कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
भनिन्छ खसीको टाउकोबाट दाँत र खपरबाहेक सबै खान मिल्छ । खसीको टाउकोको परिकार रुचाउने पारखी धेरै हुन्छन् । खसीको टाउकोबाट दर्जनौं ब्यञ्जन बनाउन मिल्ने हुँदा यसमा धेरैको चाख जान्छ । खसीको मासुभन्दा टाउकोको मूल्य आधाजस्तो सस्तोसमेत पर्छ । यसैले खसी काट्नुअघि नै टाउको पहिल्यै बुक गर्ने गरेको पाइन्छ ।
खसीको टाउको केलाउने पनि एक कला हो । यो एक व्यावसायिक रुपमा मासु काट्ने बुचरले मात्र गर्न सक्छ, नत्र बिग्रने डर हुन्छ । टाउकोबाट सबै अङ्ग–अङ्ग छुट्याएर केलाउन सकेमात्र यसका मिठास र छुट्टाछुट्टै परिकार तयार गर्न सकिन्छ । नत्र हड्डी, खप्परको झुर्का र दाँत मासुको भागमा मिसिन जान्छ र परिकारहरू खराब हुन जान्छन् ।
खसीको टाउकोलाई राम्ररी केलाएर काटेपछि नुन र बेसार हाल्नुपर्छ । त्यसलाई उसिनेपछि चिस्याएर हड्डी छ्य्ट्याउनु पर्छ । तोरीको तेलमा भुटेर मुस्ताङ्गे टिमुरे छोप लगाउनु पर्छ । स्न्याक्सको रुपमा खाँदा यो निकै स्वादिष्ट र स्वास्थ्यवर्द्धक हुन्छ । कतिलाई उसिनेको पनि मन पर्छ भने कतिलाई साँधेर खान । कतिलाई छोइला बनाएको पनि मन पर्छ । बिर्यानी बनाएर खाँदा पनि खसीको टाउकाको मासु स्वादिष्ट हुन्छ ।
खसीको टाउको भुटुवा बनाएर खाँदा त झनै छुट्टै मज्जा आउँछ । टाउकाको चिल्ली पनि स्वादिष्ट स्न्याक्स बन्छ । खसीको टाउकोको सुप त झनै स्वादिष्ट र स्वास्थ्यवर्द्धक मानिन्छ । विदेशतिर हेर्ने हो भने कतिले ३ देखि ४ घण्टा उसिनेर खान्छन् भने कसैले स्टू बनाएर खान रुचाउँछन् । भारत, पाकिस्तान, श्रीलंका, बङ्गलादेश, अफगानिस्तानजस्ता दक्षिण एसियाली क्षेत्रका देशहरूले खसी, भेडा या च्याङ्ग्रा खुब रुचाउने गर्छन् । यसले गर्दा यिनलाई विविध परिकारमा ढालेर बनाउने गर्छन् । यीमध्ये धेरैजस्तो देशले आ–आफ्ना स्वादमा ढालेर करी बनाइ चामल या रोटीसँग खान बढी रुचाउँछन् ।
खसीको टाउकोको मासुलाई छिटो पकाउन या गाल्न प्रेसर कुकर प्रयोग गरिन्छ । ५ या ६ सिठ्ठी लगायो भने यो मस्तसँग गल्छ । तर प्रेसर कुकरमा पकाएको भन्दा बाक्लो कराइ ,तसला या फ्वासीमा गालेको मासु स्वास्थ्यवर्द्धक र स्वादिष्ट हुन्छ । छिटो–छरितोका लागि हामी प्रेसर कुकर प्रयोग गर्छौं तर योभन्दा केही ज्यादा समय लागे पनि हाम्रो परम्पराअनुसार नै पकाउँदा उत्तम हुन्छ ।
कसरी सफा गर्ने ?
खसीको टाउकोलाई कसरी सफा गर्नु र हाड–मासु छुट्याउने यो प्रमुख विषय हो । खसीको टाउको सफा गर्दा धेरै नै ध्यान पुर्याउनु पर्ने हुन्छ । बल जबरस्तीले काट्दा टाउकाको मासु बिग्रने र साना–साना हड्डी मासुमा मिसिने जोखिम बढ्छ । सर्वप्रथम त टाउकाको रौ राम्ररी पोलेर या तातो पानीमा डुबाएर निखार्नु पर्छ ।
छिप्पिएको सिङ्गलाई दाउ या खुर्पाले हानेर फुकाल्नु पर्छ । अब दुवै कान काटेर चिरी राम्ररी खुर्की–खुर्की सफा पानीले धुनु पर्छ । कानभित्र र बाहिर निकै फोहर जमेको हुन सक्छ । लाग्ने हतियार लिएर दुवै गालाको साइडबाट मासुलाई बिस्तारै चिर्दै लानु पर्छ र दुवै हातको सहायताले टाउकोको दुई भागमा ठ्याक्क च्याती छुट्याउनु पर्छ ।
दाँत, आँखा र गिदी होशियारीपूर्वक निकालेर एक साइडमा राख्नु पर्छ र बिस्तारै आफूले इच्छाएको टुक्रामा काट्नु पर्छ । टाउकोलाई आधा बनाएर उसिनेर मासु र हड्डी छुट्याउन पनि सकिन्छ । बजारमा गएर टाउकोको मासु रोज्दा वा आफैँले खसी काड्दा पनि गर्दनको भाग केही बढी छान्नु पर्छ । यस्तोमा उत्तम परिकार बनाउन सकिन्छ । नत्र धेरै हड्डी र कम मासुमा पर्ने डर हुन्छ ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं — लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पु–याउँछ । यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ । हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...