×

NMB BANK
NIC ASIA

आर्थिक चुनौतीका बीच मोफसलमा फुटबल एकेडेमी सञ्चालन

मोरङ | पुस १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिन्छन् ।

Muktinath Bank

भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका विद्यार्थीलाई दैनिक बिहान प्रशिक्षक लिम्बूले फुटबलको तालिम गराई रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोफसलमा बढ्दो फुटबल खेलप्रति बालबालिकाको आकर्षणलाई मध्यनजर गर्दै जिल्ला फुटबल सङ्घ मोरङले कात्तिक १२ गतेदेखि ‘अण्डर १३ एन्फा मोरङ फुटबल एकेडेमी’ सञ्चालनमा ल्याएको हो ।


Advertisment
Nabil box
Kumari

जिल्ला सदरमुकाम विराटनगरभन्दा करिब ३० किलोमिटर टाढा मोफसलमा एकेडेमी सञ्चालनमा आएको हो ।

Vianet communication
Laxmi Bank

पर्याप्त आर्थिक अभावको बीच मोरङमा आवाससहितको फुटबल एकेडेमी सञ्चालनमा ल्याइएको सङ्घका उपाध्यक्ष नारायण लिङ्थेपले बताए । राज्यका तिनै तहले खेलकुदमा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्थामा जिल्लाको खेलकुद विकासका लागि सङ्घले पहिलोपटक एकेडेमी सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।

बेलबारी–८ राधानगरमा रहेको सिंहदेवी बोडिङ स्कूलको सहकार्यमा आवासको व्यवस्थासहित सञ्चालित एकेडेमी फुटबल खेलमा भविष्य खोज्नेको लागि आकर्षक गन्तव्य बनेको सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीले बताए । 

उनका अनुसार जिल्लाका विभिन्न पालिकाबाट करिब चार सय जना १३ वर्षमुनिका फुटबल प्रेमी विद्यार्थीबाट छनोट भएर आएका ३० जनालाई मोरङको बेलबारी–८ राधानगरस्थित खेल मैदानमा प्रशिक्षित गरिराखिएको छ । 

एसियाली फुटबल महासङ्घ सि लाइसेन्स कोचिङ कोर्ससमेत पास गरिसकेका प्रशिक्षक लिम्बूबाट आफ्नो छोरालाई प्रशिक्षित गराउने अवसर पाउँदा खुसी लागेको प्रशिक्षार्थी विजल श्रेष्ठका बुबा बाबुराम श्रेष्ठले बताए । 

‘देशकै नमूनाको रुपमा जिल्ला फुटबल सङ्घले सञ्चालन गरेको अण्डर १३ फुटबल एन्फा एकेडेमीलाई स्थायित्व दिलाउन केन्द्रबाट सहयोग जुटाउन लागीपरेका छौं’, अखिल नेपाल फुटबल सङ्घका सहायक महासचिव वसन्त अर्यालले भने । उनका अनुसार फुटबल एकेडेमीका रुपमा अन्य ठाउँमा पनि एकेडेमी सञ्चालन भए पनि आवाससहितको नेपालकै पहिलो मोरङको बेलबारीमा मात्र रहेको छ ।

मोरङको सफलतासँगै देशका विभिन्न जिल्लामा स्थानीय सरकारको सहयोगमा एकेडेमी सञ्चालन गर्ने योजना रहेको अर्यालले जानकारी दिए । ‘सुनसरीको धरानमा फिफा गोल प्रोजेक्टको योजनाअन्तर्गत ट्रेनिङ एकेडेमी सञ्चालचमा रहेको थियो’, उनले भने, ‘आर्थिक अभावका कारण हाल सञ्चालन हुन सकेको छैन ।’

सहायक महासचिव अर्यालले प्रदेश सरकारले सहयोग गरे आगामी शैक्षिक सत्रदेखि प्रदेशस्तरीय फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

उनका अनुसार धरानको एकेडेमीबाट उत्पादित धेरै खेलाडी राष्ट्रिय टिमसम्म पुग्न सफल भएका छन् । अनिल ओझा, हेमन्त थापामगर, संजोग राई राष्ट्रिय टिममा सहभागी भइसकेका छन् भने हिसुव थपलीया र गोल रक्षकका रुपमा अभिषेक बराल हाल सहभागी छन् ।

‘विसं २०७४ देखि गत वर्षसम्म सञ्चालित बेलबारी–८ मा रहेको एम्ब्रियो फुटबल एकेडेमीमा ५० विद्यार्थी थिए । केहीले १५ वर्ष मुनि (अण्डर–१५) को राष्ट्रिय टोलीमा सहभागी भएर अन्तर्राष्ट्रिय खेलसमेत खेल्ने मौका पाएका छन्’, सिंहदेवी बोर्डिङका सञ्चालक रविन थापाले भने, ‘फुटबल सङ्घले जिल्लामा एकेडेमी सञ्चालन गरेपछि हामीले सङ्घलाई नै सहयोग गरिरहेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x