माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
बुटवल | मंसिर २४, २०८०
लुम्बिनी प्रदेश सरकारले कृषि अनुदानमा कृषकको पहुँच वृद्धि गर्दै उत्पादन बढाउने उद्देश्य लिए पनि ९० प्रतिशत किसान कृषि ऋण र अनुदानबाट बाहिरै रहेको देखिएको छ । बैंक, वित्तीय संस्था र प्रदेश सरकारबाट प्रवाह हुने अनुदान र बैकिङ सहुलियतमा १० प्रतिशत सीमित व्यक्तिले मात्र फाइदा लिएको सरकारी अध्ययनबाट फेला परेको छ ।
लुम्बिनीका ६७ प्रतिशत घर परिवारको मुख्य पेसा कृषि छ । राष्ट्रिय तथ्यांक कार्यालय, काठमाडौंका उप–प्रमुख डिल्लीराज जोशीले बुटवलमा कृषि गणनाको नतिजा सार्वजनिक गर्दै राज्यको सहुलितपूर्ण कर्जा र अनुदान सीमित व्यक्तिहरूले मात्र लिएको देखिएको बताए । अनुदान ७ प्रतिशत र कृषि ऋण जम्मा १२ प्रतिशतले मात्र लिएका छन् ।
‘लुम्बिनीमा कूल कृषक परिवार ६७ प्रतिशत छन्,’ जोशी भन्छन्, ‘यो राष्ट्रिय तथ्यांकभन्दा बढी हो । राष्ट्रिय रूपमा ६२ प्रतिशत मात्र आबद्ध देखिन्छन् । लुम्बिनीमा ११ लाख ४१ हजार ९०२ कृषक छन् । यसको १० प्रतिशतले मात्र अनुदान र ऋण लिएका छन्,’ साना किसान अनुदानका कार्यक्रमबारे अनभिज्ञ नै छन् । पहुँचवालाबाहेक वास्तविक किसानले मात्रै फाइदा उठाएको तथ्यांकबाट पनि प्रस्ट भएको देखिन्छ । प्रदेश सरकारले हरेक वर्षजसो उत्पादनमा आधारित अनुदानका कार्यक्रम ल्याउने गरे पनि त्यसबारे किसानलाई जानकारी हुँदैन । लुम्बिनी प्रदेश सरकारले किसानलाई अनुदान कार्यक्रमका लागि १ अर्ब ९७ करोड रूपैयाँ विनियोजन गरेको छ ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनीका सचिव यामनारायण देवकोटाले अनुदानका कार्यक्रममा किसानको पहुँच विस्तार गर्दै कृषि कार्यक्रम बढाउने जस्ता योजना सरकारले समेटेको बताउँछन् ।
‘प्रदेशले कृषि अनुदानका कार्यक्रमलाई कसिलो बनाएको छ,’ देवकोटाले भने, ‘उत्पादनमा आधारित र कृषि विकासको क्षेत्रमा हाम्रो कार्यक्रमहरू रहेका छन् । अनुदानमा बिचौलियाबाट चलखेलको सम्भावना छैन । गैरकिसान नभई वास्तविक किसानले अनुदान पाउँछन् । सरकारी प्रक्रिया केही झञ्झटिलो देखेर लिन नखोज्नेहरू पनि छन् ।’
जग्गा पनि क्रमशः घट्दो
लुम्बिनीमा कृषि उत्पादन हुने जग्गाको क्षेत्रफल पनि प्रत्येक वर्ष घट्दै गइरहेको छ । वि.सं. २०६८ अनुसार लुम्बिनी प्रदेशमा १४ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २०७८ मा भने घटेर १२ लाख १६.४ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।
यस्तै ६ लाख ७३ हजार ७०० हेक्टर क्षेत्रफलमा मकै, ७ लाख ४९ हजार ४०० हेक्टर क्षेत्रफलमा गहुँ र ८४ हजार ४०० हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ, जबकि कृषि गणना वि.सं. २०६८ अनुसार ५ लाख ५९ हजार ९०० हेक्टरमा मकै, ७ लाख ४९ हजार ४०० हेक्टरमा गहुँ र १ लाख ७ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको थियो ।
बढ्दो आबादी, बाटाघाटा र बसाइँसराइले पहाडमा जमिन बाँझो हुँदा दिनप्रतिदिन उत्पादनमूलक जमिन निरन्तर घटिरहेको निर्देशक कार्कीले बताए ।
लुम्बिनीमा धान खेती हुने जग्गाको क्षेत्रफल २ लाख ४८ हजार ९८४, मकैको ७७ हजार ७७९, गहुँको १ लाख ६८ हजार ८२६ र तरकारीको १६ हजार ५८८ हेक्टर रहेको छ ।
५१ प्रतिशतलाई पुग्दैन खाद्यान्न
उक्त नतिजाअनुसार लुम्बिनीमा ५१ प्रतिशत कृषक परिवारलाई आफैंले कृषि उब्जाएको उत्पादनले खान समेत नपुग्ने देखिएको छ । कृषि पेसा गर्ने र त्यसको उत्पादनले खान पुग्ने परिवार भने प्रदेशमा ४९ प्रतिशत मात्र छन् ।
नेपालमा कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्की बताउँछन् ।
फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावरट्रिलर प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । २० दशमलव ४ प्रतिशत फलामे हलो, ५० दशमलव ८ प्रतिशत ट्याक्टर र १३ दशमलव ५ प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए ।
तीन दशकमा नेपालमा कृषक परिवारको संख्या र कृषकले भोगचलन गरेको जग्गामा वृद्धि भए पनि सरदर दुईपटक मात्र बाली लगाएको देखिन्छ ।
यस प्रदेशमा ११ लाख ४१ हजारभन्दा बढी घरपरिवार रहेकामा ६ लाख ६५ हजार ९२ कृषक परिवार रहेको र ४ लाख २६ हजार ६१४ हेक्टर जमिन कृषिमा प्रयोग भएको उनले जानकारी दिए । कृषि गणना वि.सं.२०६८ मा कृषिमा आबद्ध भएका मध्ये ४० प्रतिशतलाई मात्रै वर्षभरि खान पुग्ने तथ्यांक सार्वजनिक भएको थियो ।
‘अनुदान लिन्छन्, व्यवसाय छाड्छन्’
पक्लिहवा कृषि क्याम्पसका प्रमुख रामभजन मण्डल नेपालको भूगोलअनुसार कृषि प्रणाली नहुँदा अपेक्षाकृत ढंगले कृषि क्षेत्रको विकास हुन नसकेको बताउँछन् । किसानले अनुदान लिने तर, पछि व्यवसाय छाड्दै पलायन हुने अवस्था बढेको प्रमुख मण्डलको बुझाइ छ ।
‘देशको दुईतिहाइ जनसंख्याको जीविकोपार्जनसँग गाँसिएको कृषि क्षेत्र सरकारको प्राथामिकतामा छैन,’ मण्डल भन्छन्, ‘कृषि क्षेत्रको आधुनिकीकरण सरकारको नीति तथा कार्यक्रममा सीमित छ । कृषि क्षेत्र प्रत्येक वर्ष ओरालो लाग्ने र ठूलो संख्यामा युवाहरू कामको खोजीमा परदेश पलायन हुँदा बसाइँसराइ बढेको छ । तराईमा खेतीयोग्य जमिन बाँझिए अनि तराईमा धान झुल्ने फाँट घरले भरिएका छन् ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...