कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आमजनतामा सुशासनको प्रत्याभूति गराउनु सरकार र गृहप्रशासनको पहिलो दायित्व रहेको बताएका छन् । आज महोत्तरीको बर्दिबासमा गृह मन्त्रालयले आयोजना गरेको समसामयिक सुरक्षासम्बन्धी मधेस प्रदेशस्तरीय अन्तक्रियामा गृह प्रशासन मातहतका अधिकारीलाई निर्देशन दिँदै आमसुरक्षा व्यवस्था खलबलिन नदिन चनाखो रहनुपर्ने उल्लेख गरे ।
“पछिल्लो कालमा नेपाली समाजको विविधतामा एकता देखिने मौलिक पहिचानमा खलल पु¥याउने दुश्चेष्टा ठाउँठाउँमा देखिएका छन् । यसलाई प्रेम र सद्भावको डोरीमा नचुँडिने गरी गाँस्न जरुरी छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने । मुलुकका विभिन्न भेग र मधेसमै पनि सामाजिक एकता, सद्भाव र सहिष्णुता तोड्ने मनसायले जालीझेलीहरुको प्रयत्न देखिएको र त्यसलाई नेपाली नेपालीबीचको एकताले निस्तेज बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
मुलुकका सामू भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सामाजिक एकताको जगमा राष्ट्रिय एकता र संविधानको रक्षा गर्दै यसलाई अझ उन्नत बनाउन पर्ने कार्यभार रहेको श्रेष्ठले बताए । मुलुकमा राजनीतिक परिवर्तन भए पनि सामाजिक न्याय र आर्थिक समृद्धिको पाटोमा धेरै काम गर्न बाँकी रहेको हुँदा यस क्षेत्रका जनअपेक्षा पूरा गर्न सरकार दृढताका साथ अघि बढेको उनले उल्लेख गरे ।
सो अवसरमा मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेशका अन्य मन्त्रीहरु, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईसहितका उच्च अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका विशिष्ट अधिकारीको सहभागिता थियो ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...