×

NMB BANK
NIC ASIA

प्रथम वीरगञ्ज गोल्डकपको उपाधि पुलिसलाई

पर्सा | कात्तिक २५, २०८०

NTC
Premier Steels

 नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप २०८० को उपाधि उचालेको छ । 

Muktinath Bank

प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाधिसँगै पुलिसले नगद रु ११ लाख ११ हजार एक सय ११ सहित ट्रफी र मेडल हात पारेको छ भने उपविजेता आर्मीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफीमा चित्त बुझाएको छ ।


Advertisment
Nabil box
Kumari

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मीका चारै जना स्ट्राइकरले गोल गर्न चुकेपछि उपाधि पुलिसको पोल्टामा गएको हो । टाइब्रेकरमा पुलिसका लागि कप्तान राम वजु र बुद्ध तामाङले गोल गरे भने उज्ज्वल राईको पेनाल्टी सुट आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर विफल पारिदिएका थिए ।

Vianet communication

टाइब्रेकरमा आर्मीका कप्तान नवयुग श्रेष्ठको प्रहार गोलपोस्टको सेकेन्ड बार बाहिर गयो भने विमल पाण्डे र सन्तोष केसीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले जोगाएका थिए । जितेन्द्र कार्कीको प्रहार भने गोलपोस्टको बारमा लागेर फर्किएको थियो ।

फाइनल खेलको म्यान अफ दी म्याच टाइब्रेकरमा आर्मीका लगातार तीनवटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक शत्रुधन चौधरी घोषित भएका छन् । उनले क्वेस्ट फार्मासियुटिकलको तर्फबाट रु १० हजार पुरस्कार प्राप्त गरे । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरुङ घोषित भए । उनले नगद रु ५० हजार पनि प्राप्त गरे । 

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै शत्रुधन चौधरी, उत्कृष्ट मिडफिल्डर पुलिसकै उज्ज्वल राई र उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे घोषित भएको आयोजकले जनाएको छ । उनीहरूले जनही रु २०–२० हजार पुरस्कार प्राप्त गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x