×

NMB BANK
NIC ASIA

अर्थमा रमिता

अर्थमन्त्री र सचिवको अक्षमता : आधा दर्जन काबिल सहसचिव ४ महिनादेखि बेरोजगार !

काठमाडाैं | मंसिर २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवाली विगत ४ महिनादेखि जिम्मेवारीविहीन छन् ।

Muktinath Bank

ठूला करदाता कार्यालयबाट सरुवा भएर आएका ज्ञवालीले ४ महिनादेखि काम पाउन सकेका छैनन् । कुनै जिम्मेवारी नहुँदा उनी बरन्डामा घाम तापेर बस्न बाध्य छन् । ज्ञवाली अनुभवी तथा काबिल सहसचिवमध्ये एक हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत, सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, संघको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयमै विगतमा संस्थान समन्वय अनि आर्थिक नीति विश्लेषण महाशाखाको नेतृत्व गरिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी ज्ञवालीले ठूला करदाता कार्यालय र सार्वजनिक वित्तीय व्यवस्थापन तालिम केन्द्रको समेत सफल नेतृत्व गरिसकेका छन् । दक्षिण कोरिया र इटालीबाट स्नातकोत्तर गरेका ज्ञवालीलाई आर्थिक प्रशासनतन्त्रमा अब्बल प्रशासकको रूपमा लिने गरिएको छ ।

Vianet communication
Laxmi Bank

तर, विगत ४ महिनादेखि अर्थ मन्त्रालयमा उनी बेरोजगार छन् । कार्यालय आउने, हाजिरी गर्ने र घाम तापेर घर फर्किने उनको दैनिकी बनेको छ ।

****

ज्ञवालीजस्तै अर्थ मन्त्रालयकै अर्का सहसचिव महेश आचार्य पनि ३ महिनादेखि जिम्मेवारीविहीन छन् ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवका रूपमा नेतृत्व गरी तीन महिनाअघि सरुवा भएर अर्थ मन्त्रालयमा हाजिर भएका आचार्य हाजिरी गर्ने, बरन्डामा घाम ताप्ने र गाडी चढेर घर फर्किने गरेका छन् ।

अस्ट्रेलियाबाट स्नातकोत्तर गरेका आचार्य समेत काबिल प्रशासक मानिन्छन् । स्याङ्जा र नवलपरासीमा प्रमुख जिल्ला अधिकारी भएर जिल्ला हाँकेका आचार्यले अर्थ मन्त्रालयमै आर्थिक नीति विश्लेषण महाशाखाको प्रमुख भएर काम गरिसकेका छन् ।

वीरगञ्ज भन्सार कार्यालयको कार्यालय प्रमुख  र बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएर काम गरिसकेका आचार्यलाई मन्त्रालयले काम दिएको छैन ।

......

केही साताअघि अन्य निकायबाट सरुवा भएर हाजिर भएका अन्य तीन सहसचिवले पनि काम पाउन सकेका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर आएकी सहसचिव पार्वती शर्मा, कम्पनी रजिष्ट्रार कार्यालयको रजिष्ट्रारबाट सरुवा भएर आएका सहसचिव महेश बराल र लगानी बोर्डबाट सरुवा भई आएका सहसचिव अमृत लम्सालले समेत काम पाउन नसकेका हुन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र अर्थसचिव डा. कृष्णहरि पुष्करको अक्षमताका कारण अनुभवी तथा काबिल प्रशासकहरू कामविहीन बनेका छन् ।

सही व्यक्तिलाई सही स्थानमा पदस्थापन गरी उपलब्ध जनशक्तिलाई परिचालन गर्नुपर्ने जिम्मेवारी पाएका अर्थमन्त्री महत र सचिव पुष्कर आफ्नो जिम्मेवारी पूरा गर्न असफल ठहरिएका छन् ।

राजनीतिक आस्थाका आधारमा मन्त्रीले पूर्वाग्रह राख्दा सहसचिवहरू जिम्मेवारीविहीन हुन पुगेको अर्थ मन्त्रालयकै कतिपय कर्मचारीहरू बताउँछन् ।

अर्थ मन्त्रालयमै प्रशासन महाशाखादेखि सहसचिव नियुक्त हुने मन्त्रालय र निकायका दर्जनौं कार्यालयहरू नेतृत्वविहीन छन् ।

अर्थ मन्त्रालयमा ९ जना सहसचिवको विभिन्न महाशाखामा पदस्थापन हुनेदेखि अन्य आधा दर्जनभन्दा बढी कार्यालयहरूमा सहसचिवको दरबन्दी छ ।

वीरगञ्ज भन्सार कार्यालय, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, भन्सार जाँचपास कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, आन्तरिक राजस्व विभागको उपमहानिर्देशकसहितका निकायमा सहसचिवलाई पदस्थापन गर्ने गरिन्छ ।

भन्सार जाँचपास कार्यालयमा विगत १ वर्षदेखि सहसचिवको दरबन्दी रिक्त छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सहसचिव भूमिराज शर्मा गत कात्तिक १ गतेदेखि सेवानिवृत्त भएपछि त्यहाँ अर्को सहसचिवलाई खटाइएको छैन ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक गोविन्द सुवेदी पनि सेवानिवृत्त भएपछि गत कात्तिक १ गतेदेखि त्यहाँ कुनै सहसचिवलाई पठाइएको छैन ।

अर्थ मन्त्रालयकै प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव आनन्द काफ्लेको गृह मन्त्रालयमा सरुवा भएपछि प्रशासन महाशाखा रिक्त छ ।

यसरी हेर्ने हो भने विभिन्न निकाय, कार्यालय महिनौंदेखि रिक्त भएपनि अर्थमन्त्री महत र सचिव पुष्करले काबिल सहसचिवहरूलाई ४ महिनादेखि जिम्मेवारीविहीन बनाएका छन् ।

अर्थ मन्त्रालयमा अहिले वित्तीय संघीयता समन्वय महाशाखामा सहसचिव ईश्वरीप्रसाद अर्याल, बजेट तथा कार्यक्रम महाशाखामा सहसचिव उत्तरकुमार खत्री, कानून तथा फैसला कार्यान्वयन महाशाखामा बलसागर गिरीलाई जिम्मेवारी दिइएको छ । गिरी केही दिनअघि मात्र राष्ट्रिय न्यायिक प्रतिष्ठानबाट सरुवा भएर अर्थ मन्त्रालय आएका हुन् ।

त्यसैगरी अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, रितेश शाक्यलाई राजस्व व्यवस्थापन महाशाखा, धनीराम शर्मालाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ । शर्मा मन्त्रालयका प्रवक्ता समेत हुन् ।

केही महिनासम्म जिम्मेवारीविहिन राखेर अहिले सहसचिव भुपाल बराललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

अर्का सहसचिव बाबुराम सुवेदी आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x