×

NMB BANK
NIC ASIA

नासिँदै सरकारी सम्पत्ति

सरकारको नालायकीले खण्डहर बन्दै लुम्बिनी चिनी कारखाना, उखु किसानले पाएनन् भुक्तानी

बुटवल | पुस ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारी बेवास्ताले कुनै समय देशकै नमूना उद्योगको रूपमा नाम कमाएको लुम्बिनी चिनी कारखाना खण्डहर बनेको छ । राज्यको बेवास्ता र सञ्चालकको बदमासीले पश्चिम नवलपरासीको सुनवलस्थित चिनी कारखानाले किसानलाई उखुको रकमसमेत भुक्तानी गर्न सकेको छैन । कारखानाका सबै संरचना अहिले जीर्ण बनेका छन् । 

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै बेला देशभर चिनीको ३० प्रतिशत माग पूरा गर्ने उद्योग अहिले अग्रवाल समूहले चलाएको छ । सरकारले २०६२ सालमा एचपी अग्रवाल ग्रुप अफ कम्पनीलाई ३० वर्षका लागि चिनी कारखाना भाडामा दिएको थियो। तर, त्यसयता चिनी उद्योग पूर्णरूपमा चल्न सकेको छैन । कहिले बन्द हुने र कहिले आंशिक खुल्ने भइरहेको छ । लामो समय बन्द भएको कारखाना गएको मंसिर २२ गतेदेखि फेरि सुस्त गतिमा चलेको छ । 


Advertisment
Nabil box
Kumari

चीनको आर्थिक सहयोगमा वि.स. २०४५ सालमा स्थापना गरिएको उद्योग २०६१ सम्म राम्रो चलेको थियो । चिनियाँ सरकारको ३० करोड र नेपाल सरकारको १० करोड लगानीमा उद्योग स्थापना गरिएको थियो । वि.स. २०६२/०६३ पछि एकाएक निजीकरण गरिएपछि कारखाना धरासाही हुँदै दुरदिनको बाटो समातेको थियो । खुल्ने र बन्द हुँदै गर्दा उद्योगका मेसिनरी उपकरणहरू बिग्रिँदै गएका छन् । कारखानाले गति छाड्दा धेरै मजदुरको रोजीरोटीसमेत गुम्दै गएको छ ।

Vianet communication
Laxmi Bank

null

कारखानाका लेखा प्रमुख कुश सुवेदीले मर्मत सम्भार गर्दै गत मंसिरबाट उद्योग चलेको बताए । उद्योगले किसानलाई तिर्नुपर्ने रकम पनि विस्तारै तिर्दै गएको उनको भनाइ छ । ‘उद्योग विस्तारै चलेको छ ।

'उद्योगले किसानलाई तिर्नुपर्ने रकम पनि विस्तारै तिर्दै गएको छ,’ उनले भने, ‘उद्योगका सञ्चालक मनिशकुमार अग्रवालको निधन भएपछि केही समय उद्योग बन्द भएको थियो । केही समय उखु पनि पाइएन । अहिले किसानलाई उखु खेती प्रवर्द्धन गर्दै उद्योग चल्दै अघि बढ्दै छ । अहिले किसानलाई उखु खेती प्रवर्द्धन गर्न, नयाँ बीउ, मलखाद, कृषि यन्त्र र उखुमा लागेको रोगको निराकरण गरिरहेका छौं । किसान प्रवर्द्धन गर्दै उद्योग चलाउने नीति छ ।’ ८६ विघा क्षेत्रफलमा फैलिएको मिलमा, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्टगरी ३ वटा कारखाना सञ्चालनमा छन् । 

null

एक महिनाअघि चिनी मिलले प्रदूषण बढाएको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए । आधुनिक प्रविधि प्रयोग नगर्दा प्रदूषण बढदै गएको स्थानीयको भनाइ छ । 

डिष्टिलरीबाट निस्किने दूषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भएको छ । चिनी उद्योगबाट निस्केको प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर गरिरहेको संघर्ष समितिका उप संयोजक टेकप्रसाद न्यौपानेले बताए । 

null

प्रतापपुर गाउँपालिका अध्यक्ष तथा पूर्व उखु किसान उमेशचन्द्र यादवले उद्योगले किसानलाई ठगी गर्न थालेपछि चिनी मिलको ओरालो यात्रा सुरू भएको बताए । ‘अब उद्योगले गति लिन सक्दैन । किसानलाई पहिलो भुक्तानी दिएन । किसान पलायन हुँदै गए,’ उनले भने, ‘किसान ठगिएपछि अन्य व्यवसायतिर लागे । अहिले उद्योगलाई फूलफेजमा पुग्ने उखु पुग्दैन । बाहिरबाट मगाएर ल्याउँदा उद्योगलाई महँगो पर्न जान्छ । लामो समय चलाएर राम्रो प्रोडक्सन दिन सम्भावना कम देख्छु ।’ नवलपरासीमा १० हजार उखु किसान छन् । 

सुनवल नगरपालिका प्रमुख विमला अर्यालले उद्योगलाई प्रदूषणरहित बनाउन पटक–पटक ताकेता गरिएको बताइन् । ‘उद्योगका पुराना उपकरणले गर्दा बजार क्षेत्रमा क्षेत्रमा धेरै प्रदूषित बनाएको जनगुनासो धेरै आएपछि हामीले उद्योगलाई टिटमेन्ट प्लान्ट राख्न भनेका छौं,’ मेयर अर्यालले भनिन्, ‘बजार क्षेत्र प्रदूषित भयो । पहिलेजस्तो सामान्य छैन । बस्ती बाक्लो छ । उद्योगलाई चलाउँदै सरसफाई र प्रदूषण रोक्ने योजना पनि अघि बढाउनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x