मंसिर ११, २०८०
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आगामी पुस २ गते दशरथ रंगशालामा हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना जारी गरी विद्यार्थीहरूलाई दीक्षान्त समारोहबारे सूचित गराएको हो । ...
नुवाकोटको तारकेश्वर गाउँपालिकाले शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न तीन दिनको समय थप गरेको छ ।
गाउँपालिकाले गरेको निर्णय कार्यान्वयनमा विवाद भएको सन्दर्भमा अध्यक्ष शिव अधिकारीले सोमबार प्रधानाध्यापकहरुसँग छलफल गरेका थिए । सो क्रममा प्रधानाध्यापकहरूले केही समय थप्न आग्रह गरेपछि कार्यान्वयनको सबै प्रक्रिया पूरा गर्न तीन दिनको समय थप गर्ने निर्णय भएको अधिकारीले जानकारी दिए ।
उच्च अदालत, पाटनले अन्तरिम आदेश खारेज गरेपछि गत बिहीबार गाउँपालिकाले विद्यालयहरूलाई ५ दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न निर्देशन दिएको थियो । शिक्षकहरूको तलब, चाडपर्व खर्च लगायत सेवा सुविधाको रकम सरुवा कार्यान्वयन गरिसकेपछि मात्रै निकासा हुने भएकाले पनि कार्यान्वयनमा ढिला गर्न नहुने अध्यक्ष अधिकारीले प्रधानाध्यापकहरूलाई बताए ।
गाउँको शैक्षिक गुणस्तर उकास्ने अभियान अन्तर्गत एक वर्षको अध्ययन र अनुगमनपछि गाउँपालिकाले शिक्षकहरूलाई चलायमान बनाउन कम्तीमा पाँच वर्षमा एकपटक सबै शिक्षकको सरुवा गर्नुपर्ने निष्कर्ष सहित परीक्षणका रूपमा एक तिहाइ शिक्षकको काज सरुवा गरेको अधिकारीको भनाइ छ ।
सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संघ संगठनको अगुवाइमा उच्च अदालत पाटनमा रिटमा दायर भएको थियो । पहिलो सुनुवाइमा अदालतले अन्तरिम आदेश दिएपनि बुधबार भने खारेज गरेको थियो ।
यसैबीच गाउँपालिका अध्यक्ष शिव अधिकारीले नियामकको निर्देशन पालना गर्दै आफ्नो कर्तव्यपालनामा लाग्न आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आगामी पुस २ गते दशरथ रंगशालामा हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना जारी गरी विद्यार्थीहरूलाई दीक्षान्त समारोहबारे सूचित गराएको हो । ...
रमेश ढुङ्गेल रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइ-डराई पहिरो पार गरेर विद्यालय पुग्छिन् । उनलाई विद्यालयमा पढ्न...
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
विराटनगर इन्टरनेशनल कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । इटहरीको सोल्टी वेस्टेन्डमा बुधवार भएको दीक्षान्त समारोहमा ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मैनेजमेन्ट विषयमा दी...
हेराल्ड कलेज काठमाडौंले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । होटल याक एण्ड यतीमा सोमवार भएको समारोहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसमध्ये २७२ जना बीएस्सी ...
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ । विश्व विद्यालयले शैक्षिक वर्ष २०८०/०८१ का लागि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...