×

NMB BANK
NIC ASIA

स्थानीयकै विरोध

धरानमा नयाँ विमानस्थलको चर्चा: २० वर्षदेखिको किचलो र सस्तो लोकप्रियता

काठमाडाैं | मंसिर ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले धरानमा नयाँ विमानस्थल निर्माणका लागि भनेर अध्ययन प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धरानमा नयाँ विमानस्थल निर्माणका लागि अध्ययन समिति बनाएको हो । 

Muktinath Bank

विराटनगर विमानस्थलबाट मात्र ३९ किलोमिटर टाढा रहेको धरान– १७ स्थित डाँडाघोपामा विमानस्थल निर्माण गर्न मन्त्री सुदन किराँतीले नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत कात्तिक २२ गते विमानस्थल निर्माणका लागि आवश्यक पहल र सहजीकरणको माग गर्दै धरान उप–महानगरपालिकाका प्रमुख हर्क साम्पाङले नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यसपछि साम्पाङले सामाजिक सञ्जालमा मन्त्री किराँतीको नाम नै उल्लेख गरेर विमानस्थल निर्माण गरिछाड्ने भनी प्रचारबाजी गरे । प्रचारबाजी गर्नुभन्दा अगाडि मेयर साम्पाङले उपमहानगरकै कार्यालयमा छलफलका लागि पत्राचार गरेका थिए । जग्गाको स्वामित्व लिएको यती एयरलाइन्सका प्रतिनिधि तीनपटक पत्र काट्दा समेत नआएपछि मेयर साम्पाङले मन्त्रालयलाई पत्र पठाएका थिए । 
 
धरानमा विमानस्थल बनाउने विषय अहिलेको भने होइन । २० वर्षदेखि त्यहाँ विमानस्थल बन्ने हल्ला चलिरहेको छ । २०६० सालमा धरान– १७ को  डाँडाघोपाका २९ स्थानीयको ७ विगाहा ५ कट्ठा जग्गा विमानस्थल निर्माणका नाममा खरिद गरिएको थियो । विमानस्थल बनेपछि रोजगारी दिने आश्वासन दिएर जग्गा बेच्न बाध्य बनाइएको तत्कालीन जग्गाधनीहरूको आरोप छ । तत्कालीन जनप्रतिनिनिधि तथा अगुवाहरूले धाकधम्की देखाएर जग्गा बेच्न बाध्य पारेको स्थानीय डम्बरकुमार श्रेष्ठले बताए ।

Vianet communication
Laxmi Bank

जग्गा खरिदपछि यत्तिकै सेलाएको विमानस्थलको विषय २० वर्षपछि पुनः चर्चामा आएको हो । तर, धरानमा विमानस्थल आवश्यक छैन भन्ने आवाज पनि प्रशस्तै सुनिन्छ । विराटनगरमा सुविधासम्पन्न विमानस्थल हुँदाहुँदै धरानमा अर्को विमानस्थल आवश्यक नरहेको स्थानीय श्यामकुमारी राई बताउँछिन् ।

‘यहाँबाट आधा घण्टामा विराटनगर विमानस्थल छ,’ श्यामकुमारीले भनिन्, ‘बरु डाँडाघोपा क्याम्पमा राम्रो विद्यालय तथा अन्य विकास चाहिएको छ । विमानस्थल हामीलाई भन्दा नेतालाई बढी चाहिएको हो ।’

डाँडाघोपा क्षेत्र

ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा धरानमा मेयर कुमारबहादुर कार्की र उप–मेयर मीनकुमार सुब्बा थिए । मेयर–उपमेयरकै उपस्थितिमा धरान– १७ रेल्वेस्थित पञ्चकन्या मा.वि.मा जग्गाधनीहरूलाई भेला पारेर विमानस्थलका लागि आधा दाममा जग्गा दिन प्रस्ताव गरियो । डाँडाघोपामा त्योबेला ४० हजारदेखि ६० हजार रुपैयाँ प्रतिकट्ठासम्ममा जग्गा किनबेच हुने गरेको स्थानीय बताउँछन् । सरकारले जग्गा अधिग्रहण गरे त्यति पनि पैसा नपाउने डर समेत देखाइएको उनीहरूको आरोप छ ।

