२६ जेठ २०८३, मंगलबार

‘मूलधारका पार्टीले जनार्दनबाट सिके हुन्छ’

मंसिर १८, २०८०
काठमाडौं
‘मूलधारका पार्टीले जनार्दनबाट सिके हुन्छ’

(श्रीकुमारको रुकुम डायरीबाट...)

बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू विपत्तिले निम्त्याएको नियतिबारे कुरा गरिरहेका छन्, ठीक त्यही ठाउँमा पुग्छन्, माओवादी नेता जनार्दन शर्मा प्रभाकर । अँगेनाको छेउमा उनी पनि थपिन्छन् ।

महिलाहरूले सोध्छन्, नेताज्यू, आगो बालेर रात काट्नुपर्ने समयको अन्त्य कहिले हुन्छ होला ? जनार्दन जवाफ दिन्छन्, सबैभन्दा चिसो महिना पुससम्म त यस्तै हुन्छ, माघबाट यस्तो गर्नुपर्दैन होला । सकेसम्म हामी पुसभित्रै अस्थायी आवासमै भए पनि तपाईंहरूलाई व्यवस्थित ठाउँमा सार्न सक्छौं कि भन्ने कोशिशमा छौं । अर्को एक महिला थप्छिन्, ‘तपाईंकै विश्वास र भरोसा छ । हरेक टोलमा सबै मान्छेले भन्छन्, प्रभाकर सर हुनुहुन्छ, उहाँले हामीलाई बचाउनु हुन्छ । भूकम्पबाट बाँचेकाहरूलाई उहाँले केही न केही गरिहाल्नु हुन्छ भन्छन्, जसलाई आफैंप्रति विश्वास छैन, तर तपाईंप्रति विश्वास छ । जेसुकै गर्नुस् ।’

अर्की महिलाले थपिन्, तपाईं एक्लैले मात्रै के गर्नुहुन्छ, हाम्रो जिल्लामा तपाईंले गरेजस्तो अरू जिल्लामा पनि माओवादीलाई गर्न लगाउनुस् न, कहिलेकाहीँ चिन्ता लाग्छ ।  ‘चिन्ता नगर्नु’ भन्दै प्रभाकरले ढाडस दिए । त्यसपछि साना केटाकेटीको पढाइ, ठूलाको कमाइ, खेतबारी, परिवारको मेलमिलाप, सासु–बुहारीको सम्बन्ध, वस्तु भाउ, पेसा, जागिर, कुन सदस्य कहाँ छ जस्ता सबै हालचाल सोधेर उनले केही समय बिताउँछन् । प्रायः हरेक बिहान उनले यस्ता संवादलाई नियमितजस्तो बनाएका छन् । 

null

सेफ्टीका लागि टाउकोमा रातो प्लास्टिकको टोपी र पहेँलो ज्याकेटसँगै बिहानी सूर्यको किरण झुल्किनुअघि नै अस्थायी आवास निर्माण कार्यमा उपस्थित भइसक्छन्, जनार्दन । उनले यतिबेला हातमा बोक्ने गरेको हथौडा हजारौं घर निर्माणमा काम लाग्ने औजार हो, जुन उनको पार्टीको चुनाव चिह्न पनि हो । कहिले हथौडा, कहिले आरा र कहिले घर नाप्ने फित्ता बोकेर बिहनै सेल्टरबाट निस्किने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) यतिबेला पश्चिम रुकुममा कडा परिश्रम गर्ने ज्यामी बनेका छन् । 

भूकम्पले ध्वस्त भएका घरहरूबाट त्रिपालमा पुगेका जनतालाई अस्थायी आवासमा ल्याउन उनी स्वयंसेवी ज्यामी बनेका हुन् । जिल्लाको सिंगो माओवादी पंक्तिलाई स्वयंसेवक दलमा परिणत गरि आफू त्यसको संयोजक बनेका शर्मा रातदिन नभनी काममा खटिएका छन् । 

null

मुलुकको राष्ट्रिय राजनीतिको कोणबाट हेर्दा शर्मा हाई–प्रोफाइल नेताहरूभित्रै पर्छन् । पार्टी उपमहासचिव, संगठन विभागको प्रमुख, अहिलेको तीनमहिने अभियानमा वाग्मती प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका शर्मा पूर्व अर्थ र गृहमन्त्री पनि हुन् । तर, रुकुम पुग्दा उनी आफ्ना सबै प्रोटोकलहरू काठमाडौं छाडेर जाने गर्छन् । त्यहाँ उनी आफूलाई जनताको साथीका रूपमा चिनाउन मन पराउँछन् । भूकम्पको डे वानदेखि निरन्तर फिल्डमा रहेका उनी कहिले ज्यामी र कहिले सिकर्मीको भूमिकामा हुन्छन् ।

कहिलेकाहीँ उनी प्राविधिकहरूको सहयोगीको भूमिकामा देखिन्छन् । बिहान काम शुरू हुनुअघि र बेलुका कामबाट फर्किएपछि महिला र बालबालिकासँग नियमित संवादमा रहने गर्छन् । उनीहरूका पीडा, आशा, कल्पना र सपनाका सबै कथा सुनेर कुनै ठाउँमा सहयोगको वचन दिने र कतै सुझाव सल्लाह दिने गर्छन्, शर्मा । 

null

मतदाताले आफूलाई चिनेर मात्रै हुँदैन, आफूले पनि सकेसम्म प्रत्येक मतदाता चिन्न पाए हुन्थ्यो भन्ने बुझाइमा शर्मा हमेसा प्रयासरत रहन्छन् । राष्ट्रिय राजनीतिको व्यस्तताका कारण जिल्लामा बाह्रै महिना जमेर बस्न नपाएपनि वर्षभरिमा बाक्लो आउजाउ, नियमित फोन संवाद र हरेक समस्या समाधानको कोशिशले शर्मा आफ्नो निर्वाचन क्षेत्रमा काफी लोकप्रिय छन् । उमेरले ६० को आसपास रहेका शर्माको क्रियाशीलता, सीघ्र निर्णय लिने क्षमता, र जनताका काममा जाँदा देखिने जोश, जाँगर, उत्साह, हौसला आदिका कारण पश्चिम रुकुमका जनता शर्माको नेतृत्व पाउनु अहोभाग्य ठान्दछन् ।

salt training

कमेन्ट गर्नुहोस्