×

NMB BANK
NIC ASIA

दानव नदीमा डुबेर तीन युवाको मृत्यु: शोकमा अमरगञ्ज गाउँ

रूपन्देही | कात्तिक १०, २०८०

NTC
Premier Steels

कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षीय अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए । उनी परिवारसँग दशैं मनाउन गाउँ आएका थिए । 

Muktinath Bank

दशैंको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न गएका नाउ अब कहिल्यै फर्किने छैनन् । कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर उनको मृत्यु भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु भयो । मूर्ति विसर्जनका लागि नदीमा पुगेका अन्य दुई डुबेपछि उनीहरूलाई बचाउने क्रममा नाउले पनि ज्यान गुमाएका हुन् । 


Advertisment
Nabil box
Kumari

कोटहीमाई गाउँपालिकाकै वडा–५ मा नजिकका गाउँमा बनाइएका मूर्तिहरू विसर्जन गर्ने चलन छ । दशैंको टीकाका दिन अमरगञ्जसहित अन्य गाउँका ल्याइएका मूर्तिहरू विसर्जन हुँदै थिए । 

Vianet communication

प्रत्यक्षदर्शी राजदेव भरका अनुसार मूर्तिलाई पानीमा सेलाएपछि अजय भर र सन्तकुमार भरसहितका स्थानीय युवाहरू मूर्तिलाई पूरै डुबाउन भन्दै नदीको गहिरो रहेकोतर्फ जान थाले । 'अगाडि गहिरो थियो, त्यहाँ जाने क्रममा सन्तकुमार भर डुब्न थाले,' राजदेवले भने, 'उनलाई जोगाउन सन्तकुमार र अजय नाउ अगाडि बढे, यसै क्रममा तीनजना नै डुबे ।'

दानव नदी गहिरो रहेको र तत्काल कोही पौडी खेल्न नजान्ने भएकाले तीनै जना नदीमा हराएको उनको भनाइ छ । दुर्गा मूर्ति विसर्जनमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने १८ वर्षीय अजय राजभर, २४ वर्षीय अजयकुमार नाउ र २० वर्षीय सन्तकुमार भरको मृत्यु हुन पुग्यो । 

दशैंको दश दिनसम्म हर्षोल्लास गरी दशैं मनाएका यी तीनजना गाउँले युवाहरू एकैसाथ अस्ताए । तीनजना युवालाई गुमाएको अमरगञ्ज गाउँ त्यसयता शोकमा डुबेको छ ।

डुबेकामध्ये अजयकुमार नाउ र अजय भरको शव केही घण्टामै फेला परे पनि सन्तकुमार भरको शव करिब ४७ घण्टापछि मात्र फेला परेको छ । उनको शव फेला पर्दासम्म उनकै भाइ पर्ने अजय भरको त्रिवेणीमा र अजयकुमार नाउको दानव खोलामा अन्त्येष्टि भइसकेको थियो ।

प्रहरी जवान अजयकुमार नाउको डेढ वर्षअघि मात्र विवाह भएको थियो । बाँकी दुईजना अविवाहित थिए । 'दुर्गा मूर्ति विसर्जनमा युवाहरूमा अर्कै जोस हुन्छ,' कोटहीमाई गाउँपालिका–१ का वडा अध्यक्ष राजेश गुप्ताले भने, 'यो दुर्घटनाले हामीलाई गम्भीर बनाएको छ, आगामी दिनमा यससम्बन्धी कठोर कदम चाल्नैपर्ने देखिएको छ ।' उनले विसर्जनअघि स्थानीय युवासँग यस विषयमा छलफल पनि गरेको दाबी गरे ।

इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले व्यस्थापनमा कुनै कमी नरहेको दाबी गरे । 'यसअघिका वर्षमा नदी वारि घटना हुने गरेको थियो, हामीले सोहीअनुसार तयारी गरेका थियौँ,' उनले भने, 'नदीमा निश्चित क्षेत्रसम्म जान मिल्ने गरी भीड व्यवस्थापन गरेका थियौँ ।'

दानव नदी पारि कोटहीमाई गाउँपालिका–५ को क्षेत्र इलाका प्रहरी कार्यालय लुम्बिनीअन्तर्गत पर्छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x