×

NMB BANK
NIC ASIA

पूर्वराजा ज्ञानेन्द्रले नाति हृदयेन्द्रलाई अगाडि सार्ने खोजेका हुन् ?

भैरहवा | पुस १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग सामुहिक भेट गरेका छन् । पूर्वराजाले भैरहवामा बुधवार आफ्नो पार्टीका नेतासँग सामुहिक भेट गरेको जानकारी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दिएका छन् । 

Muktinath Bank

नागरिक अभिनन्दनका लागि भैरहवामा पुगेका पूर्वराजा ज्ञानेन्द्रसँग आफूहरूले भेट गरेको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटका क्रममा पूर्वराजा ज्ञानेन्द्रले सबैलाई आफूले ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्ने गरेको र सबैलाई एकताको सूत्रमा बाध्न चाहेको बताएको मिश्रले उल्लेख गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यता अध्यक्ष लिङ्देनले पनि पूर्वराजासँग भेट भएको भन्दै सामाजिक सञ्जालमा तस्वीर राखेका छन् । 

Vianet communication
Laxmi Bank

ज्ञानेन्द्रसँगको भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, बुद्धिमान तामाङ, धवलशमशेर राणा र दीपकबहादुर सिंह रसहभागी थिए । 

भेटमा सहभागी भएका नेता राणाले देशको परिस्थितिलाई लिएर पूर्वराजाले चिन्ता गरेको जानकारी दिए । 

‘हामीले उहाँ (ज्ञानेन्द्र)सँग डेढ घण्टा जति छलफल गर्यौं । देशको परिस्थिति र समसामयिक विषयमा कुराकानी भयो । देशमा कस्तो परिस्थिति छ भन्नेबारे उहाँको चासो थियो । हामीले पछिल्लो अवस्थाबारे जानकारी गरायौं,’ उनले भने, ‘देशको वर्तमान परिस्थितिप्रति उहाँले चिन्ता जनाउनुभयो । हामीले राजाको भ्रमणलाई सफल बनाउन कार्यक्रम गर्छौ भन्यौं ।’ 

भेटका क्रममा पूर्वराजाले ज्ञानेन्द्रले नाति हृदयेन्द्रलाई अगाडि सार्ने विषयमा केही प्रतिक्रिया नदिएको उनले बताए । 

‘पछिल्लो समय पूर्वराजाले नातिलाई प्राथमिकता दिएर कार्यक्रममा पनि लिएर हिँड्ने गरेका छन् । नातिलाई अगाडि सार्नेबारे उहाँले केही बताउनुभयो भन्ने प्रश्नमा राणाले भने, ‘हृदयेन्द्रलाई अगाडि सार्नेबारे उहाँले केही कुरा गर्नुभएन ।’ 

यसअघि पनि राप्रपाका नेताहरूले पूर्वराजासँग सामुहिक रुपमा भेट गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x