कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट | कात्तिक १९, २०८०
जाजरकोटको नलगाड नगरपालिका–१ का ७१ वर्षीय मालबहादुर मल्ल शक्रबार राति खाना खाएर सुतेका थिए । माथिल्लो तलामा २४ वर्षीय नाति निरज गौतम थिए । मस्त निद्रामा भएका बेला भूकम्पले हल्लायो । उनी ब्यूँझिए तर, घर भत्किसकेको थियो ।
विनाशकारी भूकम्पबाट उनी जसोतसो जोगिए । ‘एक्कासि भूकम्पले हल्लायो । ब्यूँझिँदा ममाथि भत्केको घर थियो, बल्लतल्ल उठेँ । ढुंगा र माटो पन्छाएर बाहिर निस्केँ,’ मालबहादुरले लोकान्तरसँग भने, ‘म खाँबोको नजिक सुतेको रहेछु त्यसैले बाँचेँ । भगवानले बँचाए ।’
उनका नाति निरज पनि भाग्यले बाँचे । शनिबार राति उनको बिस्तरा फेरियो । भूकम्पले घर तहसनहस पारेपछि उनले घरको छेउमै उनले रात बिताए । खुला आकाशमुनि टिन ओछ्याएर एउटा सिरकको भरमा उनले रात काटे ।
रातभर उनलाई निन्द्रा लागेन । रातभर एकोहोरो भत्केको घर हेरिरहे । 'आँखैअगाडि भत्केको घर छ । गाउँ समाजमा मान्छे बितेका छन्,' म कसरी निदाउन सक्थेँ र,' आइतबार बिहानै उनले सुनाए, 'भत्केको घर र तारा हेर्दै रात कटाएँ । ७१ वर्षसम्म बाँचेको घर भूकम्पमा जान लेखेको रहेछ ।'
पाँच नातिनातिना काठमाडौंमा पढ्न गएकाले बँचेको उनले बताए । उनलाई अझै पनि भूकम्प आउँछजस्तै लाग्छ ।
मालबहादुरजस्तै नलगाडका अधिकांश स्थानीयले शनिबारको रात खुला आकाशमुनि बिताएका छन् । । उसो त नलगाडमा मात्रै होइन रुकुम पश्चिमका स्थानीयले पनि खुला आकाशमै रात बिताएका छन् ।
अधिकांशलाई फेरि भूकम्प आउँछजस्तै लाग्छ । 'फेरि पनि भूकम्प आउँछ रे भनेर बाहिर सुतेका छौं । हिजो आफ्नै आँखाअगाडि छिमेकका २ जना बिते,’ भेरी नगरपालिका १ की लक्ष्मी मल्लले लोकान्तरसँग भनिन्, ‘त्यसले डर लागेको छ ।’
भेरी नगरपालिका र जाजरकोट जोड्ने रिम्नाभेरी पक्की पुल भत्किएको छ । सडकका छेउमा रहेका अधिकांश घरहरू भत्किएका छन् ।
नलगाडका स्थानीय रविन्द्र गौतमका अनुसार शुक्रबार राति भूकम्प आएपछि सडकमा ढुङ्गा खसेर हिँड्न सक्ने अवस्थामा थिएन । घरमा भएका घाइतेहरूलाई मोटरसाइकल र ट्याम्पोमा उद्धार गरिएको थियो ।‘बाटो बन्द थियो । मोटर साइकलमा उद्धार गरेका थियौं । पछि ट्याम्पोहरू पनि आएर उद्धार भयो,’ गौतमले लोकान्तरसँग भने, ‘राति उद्धारमा नखटिएको भए त अझ धेरै मानवीय क्षति हुन्थ्यो होला ।’
उनका अनुसार शुक्रबार राति भूकम्प गएलगत्तै बजार र गाउँ अन्धकार भएको थियो । गाउँमा भत्केका घरहरूबाट निस्केका धुवाँले अन्धकार छाएको थियो ।
उद्धारमा खटिएकोले २४ घण्टादेखि सुतेका छैनौः इन्स्पेक्टर माधव चौधरी
इलाका प्रहरी कार्यालय दल्लीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) मावध चौधरीले शुक्रबार रातिदेखि उद्धारमा खटिएका छन् । शनिबार राति ११ बजेसम्म उनी उद्धारमा खटिरहेका थिए । ‘हामी शुक्रबार राति भूकम्प आएदेखि नै खटिएका छौं । राति ११ बजिसक्यो उद्धारमै छौं, इन्स्पेक्टर चौधरीले लोकान्तरसँग भने, ‘इलाका प्रहरी कार्यालयको २० जना प्रहरीको टोली छ । माथि गाउँमा ४ घण्टा हिँडेर पुगेको छ । अहिलेसम्म आइसकेको छैन ।’ यहाँ अहिले थप मद्दतका लागि जिल्लाबाट ३६ जना प्रहरी आएका छन् ।
उनका अनुसार शनिबार घाइतेलाई उद्धार गरेर पठाउने काम मात्रै गरेको थियो । नलगाढ नगरपालिका १, ३, ५, ७ र ६ मा अधिकांश क्षति भएको छ । वडा नम्बर ६ मा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने १ नम्बर वडामा एकै परिवारका ५ जनाको मृत्यु भएको इन्स्पेक्टर चौधरीले लोकान्तरलाई बताए ।
उनका अनुसार यो क्षेत्रमा अहिले खानाको भन्दा पनि बासको लागि समस्या देखिएको छ । अधिकांश मानिसहरू गाउँमा भएकाले मिलिजुली खानाको व्यवस्था गरेका छन् । तर धेरै घर भत्किएर पुरिएकाले ओड्ने ओछ्याउने समस्या छ । ‘मानिसहरूलाई खानाको समस्या छैन । यहाँ अहिले बासको समस्या देखिएको छ । जाडोको समयमा सुत्ने र ओढ्ने समस्या छ,’ इन्स्पेक्टर चौधरीले लोकान्तरसँग भने ।
प्रहरीले शनिबार घाइतेको उद्धार र शव निकाल्ने काम गरेको थियो । आज (आइतबार)देखि अन्य क्षतिहरूको विवरण संकलन र उद्धारको काम हुने उनले बताए ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आएका थिए । उनले आफूसँगै औषधीहरू र स्वास्थ् कर्मीहरू पनि लिएर आएको स्थानीयहरूले बताएका छन् । स्थानीयका अनुसार प्रधानमन्त्रीले आफू जाँदा घाइतेहरू पनि लगेर गएको बताएका छन् । नलगाडमा प्रहरी कार्यालय, नेपाली सेनाको क्याम्प भएकाले थप क्षति हुनबाट जोगिएको देखिएको छ ।
आँखैअगाडि छिमेकका २ जनाको ज्यान गएको देखेँः स्थानीय विवश राना
भेरी नगरपालिका १ रिम्नाका स्थानीय विवश रानाले छिमेकका २ जना बुवा र छोरालाई आँखैअगाडि भूकम्पले मृत्यु भएको देखे । भूकम्प गएलगत्तै उद्धारमा खटिएका उनले छिमेकीको उद्धार गर्दा माथिल्लो घरमा पुरिएका बुवा र छोरालाई तान्नु पर्यो । ‘भूकम्पले छिमेकीको घर ढलेको देखेर गएँ । बुवा छोरा एकै ठाउँमा रहेछन् जिवितै होलान् भनेर तानेको मृत्यु भइसकेको रहेछ . रुँदै तानेँ,’ विवशले लोकान्तरसँग भने ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...