×

NMB BANK
NIC ASIA

सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी

कोशीमा सभामुखका लागि हानथाप: एमालेको दाबी, राप्रपालाई दिने मुडमा गठबन्धन

विराटनगर | कात्तिक २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कोशी प्रदेश सभा तीन महिनादेखि सभामुखविहीन छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि प्रदेश सभामुखविहीन बनेको हो । उपसभामुख सिर्जना दलनुवारले सभा सञ्चालनको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

Muktinath Bank

२०७९ पौष २८ गते निर्विरोध निर्वाचित भएका बाबुराम गौतमले सरकारलाई बहुमत पुर्‍याइदिन गत साउन १६ गते पदबाट राजीनामा दिएका थिए । कांग्रेस संसदीय दलका नेता उद्वव थापालाई बहुमत पुर्‍याइदिन उनले राजीनामा राजीनामा दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन महिनासम्म दिँदा पनि कसैले नलिएको सभामुख पद अहिले भने सबैको रोजाइमा पर्न थालेको छ । केही महिना अगाडिसम्म एक–अर्कालाई छोड्दै आएको सभामुख पद अहिले दलहरूलाई प्रतिष्ठाको विषय बनेको छ ।


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धनले पटकपटक सभामुख पद लिइदिन गरेको अनुरोधलाई लत्याउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र सकेसम्म सत्ता गठबन्धन दलहरूमै सभामुख पद सुम्पिने कोसिस गर्दै आएको नेकपा एमाले अहिले सभामुख पद हत्याउन प्रयत्नशील छन् । विपक्षी बेञ्चमा बस्दै आएका दुई दल भने सभामुख पद हत्याउन लबिइङ गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

प्रदेश सरकारले विश्वासको मत पाए पनि संख्याका कारण जुनसुकै बेला संकट आउने ठानेर सत्ता गठबन्धनमा आवद्ध दलहरू भने सभामुख आफूसँग राख्ने पक्षमा छैनन् ।

लामो समयपछि गत सोमबार बसेको प्रदेश सभा बैठकमा सभामुख चयनको विषय उठेको थियो । सभामुख चयनको विषय सदनमा उठेपछि उपसभामुख दनुवारले पनि चाडपछि दलहरूबीच सहमति बनाएर सभामुख चयनको प्रक्रिया अगाडि बढाउने संकेत गरेकी छन् । संसदीय पत्रकार मञ्चमा आवद्ध पत्रकारहरूसँगको भेटघाटका क्रममा उनले सहमतिबाट सभामुख चयनको प्रक्रिया अगाडि बढ्ने बताइन् । 

सभामुख चयनको विषयले सदनमा प्रवेश पाएसँगै नेकपा एमालेले उक्त पदमा दाबी गर्ने संकेत गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सभामुख एमालेले पाउनु पर्ने प्रतिक्रिया दिए । उनले उपसभामुख पद एमालेले अरु कसैका लागि छोड्न नसक्ने भन्दै सभामुख पद आफूहरूले नै पाउनु पर्ने बताए । 

सभामुख बन्न नेकपा एमालेका सांसद चिन्तन पाठकले आन्तरिक तथा बाह्य लबिइङ सुरु गरिसकेका छन् । उनले आफू निकटका सांसद, नेता तथा अन्य दलका केही नेताहरूसँग सभामुखका लागि सहयोग गर्न आग्रह गरिसकेको स्रोतले बताएको छ । 

स्रोतका अनुसार बहावाला उपसभामुख सिर्जना दनुवारले पनि सभामुखमा लभिइङ गर्न थालेकी छिन् । उनले प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहफेमार्फत् पार्टीमा दबाब बढाएकी छन् । 

तर, सभामुख एमालेलाई दिन नहुने मत सत्ता गठबन्धनमा छ । एमालेले यसअघि संसदमा देखाएको व्यवहारबाट उनीहरू सशंकित छन् । स्पष्ट बहुमतको सरकार गठन भएको बेला दलीय प्रभावमा पारेर उपसभामुखसहित ज्येष्ठ सदस्यहरूलाई अनुपस्थित गराएर सरकार ढालेको एमालेलाई सभामुख दिन नहुने उनीहरूको तर्क छ । 
अर्कोतर्फ संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बनाउने तयारीका क्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नुअघि प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरी राप्रपालाई सभामुख पद दिने सहमति गरिसकेको गठबन्धनकै नेताहरूको दाबी छ ।  

शीर्ष नेताहरूबीचको सहमति जानकारीमा रहेको भन्दै राप्रपा नेताहरू सभामुख पद आफूहरूले पाउनु पर्ने दाबी गरिरहेका छन् । राप्रपा सांसद अम्बरबहादुर विष्टले पनि सभामुख पद लिन आफूहरू सकारात्मक भएको बताए । सरकारका विनाविभागीय मन्त्री शमशेर राईले पनि राप्रपाबाट सभामुख बन्ने सम्भावना प्रबल रहेको बताए । 

संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उप–सभामुखको चयन प्रक्रिया उल्लेख छ । उक्त धाराको उपधारा (३) मा सभामुख वा उप–सभामुखको पद रिक्त भएमा प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने विषय स्पष्ट छ । तर, सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने व्यवस्था छ । त्यसो हुँदा एमालेले सभामुख लिन पाउँदैन । तर, एमाले उप–सभामुखलाई राजीनामा गराएर भए पनि सभामुख लिने योजनामा देखिन्छ । 

कोशी प्रदेश सभामा उप–सभामुखसहित एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीबाट एक जना सांसद छन् । प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x