×

NMB BANK
NIC ASIA

चाडपर्वलक्षित सुरक्षा योजना: कोशीमा ७ हजार प्रहरी परिचालन, सिमानामा तालिम प्राप्त कुकुरसहित गस्ती

विराटनगर | कात्तिक ४, २०८०

NTC
Premier Steels

चाड पर्वको बेला कोशी प्रदेशमा शान्ति सुरक्षा कायम गर्न ७ हजार बढी प्रहरी परिचालन गरिने भएको छ । दशैँ तिहार र छठ पर्वको बेला हुनसक्ने विभिन्न अवाञ्छित क्रियाकलाप र अपराध नियन्त्रण गर्न ७ हजार ५१५ प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोशी प्रदेशमा कार्यरत १० हजार प्रहरीमध्ये २५ प्रतिशत अर्थात् दुई हजार ५०० केही पर्व बिदामा बस्नेछन् । 

Muktinath Bank

प्रहरी कार्यालय विराटनगरले चाडपर्वमा हुने अपराध न्यूनीकरण गर्न ‘चाडपर्व लक्षित सुरक्षा योजना’ लागू गरेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरी ‘चाडपर्व लक्षित सुरक्षा योजना’ बनाएर कार्यान्वयन गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाडपर्वको समयमा धेरै भीडभाड हुने र त्यसको मौका छोपी चोरी, लुटपाटलगायत विभिन्न आपराधिक क्रियाकलाप, जबर्जस्ती चन्दा संकलन, सवारी दुर्घटना, यात्रुलाई हैरानी, यात्रु तथा उपभोक्ता ठगिने, तस्करी जस्ता घटना हुने सम्भावना बढ्ने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना लागू गरेको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

चाडपर्वका बेला सम्भावित आपराधिक घटना तथा गतिविधिको पूर्व पहिचान गरी त्यसै अनुरूप सुरक्षा रणनीति अपनाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी राजेशनाथ बास्तोलाले बताए । ‘सम्भावित गतिविधि तथा घटना नियन्त्रण गर्न र यात्रुलाई तत्कालै सुरक्षा दिन प्रहरी सचेत र तयारी अवस्थामा छ,’ डीआइजी बास्तोलाले भने, ‘चाडपर्वका बेला सुरक्षा प्रक्रिया प्रभावकारी बनाउन अन्य बेलामा भन्दा बढी सुरक्षाकर्मीको परिचालन गरेका छौं ।’

उनका अनुसार चाडपर्वका बेला कार्यालयको सुरक्षा प्रयोजनबाहेक पूर्वसुरक्षाकर्मीलाई ड्युटीमा खटाइएको छ । धेरै भीड हुने तथा यात्रुको धेरै आवागमन हुने कोशी प्रदेशको २८ स्थानमा ‘यात्रु सहायता कक्ष’ को स्थापना गरिएको छ । यात्रु सहायता कक्षमा २४ सै घण्टा प्रहरी उपलब्ध हुने बताइएको छ । समस्यामा परेको कुनै पनि यात्रुले प्रहरीको सहयोग लिन सक्ने प्रहरीले जनाएको छ ।

यस क्रममा नियमित तथा आकस्मिक प्रहरी जाँच, भिगरेस चेकिङ, ओभर स्पिड, ओभरलोड चेकिङ, सीमा क्षेत्रमा कडा जाँच गर्नुका साथै पटका आतसबाजीको प्रयोग तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । गल्लीमा प्रहरीमा नपुग्ने र त्यस्ता ठाउँमा अपराध हुने गरेकाले पैदल गस्तीको व्यवस्था गरिएको र टोलीले मोटरसाइकल, साइकलसमेत जान नसक्ने गल्लीमा गस्ती गर्नेछन्’,  डीइआजी बास्तोलाले भने । 

बर्दीका प्रहरी देखेपछि आपराधिक गतिविधि गर्ने व्यक्ति भाग्न सक्ने भन्दै प्रहरीले ठूलो मात्रामा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विभिन्न आपराधिक संलग्न भएका व्यक्तिको निगरानी गर्न र सूचना संकलन गर्न बनाएर ठूलो  संख्यामा सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको डीआइजी बास्तोलाले बताए । शंकास्पद व्यक्तिमाथि जुनसुकै बेला सर्च गर्न सक्ने अधिकार उक्त टोलीले पाएको छ । 

अपराध भइहाले पनि अपराधी उम्कन नदिन  एम्बुसिङ र निगरानी गरी विशेष सर्चको व्यस्था गरिएको छ । स्ट्राइकिङ टोली पनि गठन गरिएको छ । जसले चोरी, डकैती र कुनै पनि अपराध भएको खबर पाउनासाथ घटनास्थल पुग्नेछ । 

हतियारसहितका क्विक रेस्पोन्स टिम (क्यूआरटी) बनाइएको छ । झैझगडा, लुटपाट जस्ता अपारध भएको खबर पाउनासाथ हतियारसहितको क्युआरटी टिम घटनास्थल पुग्ने व्यवस्था मिलाइएको बताइएको छ । 

विराटनगरको सीमा नाकामा कुकुरसहित गस्ती

विराटनगर रानीस्थित सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाइका साथ चेकजाँच शुरू गरिएको छ । ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सिमावर्ती इलाकामा तालिम प्राप्त कुकुर सहित थप कडाइका साथ चेकजाँच शुरू गरिएको हो ।

कोशी प्रदेशको मुख्य नाका रहेको विराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, विष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोलीद्वारा सिमा नाकामा आवत जावत गर्ने शंकित व्यक्तिहरू तथा सवारी साधनहरुलाई कडाइका साथ जाँच गरिँदै आएको छ । नाकाबाट भित्रिने र बाहिरिने क्रममा कुकुर गस्तीमार्फत् कडा जाँच गरिने प्रहरीले जनाएको छ । 

तिहारमा पटाका भित्रिन सक्ने भएकाले नाकामा थप कडाइ आवश्यक परेको प्रहरीले जनाएको छ ।

यसबाहेक राजधानीका अन्य ठाउँमा पनि आवश्यकता अनुसार कुकर परिचालन गरिनेछ । कुकुर परिचालनका लागि प्रहरी टोली पनि बनाइएको छ । चाडपर्वको बेला सरकारी कार्यालय बन्द हुने भए पनि अपराध गर्ने सरकारी कार्यालय निसाना बनाउन सक्ने भन्दै त्यसतर्फ पनि प्रहरी सचेत छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x