×

NMB BANK
NIC ASIA

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए । कैयन पुर्खाहरू फर्किएनन् । बाँचेका कोही अपाङ्ग भए । कोही सग्लै रित्तो हात लिएर फर्किए । युद्ध कोसँग र कसका लागि गरियो, यसको लामै कहावत छ । रणमैदानदेखि बेलायतसँग लडाइँ र सम्झौताको सम्बन्ध हो । 

Sagarmatha Cement
Muktinath Bank

सन्दर्भचाहिँ ‘सम्वत् १९८० नेपाल–बेलायत सन्धि शतवार्षिकी’को हो । शतवार्षिकीको छेको पारेर मदन पुरस्कार पुस्तकालय र ब्रिटेन–नेपाल एकेडेमिक काउन्सिलले यसै साता २ दिने सम्मलेन गर्‍यो । संयोग यतिखेर नेपाल–अंग्रेजको लडाइँमा नेपालीहरूले लेखिएका पत्रहरूको गोप्य अंशसहितको किताव बजारमा छ, ‘मुकाम रणमैदान, नेपाल–अंग्रेज युद्धको बखान ।’ किताबका लेखक मोहन मैनालीले सोही सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दैै शीर्षक दिए, ‘रणमैदानमा भएको नेपाल–अंग्रेज आपसी चिनजान ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सन् १८१४ मा लडाइँमा होमिएपछि नेपालका दृष्टिमा अंग्रेज फौज र खजना धेरै भएको, बलियो र छलकपट जान्ने बैरी थियो । अंग्रेजका विचारमा नेपाली सिपाही तथा कमान्डर राजा र देशप्रति बफादार र थोरै बलका भरमा ठूलो बैरीलाई परास्त गर्न सक्ने बलिया थिए । नेपाल प्राकृतिक किल्ला थियो । त्यसैले नेपाललाई कब्जा गर्न सकिँदैन भन्ने जसलाई लाग्यो,’ सम्वत् १९८० नेपाल–बेलायत सन्धि शतवार्षिक सम्मेलन’ पुस १, २०८० मैनालीको कार्यपत्र ।


Advertisment
Nabil box
Kumari

सम्बन्ध २०० वर्षको : औपचारिक १०० वर्ष

Vianet communication
Laxmi Bank

‘संसारमा त्यो एउटा ठाउँ सुरक्षित हुन्छ, जब तपाईं गोरखालीहरूको आसपासमा हुनुहुन्छ’, राजकुमार चाल्र्स । गोर्खालीसम्बन्धी यस्ता भनाइहरू बग्रेल्ती पाइन्छन् । तर, यस्ता भनाइहरूमा गोरखालीहरूले कति गौरव गर्ने भन्ने विषय सधैँ विचारनीय रहन्छ । सम्बन्ध २०० वर्ष बढी छ । सन् १८१५ देखि गोर्खा र बेलायतको सम्बन्ध निरन्तर छ । सन् १९२३ मा चन्द्रशमशेरका पालामा भएको नेपाल र ब्रिटिस भारत सन्धिले मात्र नेपालको सार्वभौमिकतालाई कानूनी रूपमा स्वीकारेको थियो ।

‘चन्द्रशमशेर सत्तामा आएपछि जंगबहादुरको समयदेखिको अंग्रेजसँगको मित्रता र विश्वासमा नेपालले भारी सफलता प्राप्त गरिसकेको थियो’, इतिहासविद् डा. बमबहादुर अधिकारी नेपालको वृहत् इतिहासको झलक, पृष्ठः ७०१ । 

२१ डिसेम्बरमा सन्धिमा हस्ताक्षर भयो । २६ तारिखका दिन सिंहदरबारमा भव्य समारोह भएको थियो । बेलायती राजदूतलाई ३१ तोपको सलामी दिइएको थियो । २ दिन बिदा मनाउन जुवा फुकुवा र कैदीबन्दीका लागि ३ महिना सजाय समेत कम गरिएको थियो । सम्बन्ध २ सय वर्षको हो भन्ने यो सन्धिको दोस्रो बुँदाले समेत झन् छर्लङ्ग पार्छ । 

