×

NMB BANK
NIC ASIA

‘मूलधारका पार्टीले जनार्दनबाट सिके हुन्छ’

काठमाडाैं | मंसिर १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

(श्रीकुमारको रुकुम डायरीबाट...)

Muktinath Bank

बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू विपत्तिले निम्त्याएको नियतिबारे कुरा गरिरहेका छन्, ठीक त्यही ठाउँमा पुग्छन्, माओवादी नेता जनार्दन शर्मा प्रभाकर । अँगेनाको छेउमा उनी पनि थपिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिलाहरूले सोध्छन्, नेताज्यू, आगो बालेर रात काट्नुपर्ने समयको अन्त्य कहिले हुन्छ होला ? जनार्दन जवाफ दिन्छन्, सबैभन्दा चिसो महिना पुससम्म त यस्तै हुन्छ, माघबाट यस्तो गर्नुपर्दैन होला । सकेसम्म हामी पुसभित्रै अस्थायी आवासमै भए पनि तपाईंहरूलाई व्यवस्थित ठाउँमा सार्न सक्छौं कि भन्ने कोशिशमा छौं । अर्को एक महिला थप्छिन्, ‘तपाईंकै विश्वास र भरोसा छ । हरेक टोलमा सबै मान्छेले भन्छन्, प्रभाकर सर हुनुहुन्छ, उहाँले हामीलाई बचाउनु हुन्छ । भूकम्पबाट बाँचेकाहरूलाई उहाँले केही न केही गरिहाल्नु हुन्छ भन्छन्, जसलाई आफैंप्रति विश्वास छैन, तर तपाईंप्रति विश्वास छ । जेसुकै गर्नुस् ।’


Advertisment
Nabil box
Kumari

अर्की महिलाले थपिन्, तपाईं एक्लैले मात्रै के गर्नुहुन्छ, हाम्रो जिल्लामा तपाईंले गरेजस्तो अरू जिल्लामा पनि माओवादीलाई गर्न लगाउनुस् न, कहिलेकाहीँ चिन्ता लाग्छ ।  ‘चिन्ता नगर्नु’ भन्दै प्रभाकरले ढाडस दिए । त्यसपछि साना केटाकेटीको पढाइ, ठूलाको कमाइ, खेतबारी, परिवारको मेलमिलाप, सासु–बुहारीको सम्बन्ध, वस्तु भाउ, पेसा, जागिर, कुन सदस्य कहाँ छ जस्ता सबै हालचाल सोधेर उनले केही समय बिताउँछन् । प्रायः हरेक बिहान उनले यस्ता संवादलाई नियमितजस्तो बनाएका छन् । 

Vianet communication
Laxmi Bank

null

सेफ्टीका लागि टाउकोमा रातो प्लास्टिकको टोपी र पहेँलो ज्याकेटसँगै बिहानी सूर्यको किरण झुल्किनुअघि नै अस्थायी आवास निर्माण कार्यमा उपस्थित भइसक्छन्, जनार्दन । उनले यतिबेला हातमा बोक्ने गरेको हथौडा हजारौं घर निर्माणमा काम लाग्ने औजार हो, जुन उनको पार्टीको चुनाव चिह्न पनि हो । कहिले हथौडा, कहिले आरा र कहिले घर नाप्ने फित्ता बोकेर बिहनै सेल्टरबाट निस्किने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) यतिबेला पश्चिम रुकुममा कडा परिश्रम गर्ने ज्यामी बनेका छन् । 

भूकम्पले ध्वस्त भएका घरहरूबाट त्रिपालमा पुगेका जनतालाई अस्थायी आवासमा ल्याउन उनी स्वयंसेवी ज्यामी बनेका हुन् । जिल्लाको सिंगो माओवादी पंक्तिलाई स्वयंसेवक दलमा परिणत गरि आफू त्यसको संयोजक बनेका शर्मा रातदिन नभनी काममा खटिएका छन् । 

null

मुलुकको राष्ट्रिय राजनीतिको कोणबाट हेर्दा शर्मा हाई–प्रोफाइल नेताहरूभित्रै पर्छन् । पार्टी उपमहासचिव, संगठन विभागको प्रमुख, अहिलेको तीनमहिने अभियानमा वाग्मती प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका शर्मा पूर्व अर्थ र गृहमन्त्री पनि हुन् । तर, रुकुम पुग्दा उनी आफ्ना सबै प्रोटोकलहरू काठमाडौं छाडेर जाने गर्छन् । त्यहाँ उनी आफूलाई जनताको साथीका रूपमा चिनाउन मन पराउँछन् । भूकम्पको डे वानदेखि निरन्तर फिल्डमा रहेका उनी कहिले ज्यामी र कहिले सिकर्मीको भूमिकामा हुन्छन् ।

कहिलेकाहीँ उनी प्राविधिकहरूको सहयोगीको भूमिकामा देखिन्छन् । बिहान काम शुरू हुनुअघि र बेलुका कामबाट फर्किएपछि महिला र बालबालिकासँग नियमित संवादमा रहने गर्छन् । उनीहरूका पीडा, आशा, कल्पना र सपनाका सबै कथा सुनेर कुनै ठाउँमा सहयोगको वचन दिने र कतै सुझाव सल्लाह दिने गर्छन्, शर्मा । 

null

मतदाताले आफूलाई चिनेर मात्रै हुँदैन, आफूले पनि सकेसम्म प्रत्येक मतदाता चिन्न पाए हुन्थ्यो भन्ने बुझाइमा शर्मा हमेसा प्रयासरत रहन्छन् । राष्ट्रिय राजनीतिको व्यस्तताका कारण जिल्लामा बाह्रै महिना जमेर बस्न नपाएपनि वर्षभरिमा बाक्लो आउजाउ, नियमित फोन संवाद र हरेक समस्या समाधानको कोशिशले शर्मा आफ्नो निर्वाचन क्षेत्रमा काफी लोकप्रिय छन् । उमेरले ६० को आसपास रहेका शर्माको क्रियाशीलता, सीघ्र निर्णय लिने क्षमता, र जनताका काममा जाँदा देखिने जोश, जाँगर, उत्साह, हौसला आदिका कारण पश्चिम रुकुमका जनता शर्माको नेतृत्व पाउनु अहोभाग्य ठान्दछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

कात्तिक १९, २०७९

काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत  छ  तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्‍यो, कि त त पैसा आउनुपर्‍यो । हेर्दा सधै...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x