुवेदी, अनिशा सापकोटा, मल्लिका उपाध्यायलगायत छन् ।
रोशनका अनुसार झण्डै दुई वर्षअघि युट्युब च्यानलको सुरुवात गरिएको थियो ।
समूहमा उनको जिम्मेवारी गीत लेख्ने, गाउने र भिडियो निर्माण गर्नु हो ।
उनी आसामका विभिन्न क्षेत्रका प्रतिभालाई समेटेर आफूहरू अगाडि बढेको बताउँछन् ।
भिडियोमा नृत्य गर्दै आएका अमन भन्छन्, ‘गोर्खाली संस्कृतिलाई सबैतिर फैलाउने हाम्रो प्रयास हो ।’
मेलोडी भ्याइसेससँग जोडिएर राम्रो गीतमा नृत्य गर्न पाएकोमा अनिशाले खुशी व्यक्त गर्छिन् ।
आसामका विभिन्न प्रान्तमा छरपस्ट भएर गोर्खाली समाज बसोबास गर्ने गरेका छन् । यद्यपि, त्यहाँबाट नेपाली भाषा वा गोर्खा संस्कृतिमा लेखिएका वा नाचिएका गीतहरू न्यून मात्रै निर्माण र सार्वजनिक हुने गरेका छन् ।
पछिल्लो समय नेपालमा गीतहरू उश्रृङखल भए, मौलिकता गुमाए भन्ने गुनासो बढिरहेको छ । यस्तोमा आसाममा रहेका नेपालीभाषी युवाहरूले आफ्नो कला र संस्कृति संरक्षण तथा प्रचारप्रसारमा गरेको प्रयास उदाहरणीय मान्न सकिने सरोकारवालाहरू बताउँछन् ।
नेपाली संगीत र साहित्यलाई माया गर्ने दीपक खनाल आसाममा रहेका नेपालीभाषीले नेपाली कला, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा दिएको योगदान उच्च रहेको बताउँछन् ।
‘हामीले बरु हाम्रो संस्कार, संस्कृति, परम्परा बिर्सिँदै गइरहेको पाउँछौं । तर, पुस्तौंपुस्ता बाहिर बसेर पनि नेपाली संस्कृति, संगीत, धर्म, संस्कारलाई संबद्र्धन गरिरहनुभएको छ । त्यही कुरा गीतमा हेर्न पाइएको छ,’ खनाल भन्छन् ‘युवाहरूको कदम साँच्चिकै कदरयोग्य छ ।’
उक्त गीतले आसामका नेपाली आफ्नो पुख्यौली नेपाली भाषा, मौलिक संस्कार, संस्कृति र परम्परालाई जोगाउन कति सचेत छन् भन्ने समेत देखाउने उनले बताए ।
हेरौं भिडियोः
जाजरकोटलाई केन्द्रविन्दु बनाएको गएको भूकम्पमा परेर १ सय ५३ जनाले ज्यान गुमाए । २ सय जनाभन्दा बढी घाइते भए । थुप्रै परिवार प्रभावित भएका छन् । भूकम्पबाट प्रभावितका लागि थुप्रैतिरबाट राहतको घोषणा एवं वितरण ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
महिना दिनमै दुईवटा चलचित्रबाट सफलताको स्वाद पाउने सौभाग्य बिरलै कलाकारले पाउँछन् । अभिनेत्री स्वस्तिमा खड्कालाई भने अहिले त्यस्तै सौभाग्य मिलेको छ । तीन साताको अन्तरमा प्रदर्शनमा आएका उनका दुई वटै चलचित्...
प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । शनिवार काठमाडौंमा लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...