×

NMB BANK
NIC ASIA

जनताका समस्या बुझ्न सङ्कल्प यात्रा आयोजना : ओली

सुर्खेत | मंसिर १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या बुझ्न सङ्कल्प यात्रा आयोजना गरिएको बताएका छन् । पार्टीले आयोजना गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ को चौथो दिन आज कर्णालीको दैलेखस्थित राकम कर्णालीमा आयोजित आमसभामा उनले उक्त कुरा बताएका हुन् । 

Muktinath Bank

अध्यक्ष ओलीले सरकारका तर्फबाट लोकतान्त्रिक व्यवहार भएको छ कि छैन भन्ने कुरा हेर्न एमाले गाउँमा आएको उल्लेख गर्दै बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको तीन दिन सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा जनतामा निराशा छाएको टिप्पणी गरे । 
 
पूर्वप्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने र जनताको हित नचाहने तत्व नै देशद्रोही भएको जिकिर गरे । उनले भने, “गठबन्धन सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशालाई मौकाको रुपमा लिएर प्रतिगमनको दिवास्वप्ना देख्नु देशद्रोह बाहेक अरु के हुन सक्छ ? यस्ता कुरा गर्नु विकास, परिवर्तन, नेपाल र नेपालीको हित विपरीत कार्यबाहेक अरु केही होइन ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पदयात्राको क्रममा जनताका समग्र समस्या बुझेर आगामी दिनमा तीनै तहका सरकारमा नीति निर्माण गर्ने रणनीतिका हिसाबले पनि अभियान थालिएको बताउँदै अध्यक्ष ओलीले आगामी २०८४ मा एमाले नेतृत्वमा एकल सरकार गठन हुने ठोकुवा गरे । उनले नेपाललाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

आफू नेतृत्वको पार्टीले दूर्गम स्थानको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेशाव्यवसायको समृद्धि, कृषिको आधुनिकीकरण, देशलाई औद्योगिकीकरण र व्यापार सन्तुलन गर्ने नीति लिएको दाबी गर्दै अध्यक्ष ओलीले निरोगी नेपालको परिकल्पना र यसको नेतृत्व एमालेले गर्ने बताए । 

Vianet communication
Laxmi Bank

एमाले महासचिव शङ्कर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियालनले सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा अध्ययन गर्ने बताए। विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिका लागि राज्यले गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन गरी राम्रो परिणाम निकाल्ने उनले दाबी गरे । 

मध्यपहाडी राजमार्गअन्तर्गत सुदूरपश्चिम प्रदेशको अछामबाट कर्णालीको दैलेख पुग्नुभएका अध्यक्ष ओली नेतृत्वको अभियान टोलीले आज दैलेखको ज्वाला क्षेत्र, श्रीस्थान, पादुका, नाभीस्थानलगायत पर्यटकीयस्थलको अवलोकन गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x