×

NMB BANK
NIC ASIA

पक्राउ परेका गोपाल किरातीसहितका ‘पहिचानवादी’लाई केहीदिन नछाडिने

विराटनगर | मंसिर २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को मध्यपहाडी संकल्प यात्रामा अवरोध गर्नेलाई प्रहरीले मंगलवार नछाड्ने भएको छ । प्रहरीले मंगलवार नै १४ जनालाई पक्राउ गरेको थियो । तीमध्ये दुई जनालाई भने प्रहरीले छाडेको छ । उदयपुर भोजपुर र ओखलढुङ्गाबाट उनीहरूलाई पक्राउ गरिएको थियो । 

Muktinath Bank

पक्राउ परेका दुईजना आन्दोलनकारी नभएको पुष्टि भएकाले छोडिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले १२ जनालाई नियन्त्रणमा लिएका थियाैँ’, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बाँस्तोलाले भने, ‘शान्तिपूर्ण कार्यक्रम गर्दा अवरोध गर्नेलाई आजै छाड्ने कुरा नै भएन ।’


Advertisment
Nabil box
Kumari

उनीहरूले बुधवारदेखि गर्ने आन्दोलनका थप कार्यक्रमलाई हेरेर मात्रै कहिले छाड्ने भन्ने भन्न सकिने उनले बताए । 

Vianet communication
Laxmi Bank

पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीसहितका पहिचानवादी नेता तथा कार्यकर्ताहरूलाई तीन दिनपछि मात्रै छाड्ने रणनीति प्रहरीले बनाएको छ । ‘तीन दिनपछि एमालेको कार्यक्रम पनि पक्राउ परेका नेताको पहुँच क्षेत्रभन्दा बाहिर पुगेको हुन्छ,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘आन्दोलनकारी पनि गलेका हुन्छन्, त्यसपछि मात्रै छाड्छौ ।’

अब पहिचानवादी नरम हुने सुरक्षा निकायको विश्लेषण रहेको छ । यसअघिसम्म पहिचानवादीसँग आक्रामक बनेका एमाले अध्यक्ष ओली कोशी प्रदेशमा प्रवेश गरेपछि नरम हुन थालेकाले पहिचानवादीहरू पनि थप आक्रोशित नहुने सुरक्षा निकायको विश्लेषण रहेको छ ।  ‘अध्यक्ष ओलीले आज पहिचान पक्षधरलाई चिढ्याउने गरी बोल्नुभएको छैन,’ ती सुरक्षा अधिकारीले भने ‘त्यसले पनि पहिचानवादीहरूले थप आक्रोशित हुनुहुन्न होला !’ 

सुदूरपश्चिमको झुलाघाटबाटमंसिर १४ गते शुरू भएको एमालेको मध्यपहाडी संकल्प यात्रा मंगलवारदेखि कोशी प्रदेशमा प्रवेश गरेको छ । बिहान मध्यपहाडी राजमार्गका विभिन्न ठाउँमा पहिचानवादीहरूले रुख ढालेर सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुलाएका थिए । अध्यक्ष ओली मंगलवार राति खोटाङको सदरमुकाम दिक्तेलमा बस्ने कार्यक्रम छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x