‘पहिलो दफा– नेपाल सरकार र ब्रिटिश सरकारका बीचमा अच्छिन्न शान्ति र मित्रता रहनेछ  । स्वाराष्ट्रको व्यवस्था र परराष्ट्रसँगको सम्बन्ध यी दुवैमा परस्परको स्वतन्त्रतालाई यी दुवै सरकारले परस्परमा स्वीकार आदर गर्न कबुल गर्दछन् ।

दोस्रो दफा– इशवी सन् १८१५ को सुगौलीको अहदलगायत त्यसपछि दुई सरकारका बीचमा भएका अहद स्वीकारपत्र र कबुलनामाहरूमा हालको यो अहदले बदलिए जतिबाहेक अरू जम्मै यसबाट बाहल राखिएको छ,’ ः योगी नरहरिनाथ, इतिहासप्रकाशमा सन्धिपत्रसंग्रह (भागः १) पृष्ठ १४० ।

‘भलाद्मीहरू, यो अहदको बारेमा यहाँ हाम्रा मित्र कर्णेल ओकोनरले जो भने त्यस्मा थप धेरै कुरा भन्ने केही छैन– ठूला ब्रिटिश सरकारको शुद्ध मनसाय र न्याय बुद्धिमा, दृढ विश्वासको प्रत्यक्ष फल यो अहद हो भन्ने मलाई लाग्दछ, हाम्रा मुलुकको बारेमा जो भूल समझ थियो सो, सधैँलाई दूर गराई हाम्रो जातीय स्वतन्त्रतालाई यो अहदले निसन्देह तवरसँग कबुल गरेको छ ।’

सम्बत् १९८० पुस ६ गते सन्धि भएपछि त्यसबेला साप्ताहिक रूपमा प्रकाशित गोरखापत्रले पुस ९ गतेको अंकमा प्रकाशित चन्द्रशमशेरको मन्तव्य । 

‘मुलुकको हैसियतर जनसंख्याको परिमाण ली दाजी हेर्दा नेपालबाट भएको काम ब्रिटिश सहमतका कौनै राज्यको भन्दा कम देखिन आउँदैन । सालाखाला दशहज्जारभन्दा बढी नेपाली फौजले शुरू सन् १९१५ देखि हिन्दूस्थानमा र हिन्दूस्थानका सेवानाहरूमा रही सन् १९१९ मा जनाब भाइसरायलाई डिल्लीमा कबायद देखाई आफ्ना मुलुकमा नफिरुन्जेलसम्म काम दिएका थिए । लडाईं भर अघिपछि रहेका ब्रिटिश गोर्खा २० पल्टनको संख्या दोब्बर गराइएको थियो । फेरि धेरै अरू–अरू दलमा पनि गोर्खालीहरू भर्ती भई सबै ठाउँ आफ्नो कीर्ति राखी काम दिएका थिए । यसरी त्यो ठूलो लडाइँको बेलामा एक न एक काममा रही २ लाख गोर्खालीहरूले अर्थात् नेपालका लडाकी जातका मानिसहरूको जम्मामा अन्दाजी झन्डै चार खण्डको एक खण्डले काम दिएका हुन् ।’

सम्वत् १९८० पुस ६ गते सन्धि भएपछि त्यसबेला साप्ताहिक रूपमा प्रकाशित गोरखापत्रले पुस ९ गतेको अंकमा प्रकाशित बेलायतको तर्फबाट लेफ्टिनेन्ट कर्णेल ओकोनरको मन्तव्य । ओकोनरको मन्तव्यबाट थाहा हुन्छ, नेपाल–बेलायतको सम्बन्ध बारे । बेलायतसँग नेपालको सम्बन्ध ब्रिगेडदेखि शुरू भएको देखिन्छ । जुन समयदेखि सम्बन्ध भएको छ, त्यसले नेपालका आदिवासी भूमिपुत्रहरूको दिनचार्यमा सुधार आएको देखिन्न । केबल बेलायती सत्ता र नेपालका शासक राणाहरूको हालिमुहालीबाहेक केही छैन । बरु नेपाली युवाको रगत, पसिना विश्वमा फगतमा खेर गएको इतिहास छ ।

