×

NMB BANK
NIC ASIA

आर्थिक वर्ष २०७९/८० मा निगमको उडान र यात्रु सङ्ख्या वृद्धि

काठमाडाैं | मंसिर १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 नेपाल आयु सेवा निगमले आर्थिक वर्ष २०७९/८० मा उडान र यात्रु सङ्ख्या बढेको जनाएको छ । वार्षिक प्रतिवेदन २०७९÷८० अनुसार निगमको अन्तर्राष्ट्रिय उडान सङ्ख्या ३ हजार ७६८ भएको र त्यसबाट ६ लाख २९ हजार १४७ सङ्ख्यामा यात्रु ओसारिएको छ । जसअनुसार निगमको बजार हिस्सा १६.५६ प्रतिशत रहेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।  सोही अवधिको औसत सिट फ्याक्टर ८१ प्रतिशत रहेको उनको भनाइ छ ।  जुन तथ्याङ्कले निगमले बजार हिस्सा र व्यवसायमा बढोत्तरी एवं सुधार हुँदै गएको तथ्य पुष्टि हुने उनले बताए । 

Muktinath Bank

‘राष्ट्रिय ध्वजावाहकको विमान सङ्ख्या सम्भावित बजारको तुलनामा कमी भएको तथ्य सर्वविदितै छ र सोही न्यून विमान सङ्ख्याका कारण बजार हिस्सामा कमी देखिनुलाई स्वाभाविक मान्नु पर्ने बाध्यता हामीसँग रहेको भए तापनि उडान सङ्ख्यामा कमी आउन नदिन निगम चनाखो र दृढ छ’, पौडेलको विज्ञप्तिमा भनिएको छ, ‘पर्याप्त सङ्ख्यामा जहाज नभएको कारण निगमको व्यावसायिक उपलब्धिका विविध अवरोधक हुँदाहुँदै पनि तुलनात्मक लाभका नयाँ गन्तव्यको खोजी कार्यलाई निगमले रणनीतिक प्राथमिकतामा राखेको छ ।’ प्रतिस्पर्धी बन्दै गइरहेको विश्व उड्डयन बजारमा निगमले आफूसँग उपलब्ध भएका न्यून स्रोतसाधनको पूर्ण क्षमतामा उपयोग गरी आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहसहित व्यावसायिक धर्मलाई थप दृढतापूर्वक आत्मसात् गर्ने प्रतिबद्धता जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि सन् २०१९ को उत्तरार्द्धबाट ‘कोभिड–१९’ महामारीको असरले समग्र विश्व अर्थव्यवस्थालाई आक्रान्त तुल्याएको कारण तत्कालीन अवस्थामा जारी विश्वव्यापी लकडाउनका कारण नेपालमा बाह्य मुलुकका विमानमार्फत अन्तर्राष्ट्रिय उडान सहज र नियमित नहुँदा बजार उपस्थिति सन् २०१९ बाट २०२० मा १८ प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेको तथ्यांकन भएको थियो । 


Advertisment
Nabil box
Kumari

‘‘कोभिड–१९’ महामारीको असर न्युनीकरणोन्मुख हुँदै गएपछि विश्व पर्यटन तथा हवाई उद्योग क्रमशः चलायमान हुन थाल्यो र नेपालमा बाह्य मुलुकका विमानमार्फत अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुन थाल्यो’, निमगले भनेको छ, ‘यसबाट निगमको पूर्ववत् सन् २०२० मा तथ्यांकन भएको बजार हिस्सामा २०२१ मा तुलनात्मक रूपमा कमी देखिए तापनि निगमको उडान सङ्ख्या तथा निगमबाट यात्रा गर्ने यात्रु सङ्ख्यामा भने सन् २०२०, २०२१ बाट २०२२ मा दोब्बर भन्दा बढीले वृद्धि भएको छ र २०२३ को अन्त्यसम्ममा उक्त आँकडामा थप वृद्धि हुने देखिन्छ ।’

Vianet communication
Laxmi Bank

निगमले नेपाल वायुसेवा निगमको आ.व.२०७९/८० को वार्षिक प्रतिवेदनमा प्रकाशित तथ्याङ्कलाई लिएर विभिन्न सञ्चार माध्यमहरूमा आएका समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त समाचारमा आधारको रूपमा लिइएको निगम सम्बद्ध वार्षिक तथ्याङ्क सही भए तापनि सन्दर्भ र विषयवस्तुको गहिराइ नकेलाई गरिएको विश्लेषण सतही तथा एकपक्षीय भएको जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x