×

NMB BANK
NIC ASIA

राष्ट्रिय गानप्रति केपी ओलीको त्यो आपत्तिजनक अभिव्यक्ति र आजको विस्मृत

विराटनगर | असोज १७, २०८०

NTC
Premier Steels

​गत चैतमा वीरगन्जमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानका विषयमा एउटा अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति निकै आपत्तिजनक थियो । ‘राष्ट्रिय गान अगाडि ‘प्याँ प्याँ प्याँ प्याँ धुन बजाउँछ । सयौं थुंगा फूलका हामी भन्नुभन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्दछ’ उनले भनेका थिए । 

Muktinath Bank

त्यो धुन राष्ट्रिय गानभित्र नपर्ने पनि उनले सोही कार्यक्रममा बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू र आफ्नो पार्टीमात्रै ठूलो राष्ट्रवादी भएको उनीभित्र एउटा हठ छ ।


Advertisment
Nabil box
Kumari

भारतीय नाकाबन्दीको डटेर सामना गरिएको दाबीसहित ओलीले त्यसपछि आफूलाई ठूलो राष्ट्रवादी बताउँदै आएका छन् ।

Vianet communication

तर बुधवार मोरङको विराटनगरमा भएको कार्यक्रममा एमालेले राष्ट्रिय गान बजाउन आवश्यक ठानेन ।

कार्यक्रममा १ घण्टा २१ मिनेट भाषण गरेका ओलीले धेरै पटक एमाले मात्रै राष्ट्रवादी भएको भन्न भ्याए ।

तर उनले राष्ट्र गानलाई भने बिर्सेको भान भयो ।

११ बजेका लागि आयोजना गरिएको कार्यक्रम १२ बजेपछि मात्रै शुरू भएको थियो ।

निवर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा निश्चित व्यक्तिलाई मात्रै अतिथि राखिएको थियो ।

एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएका थिए ।

आसन ग्रहण पछाडि शहीदहरूलाई सम्झेको एमालेले राष्ट्र गानलाई भने भुलेको थियो ।

शपथ ग्रहणपछि अध्यक्ष ओलीको भाषण शुरू भयो । उनले १ घण्टा २१ मिनेट आफू सरकारमा हुँदा गरेका कामको प्रशंसा गरे ।

उनले सरकार छोड्नु पर्दाको पीडा समेत कार्यकर्तालाई सुनाए ।

अधिकांश समय आफ्नै सरकारमा हुँदा गरेका कामको  प्रशंसा उनले गरेका थिए ।

यस्तै ओलीले केही समय अरू पाटीका नेताहरूको खिल्ली उडाउन पनि खर्चिए ।

दुई वर्ष अगाडिको स्मरण गर्दै उनले पार्टीभित्रका मधु–कैटभले दिनुसम्म दुःख दिएको बताए ।

नेकपा कालमा एउटै पार्टीमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाललाई ओलीले मधु–कैटभ भन्ने गरेका छन् ।​​

कांग्रेसका लागि भने उनले लामो समय नै खर्चिएका थिए ।

उनले नेपाली कांग्रेस विचारविनाको पार्टी भएको बताए । महाधिवेशनमा एउटै दस्ताबेज तथा कुनै विचार नआएको बताए ।

नेता चयन मात्रै गरेको उनको आरोप छ । ‘महाधिवेशनमा सभापति छान्ने । किन छान्ने भन्दा परिवारको कल्याण गर्न । गोप्य कुरा गर्न भन्न नमिल्ने भएकाले कांग्रेस भित्र नीति विचारमा छलफल हुँदैन’ उनले भने ।

अध्यक्ष ओलीले रास्वपाप्रति पनि आफ्नो आक्रोश पोखे । नयाँ भन्नेहरूले केही पनि नगरको  उनले बताए । ‘नयाँ भन्नेहरूले कुनै पनि आन्दोलनमा नलडेको बताएका छन् । २००७ सालको आन्दोलन लडे ।  २०३६ सालको आन्दोलन गरेका हुन  । ३६ सालमा कोही जन्मेकै थिएनन् । २०४६ सालमा केही केही भर्खर जन्मेका थिए होला । २०६२/०६३ सालको आन्दोलन पनि लडेनन् । संविधान लेख्ने कुरामा उनीहरूको केही योगदान छैन’ उनले भने ।
यो हिन्दी गीत जस्तो नभएको उनले बताए । तुम आए बार आए भने जस्तो दुई चार जना केटाकेटी हिड्दैमा बार आउँदैन ।

उनले देश चलाउने कुरा  सिनेमा हलको जस्तो नभएको पनि बताएका छन् । ‘यो देश बनाउने कुरा हो । एक छिन सिनेमा हेरेर केटाकेटी आए जस्तो कुरा होइन,’ उनले भने, ‘अब कसले दिन्छ यिनीहरूलाई भोट ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x