‘नेहरू नेपाललाई भारतको अधिनस्थ देश बनाउन चाहन्थे । अर्थात्, नेहरू ब्रिटिस–नेपालबीचको सन् १९२३ सन्धिबाट नेपालको स्वतन्त्रता भारतको अधीनस्थ हुनुपर्ने कुरा विरासतमा पाएको विशेषाधिकार हो भन्ने ठान्थे । यो कुरा उनले सन् १९५३ मा चीन भ्रमण गर्दा चियारा प्रधानमन्त्री चाउएनलाई समक्ष राखेको उनको विचारबाट प्रस्ट हुन्छ ।’ डा.युवराज संग्रौला

गोर्खा ब्रिगेड (१८१४–२०१४) नेपाली युवामाथि २०० वर्षको शोषण– पृष्ठः १६३

संग्रौलाले उक्त भनाइपछि आफ्नो तर्क पेश गर्दै भनेका छन्, ‘नेहरू गोर्खा सैनिकका बारेमा नेपालसँग मञ्जुरी लिई नेपाललाई भारतको समकक्षमा राख्न चाहँदैनथे । चिनियाँ प्रधानमन्त्रीसमक्ष नेहरूले विगतमा बेलायतले नेपालमाथि प्राप्त विशेषाधिकार भारतले पाउनुपर्ने दलिल राख्दा उनी उपनिवेशवादको वैधानिकतको पुष्टि गरिरहेका थिए ।’ ऐ. पुस्तक पृष्ठ उही ।

सन्दर्भ जंगबहादुरको ‘कूटनीति’

‘स्वस्तिश्री मद्राजकुमार कुमारात्म्ज श्री प्राइम्मिनिष्टर एण्ड कम्यान्डर इन चिफ जनरल जंगबहमादुर कुँवर राराजीबाट सम्बत् १९०६ सलामा तजविज गर्नु भयाको अंग्रेज पातसाहाको र हाम्रो सिवाना जोरियाको छ । इन्को फौज, पल्टन् षजाना, हातहतियार, मुलुक, दौलथ, आम्दानी षर्च, थिति बन्दोवस्त क्या रहेछ पातसाही तषत् बेलायतकहाँ रहेछ, लन्डन शहर कस्तो रहेछ, ताहाँका भारादार दूनिञाँ गैह्राको मिजाज कस्तो रहेछ, आजतक् हिन्दूस्थान्का मानिस लन्डन् बेलायेत पुगी आयाको कोही छैनन्, इन्का मुष जमान् अकवारको बेहोरा सुन्दा सारा हिन्दूस्थान्का राजा नवाव पात्साहाका मुलुक् लिँदा पनि अंग्रेजका अवस्थान अंग्रेजका वादशाहाका बल पराक्रम तहकित गरी चिह्न हिन्दूस्थान, मध्येश, पहाड भोट्, चीन कसैले सकेनन् । अब श्रीभगवान्को कृष भया चार धाम पनि गरुँला हिन्दूस्थान् बेलायेत् ११ तापुका पातसाहाहरूका बेहोरा कार्षाना क्या रहेछ बुँझुला । बेहोरा बुझी दोस्त पनि गरुँला भन्या मनसुवा पनि गर्नुभयो र आफ्ना माहिला भाइ श्रीमद्राजकुमार कुमारात्मज श्री कम्यान्डर इन चिफ जनरल बम्बहादुर कुँवर राराजीलाई मुल्की कार्षाना, जंगी पल्टनको भारा अषतियार गरिदिया ।’ 

‘जंगबहादुको बेलाइत यात्रा’ प्रकाशक मदन पुरस्कार पुस्तकालय, सम्वत् २०१४ यात्राको उद्देश्यबारे प्रस्ट्याउँदै पहिलो पृष्ठमा उल्लेख छ ।

