×

NMB BANK
NIC ASIA

नेपाल–भारत महिला मैत्री समाजको पहलमा भारतमा ४४ नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति [भिडियोसहित]

काठमाडाैं | कात्तिक १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल–भारत महिलामैत्री समाजको पहलमा ४४ जना नेपाली विद्यार्थीले भारतमा पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् ।

Muktinath Bank

समाजले शुक्रवार राजधानी काठमाडौंमा विशेष कार्यक्रम गरी भारतका २ शैक्षिक संस्थासँग छात्रवृत्तिसम्बन्धी सम्झौता भएको जानकारी गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

गान्धी एजुकेसन ट्रस्ट कटिहार (बिहार) र बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजी (गया)मा २२–२२ गरी कुल ४४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने गरी सम्झौता भएको नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवं नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले बताइन् ।

Vianet communication
Laxmi Bank

आर्थिक समस्याका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गरेर छात्रवृत्ति कार्यक्रम शुरूआत गर्न लागिएको उनको भनाइ छ ।

‘सबैलाई गर्न त सक्दैनौं, तर केही व्यक्तिलाई भए पनि राहत हुन्छ कि भन्ने सोच बनाएर म र मेरो संस्थाको पहलमा छात्रवृत्ति कार्यक्रम शुरूआत गरेका छौं,’ सांसद चौधरीले भनिन् ।

null

गान्धी एजुकेसन ट्रस्टले डिप्लोमा इन नर्सिङ कोर्स अध्ययन गर्न ११ र बीएस्सी इन नर्सिङ कोर्स अध्ययन गर्न ११ गरी २२ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ ।

त्यसैगरी बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजीले डिप्लोमा इन इन्जिनियरिङमा ११ र ब्याच्लर इन टेक्नोलोजी ( बी.टेक)मा ११ जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनेछ ।

छात्रवृत्ति २०२४ को शैक्षिक क्यालेन्डर बाट शुरू हुने समाजले जनाएको छ ।

null 

ती दुवै संस्थाले थप २–२ जना बालबालिकालाई नेपालमै अध्ययन गर्न सम्पूर्ण खर्च उपलब्ध गराउने सम्झौता पनि भएको सांसद चौधरीले बताइन् ।

उनका अनुसार कक्षा एक कक्षादेखिकै ४ जना बालबालिकाले अध्ययनको खर्च पाउनेछन् । 

साना बालबालिकाको हकमा होस्टलमा राखेर पढाउनुपर्ने हो भने होस्टल तथा पढाइको सम्पूर्ण खर्च तथा आमाबाबुसँगै बसेर पढ्ने हो भने पढाइमा लाग्ने सबै खर्च ती संस्थाले ब्यहोर्ने उनको भनाइ छ ।

null

कार्यक्रममा गान्धी एजुकेसन ट्रस्टका अध्यक्ष डा. राजीवकुमार जैसवालले नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि छात्रवृत्तिको सम्झौता भएको बताए ।

नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीको पहलमा आफूहरूले छात्रवृत्ति उपलब्ध गराउने गरी सम्झौता गरेको भन्दै उनले समाजले छनोट गरेर पठाएका विद्यार्थीले छात्रवृत्ति पाउने बताए ।

null

यस किसिमको पहलकदमीका लागि अध्यक्ष चौधरीको प्रशंसा गर्दै उनले भारतमा अन्य शैक्षिक संस्थाहरूलाई पनि छात्रवृत्तिका लागि आग्रह गर्ने बताए ।

गरिब तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षा अध्ययनको सपना आर्थिक अभावले अलपत्र नपरोस् भनेर यस किसिमको कार्यक्रम शुरू गरिएको समाजले विज्ञप्तिमार्फत जनाएको छ ।

null

‘जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षा अध्ययन गर्ने सपना आर्थिक अभावले बन्द नहोस् भन्ने उद्देश्यका लागि भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग छात्रवृत्तिका लागि पहल गरेका हौं,’ समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल–भारत महिला मैत्री समाजले भविष्यमा पनि अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि पहल गर्नेछ ।’

हेरौं भिडियोः

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x