×

NMB BANK
NIC ASIA

'करबाकेली इको ट्रेक'मा लाहुरेसँग पाँच दिन

काठमाडाैं | माघ ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel
  • राज कुमार गजुरेल

विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (विदेश)बाट फर्किएका पुन कहिले काठमाडौं, पोखरा त कहिले म्याग्दी घुमिरहेका हुन्छन् । 

Muktinath Bank

१५ वर्ष बेलायती सेना र त्यसपछि केही वर्ष ब्रुनाईका सुल्तानको सेवामा काम गरेका चामबहादुरकै पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडामा पुन समुदायका कुल देवता करबाकेली बाबा थान(मन्दिर) बनेको छ ।अहिले उनी त्यसकै संरक्षण र प्रचारप्रसारमा जुटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

उनै पुनसँग गत कात्तिकमा करबाकेली बाबा थान पुग्ने अवसर जुर्‍यो । दशै र तिहारको बिचमा रमाइलो यात्रा गरियो । म्याग्दीको बेनीबाट पुनहिल जोड्ने यो रुटलाई करबाकेली इको ट्रेकका रूपमा ब्रान्डिङ गरिएको रहेछ ।

Vianet communication
Laxmi Bank

कात्तिक १९ गते बिहान काठमाडौंको नयाँ बसपार्कबाट मँसहित अभय श्रेष्ठ, प्रगति राई, प्रभा बराल, कुमारी लामा, हेमन्त विवश, रञ्जन राजभण्डारी, दिनेश नारायण श्रेष्ठ, भवानी शिलाकार, सुरेन्द्र राना, चाम बहादुर पुन, अनुपम रोशीलगायत साथीहरू बेनीको बस चढियो । दमौलीबाट सागर उदास, पोखराबाट तारानाथ पहारी, घनश्याम पौडेल पनि जोडिए । त्यो दिन बेनीमै बास बसियो ।

null

२० गते बिहान बेनीबजारबाट हामी करबाकेली पदयात्रा सुरु गर्‍यौं । बेनी बजारमा हामीलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र व्यवसायी राजेश शाक्यलगायत व्यक्तिहरूले स्वागत गर्नुभयो ।

बेनीबाट पर्वतको मल्लाज फाँट उक्लँदा सबै साथीहरू पसिनाले निथ्रुक्क भैसकेका थिए । मल्लाजबाट धौलागिरी, निलगिरी हिमाल तथा म्याग्दीका पहाडहरू हेर्दै बाँसखर्कस्थित होम स्टेमा खाना खायौं । बाँसखर्क सुन्तलामा पनि प्रख्यात रहेछ । हामीलाई बाँसखर्कका साथीहरूले सुन्तला उपहार दिएर स्वागत गरे ।

null

बाँसखर्कमा खाना खाएर हामी महभिरतर्फ लाग्यौं । पर्वतबाट म्याग्दी तर्फको महभिर देखाउँदै चाम बहादुरले हामीलाई आफ्नो पुर्खाबारे सुनाए । बा, हजुरबालगायत अघिल्ला पुस्ताले कसरी भिरबाट मह संकलन गर्थे भनेर पुर्खाको गौरवगाथा सुन्दै यात्रा अघि बढिरह्यो ।

समय ढल्किँदै थियो । महभिरमा खाजा खाएर उकालो लाग्यौं । काफलडाँडास्थित करबाकेली पाउना घरमा बास बसियो ।

कात्तिक २१ गते बिहान काफलडाँडास्थित करबाकेली बाबा मन्दिरको दर्शनसँगै पुन समुदायको संग्राहलय अवलोकन गर्‍यौं । करबाकेली मन्दिरको काखबाटै हिमालको दृष्यावलोकन गरियो । धौलागिरी, निलगिरी, अन्नपूर्णलगायत हिमालहरू मन्दिरबाटै देख्न पाइन्छ ।

त्यसपछि अन्तर्क्रिया कार्यक्रम राखियो । अन्तरक्रियामा लेखक, पत्रकार तथा पदयात्रीहरूले आ-आफ्ना यात्रा अनुभूति तथा कविता सुनाए । कार्यक्रममा चामबहादुरले करबाकेली बाबाको मन्दिर निमार्ण, पुन समुदायको संग्रहालय निर्माण तथा त्यहाँ बसोवास गर्ने पुन समुदायको पुर्ख्यौली पेसा तथा मह संकलन गर्न भीरमा जाँदाको अनुभूति सुनाए।  गाउँ र समुदायको सेवामा लाग्न करबाकेली बाबाबाट प्रेरणा मिलेको उनले बताए ।

पुन समुदायको पुर्ख्यौली नाचगानले मनोरन्जन प्रदान गरियो । पुन समुदायमा कुल देवताको पूजा वा मुख्य पूजाको झाँकीमा पुरुषहरू नै महिलाको भेषमा सजिएर नृत्य गरिने चलन रहेछ ।

null

कार्यक्रम सकेर करिब चार घण्टा हिँडेपछि हामी त्यही दिन पुनहिल बेसक्याम फूलबारीमा बास बस्यौं । फूलबारीमा गुरासँका बोटहरू मात्र थिए । चैत, बैशाख र जेठमा झपक्कै लालिगुरासँ फुल्छन् । हामी जाँदा फुलेको थिएन ।

पुनहिलबाट माच्छापुच्छ्रे धौलागिरी, अन्नपूर्ण नर्थ र साउथलगायत हिमाल हेर्दै घोडेपानी ओर्लिएर खाजा खायौं । घोडेपानीबाट चार घण्टा ओरालो लागेर उल्लेरीमा खाना खायौं । गाडी चढेर कास्की नयाँ पुल हुँदै हामी बेलुकी पोखरा बास बस्न आइपुग्यौं । कात्तिक २३ गते हामी काठमाडौं फर्कियौं ।

 null

यात्रा साच्चै रमाइलो रह्यो । करबाकेली इको ट्रेकको विकासमा चामबहादुर पुनलगायत उनको समुदायको भूमिकालाई सम्मान गर्नेपर्छ । उकालो, ओरालो र तेस्रा बाटोको हिँडाइले निकै आनन्दित बनायो ।

अर्गानिक खाना र खाजा, समिपमा देखिने हिमालले जोकसैलाई लोभ्याउँछ ।

null

रुटमा विभिन्न चरा, जनावर, भेडीगोठलगायत प्रकृतिको अनुमप अनुभव गर्न पाइन्छ । ट्रेकिङ प्रेमीहरूका लागि याे नयाँ रूट अत्यन्तै राम्राे छ। जुनसुकै सिजनमा पनि याे रूटकाे पदयात्रा गर्न सकिन्छ । साथै पुन समुदायको बारेमा बुझ्न सकिन्छ।

null

हरेक गाउँ ठाउका मानिसहरू सहर केन्द्रित भएर बसेको अहिलेको अवस्थामा एउटा सम्पन्न जीवनशैली भएका पूर्व लाहुरे आफ्नो समुदाय, गाउँठाउँ तथा आफ्नाे पुर्ख्यौली संरक्षण विकास तथा प्रचार प्रचारमा लागेको देखेर हामीहरूलाई प्रेरणा मिलेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०७९

काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत  छ  तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्‍यो, कि त त पैसा आउनुपर्‍यो । हेर्दा सधै...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x