जंगबहादुरको बेलायत यात्रा आफ्नै आँखाले हेर्न खोजेको देखिन्छ । बेलायत बलियो शक्ति भएकाले उसको शक्ति हेरेर मैत्री सम्बन्ध राख्ने योजनामा उनको देखिन्छ । यद्यपि राणाहरूको बेलायतसँगको सम्बन्धबाट गाउँगाउँका युवाहरू लडाइँमा होमिए । पहिलो र दोस्रो विश्वयुद्धमा नेपाली युवाहरूको रगत संसारको जुनसुकै कुनामा बग्यो । त्यसको बदला उनीहरूले केही पाएनन् । बेलायतका निम्ति नेपाली युवा सित्तैमा लडे । त्यसको असर अहिलेसम्म बेलायती सेना र गोर्खालीबीचको विभेदकारी व्यवहार कायमै छ ।

‘आपत् र विपत् एक्लै आउन्नन् भन्ने उक्ति चरितार्थ गर्नलाई १९७७ सालतिर नेपालमा अर्को आर्थिक फाटो नेपाललाई आइलाग्यो । १९७१–१९७५ सालतक युरोपको महायुद्धमा लड्न गएका गोर्खाली पल्टनका २ लाख जति फौजी जवान लडाइँ सकिएपछि १९७७ तिर डफ्फाका डफ्फा घर बिदामा नेपाल फर्कँदा उनीहरूले आफ्नो साथमा विशाल । धनराशि (अन्दाजी रु. १३०० लाख) मात्र ल्याएनन्, विदेशी बानी–बेहोरा, लवाइ–खवाइ, चाल–चलन पनि बोकेर आए– हाम्रो ग्रामीण जीवनमा अति अवाञ्छिनीय असर पार्नेगरी ।’

(बडाकाजी अमरसिंह थापाको मातहतमा किल्ला काँगडामा लडेका गोर्खाली फौज, लडाइँ हारेपछि ब्रिटिश सरकारको अनुरोधमा सन् १८१५ देखि ब्रिटिस फौज भर्ती हुने प्रक्रिया शुरू भयो, कालन्तरमा लाहुरेको सङ्ख्या बढ्यो । १९७७ सालतिरको भा.रु. १३०० लाख आजकालको दरभाउमा रु. १३ अरब हुन्छ ।) : सरदार भीमबहादुर पाँडे, त्यस बखतको नेपाल– राणाकालीन आखिरी तीन दशक (पहिलो भाग राणा व्यवस्था चरमचोटीमा) पृष्ठः ११ ।

पाँडेले उल्लेख गरेको तथ्याङ्क हेर्दा केही रकम नेपाल भित्रिए पनि त्यसको भरपुर उपयोग हुन सकेन, बरु विदेशी सामान भित्रिए । स्वदेशी, घरेलु उत्पादन बन्द हुँदै गए । सती, दास प्रथा अन्त्य गरेर केही सुधारमा देखिएका चन्द्रशमशेर देखिए । उनैले बेलायतसँग सन्धि गरे । उनकै कारण नेपालको सार्वभौमिकतालाई कानूनी रूपमा स्वीकारेको थियो । तर, चन्द्रशमशेरले सन्धि नगरेको भए नेपाल नै रहने थिएन भन्ने भाष्यकरण गरेर उनलाई देवत्वकरण गर्न जरुरी छैन ।

खुकुरीको धारमा गोर्खालीले पाएको ‘बहादुरी, वीरता’ केही रकम त्यतिकै खेर गएको छ । मुलुकका युवा पंक्ति लडाइँमा पठाउँदाको पीडा अहिले चार पुस्तासम्मले बेहोर्नुपरेको छ । आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिकरूपमा बेहोर्नुपरेको ‘गोर्खाली समाज’को पीडाको कुरा गरिसाध्य छैन । दुई सय वर्षदेखि ‘गोर्खा ब्रान्ड’ बनेको हो । तर, यो ब्रान्ड शासकहरूका लागि बिक्री होइन, मूल्यहीन, निःशुल्क वितरण गरिने वस्तुको रूपमा स्थापित भएको छ । सम्मेलनकै क्रममा ‘१०० वर्षपछि नेपाल–बेलायत’को सम्बन्ध सेसन राखिएको थियो । यो शतवार्षिकीको अवसरलाई सदुपयोग गरी थप अध्ययनसँगै तमाम गोर्खाली सैनिकहरूको समस्या समाधान गर्नेतिर लाग्न उपयुक्त हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x