२०६० चैत १० गते नगरपालिकामा डाकिएको अर्को भेलाले धरान– १७ स्थित डाँडाघोपाको जग्गालाई ‘क’ र ‘ख’ श्रेणी भनेर दुई भागमा वर्गीकरण गर्‍यो । ‘क’ श्रेणीकालाई प्रतिकट्ठा ३२ हजार र ‘ख’ श्रेणीकालाई प्रतिकट्ठा २८ हजारका दरले पैसा दिने सूचना जारी गरिएको थियो । धरानमा विमानस्थल बनाउनका लागि जग्गा व्यवस्थापनमा तत्कालीन मेयर मनोज मेन्याङ्वोले चासो देखाएका थिए । उनकै नेतृत्वमा भानुचोकमा घण्टाघर समेत बनेकाले धरानका जनताले मनोजलाई औधी विश्वास गर्ने गरेका थिए ।

यती एयरलाइन्सले विमानस्थल बनाउने नाममा स्थानीय नेता, जग्गा कारोबारी अनि कर्मचारी खटाएर डाँडाघोपाका २५ जनाको ७ बिघा ५ कट्ठा जग्गा खरिद गरेको थियो । सोमध्ये ६ बिघा १८ कट्ठा जग्गा ‘यती इन्कर्पोरेट’ कम्पनीका नाममा पास गरियो । बाँकी ७ कट्ठा यतीका तत्कालीन प्रमोटर कुन्दनशमशेर जबराका नाममा राखिएको थियो । यती एयरलाइन्सका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भयो । प्रमोटर जबराको पनि मृत्यु भइसकेको छ ।

अहिले यती इन्कर्पोेरेट प्रा.लि.को अध्यक्षमा शेर्पाकी श्रीमती चन्दा र प्रबन्ध सञ्चालकमा यती एयरलाइन्सका पूर्व व्यवस्थापक विजयबहादुर श्रेष्ठ छन् । श्रेष्ठ अहिले हिमालयन एयरलाइन्ससँग जोडिएका छन् । 

जग्गा किन्ने बेला यती इन्कर्पोरेटका प्रतिनिधि भनिएका जग्गा व्यवसायी अशोककुमार अग्रवाल अहिले कम्पनीको सञ्चालक छन् । अग्रवालले ज्ञानेन्द्र शाहको शासनकालमा मनोजको साथ लिएका थिए । त्यसपछि अग्रवालले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टलाई ल्याएका थिए ।

त्यसक्रममा विष्टले विमानस्थलबारे केही पनि प्रतिक्रिया नदिएको स्थानीय देवानसिंह राईले बताए । विमानस्थल चाँडै बन्ने सन्देश दिन अग्रवालले हिसिला यमी भौतिक योजना तथा निर्माण मन्त्री भएका बेला धरान पुर्‍याएका थिए । तर, यमीले धरानमा विमानस्थल आवश्यक नभएको बताइन् ।

विमानस्थल नबनेको खण्डमा जग्गाधनीलाई नै जग्गा फिर्ता गर्ने सहमति भएको स्थानीयले बताएका छन् । विमानस्थल चाँडै बनाउने र स्थानीयलाई रोजगारीको अवसर दिने भनेर यतीले सस्तोमा जग्गा हत्याएको स्थानीय जीवन भट्टराईले बताए ।

धरान बजार

कुल ७ विगाहा ५ कट्ठामध्ये व्यक्तिको नाममा रहेको ७ कट्ठा जग्गामा प्लटिङ शुरू भएपछि यो विषयले विवादको रूप लिएको थियो । जग्गा व्यवसायी अशोककुमार अग्रवालको सक्रियतामा किरण राईले उक्त जग्गा किनेर प्लटिङ थालेका हुन् । प्लटिङ थालेपछि स्थानीय आन्दोलित हुँदा डाँडाघोपाको ८० बिघाभन्दा बढी जग्गा उपमहानगरपालिकाले रोक्का राखेको थियो । तर, विवादितबाहेकको जग्गा रोक्का राख्न नमिल्ने भन्दै विरोध भएपछि उपमहानगर पछि हट्न बाध्य भयो ।

विमानस्थल नबन्ने हो भने पूर्व सम्झौताअनुसार जग्गा फिर्ता पाउनुपर्ने भन्दै स्थानीय आन्दोलित भएपछि फेरि विमानस्थलको विषय चर्चामा आएको हो । धरान– १७ का वडाध्यक्ष मनोज भट्टराई मेयर र मन्त्रीले सस्तो लोकप्रियताका लागि विमानस्थलको विषय चर्चामा ल्याएको बताउँछन् ।

‘हवाई नीति २०७७’ मा एकदेखि अर्को विमानस्थलबीचको दूरी पहाडी इलाकामा २० नटिकल माइल र तराई तथा भित्री मधेशमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ । तर, धरान र विराटनगरको हवाई दूरी मात्र १६ नटिकल माइल छ । धरानदेखि मात्र ३९ किलोमिटरको दूरीमा विराटनगरमा विमानस्थल छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x