×

NIC ASIA

बाह्रखरी कथा प्रतियोगिताः विजेताले पाए १ लाख [भिडियोसहित]

काठमाडाैं | पुस ८, २०८०

Prabhu Bank
NTC
Premier Steels

बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको ’पाँचौं बाह्रखरी कथा प्रतियोगिता– २०८०’का विजेता मनोजबाबु पन्तले १ लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । 

Muktinath Bank

आइतवार काठमाडौंमा भएको एक कार्यक्रमका बीच विजेता पन्तलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

कार्यक्रममा विजेता घोषणासँगै  ’उत्कृष्ट कथा– २०८०’को पनि लोकार्पण गरिएको थियो । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले लोकार्पण गरेका हुन् ।

Vianet communication

उक्त कथासंग्रहमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८४३ मध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरिएको जानकारी काय्रक्रममा दिइयो ।

null 

प्रतियोगितामा प्रथम हुने मनोजबाबु पन्त, द्वितीय हुनेमा प्रमोद प्याकुरेल तथा तृतीय हुनेमा विजय हितानले क्रमशः १ लाख, ६० हजार तथा ४० हजार रुपैयाँ पुरस्कार, प्रमाणपत्र तथा ट्रफी पाए ।

पन्तको ’बूढो लाकुरीको रुख’ पहिलो, प्रमोद प्याकुरेलको कथा ’काँचुली’ दोस्रो र विजय हितानको कथा ’चेपाङ, चमेरा र चिउरी’ तेस्रो भएको हो ।

यस कथासंग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समावेश गरिएको जानकारी कार्यक्रममा दिइएको हो ।

null

‘बाह्रखरी कथा लेखन प्रतियोगिता– २०८० मा उत्कृष्ट २५ कथाकारहरूमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, डा श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा रहेका छन् ।

कार्यक्रममा बाह्रखरी डट्कमका प्रधानसम्पादक प्रतीक प्रधानले बाह्रखरी गर्नुको उद्देश्यबारे प्रष्ट्याएका थिए । ’साहित्य र पत्रकारिता समाज परिवर्तन गर्ने एउटा मध्यम हुन् । हामी पत्रकारले तथ्य र प्रमाणका आधारमा दिमाग प्रयोग गरेर समाज परिवर्तन गर्न लेख्छौं भने साहित्यमा जहिले पनि मनबाट कल्पना गरी समाज परिवर्तन गर्न नै लेखिन्छ,’ उनले भने, ‘त्यसैले यी दुईवटै विधाको उद्देश्य समाज परिवर्तन गर्नु नै भएकोले बाह्रखरीले यो कार्यक्रम आयोजना गर्ने गर्दछ ।’ 

null

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले समाजको प्रगति नगरेको तर्फ राखेका थिए ।

‘साहित्यकारलाई गरिब बनाएर, अनि जर्जर भएको राजनीतिलाई बलियो बनाएर हामी उत्सव मनाउँछौं,’ उनले भने, ‘राजनीतिले समाधान दिइरहेको छैन भन्ने मलाई लाग्छ, राजनीति उत्पादनहीन छ ।’ 

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । 

हेरौं भिडियोः 

तस्वीर र भिडियोः विश्वास खनाल/लोकान्तर ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x