×

NMB BANK
NIC ASIA

कुलत छोडेपछिको जीवन

पहिले आफैं लागुऔषध प्रयोगकर्ता, अहिले सुधार केन्द्रका हर्ताकर्ता

बुटवल | पुस २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल उपमहानगरपालिका– ६ का ४५ वर्षीय केशव पुन मगर आजभन्दा दुई दशकअघि लागुऔषध प्रयोगको कुलतमा फसेका थिए । उनको जीवन विस २०५० देखि २०६० सम्म एक दशक कुलतमै बित्यो । त्यो बेला उनले कुलतबाट मुक्त भएर साधारण जीवनमा फर्किन्छु भन्ने कल्पनासमेत गरेका थिएनन् । साथीभाइको लहैलहैमा लागेर स्कूले जीवनबाटै लागुऔषधको कुलतमा फसेका केशवको मानसपटलमा सो बेला भोगेका घटना अहिले पनि ताजै छन् । 

Muktinath Bank

‘म १० वर्ष लागुऔषधको कुलतमा फसेँ, । यसले गर्दा बीचमै पढाइ छुट्यो । ५ पटकसम्म पोखरा र काठमाडौंका सुधार केन्द्र पनि बसेँ तर, लत छाड्न सकिनँ । छैठौं पटकमा ५ महिनासम्म काठमाडौंको नवकिरण सुधार केन्द्रमा बसेँ कुलत छाडन सकेँ,’ विगत सम्झँदै केशव भन्छन्, ‘डोज पूरा भएपछि अबदेखि खान्न भन्ने भावना आउँछ । फेरि कम भएपछि तलबल लागेपछि फेरि कसरी खाने भन्ने सोचाइ हुन्छ । रक्सी, गाजा, क्याप्सुल, ब्राउन सुगर हुँदै इन्जेक्सनबाट समेत लागुऔषधि लिइयो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुलतको दलदलमा फसेका केशव अहिले आफूले जस्तै बाटो रोजेका युवालाई सुर्धान सक्रिय छन् । केशवसहितका युवा जुटेर अहिले कपिलवस्तुमा राजेश आस्था फाउन्डेसन सञ्चालन गरी युवालाई नयाँ जीवन दिन जुटेका छन् । यो अवधिमा केशवले दुव्र्यसनीमा नराम्रेरी फसेका करिब ५०० युवालाई सुधार केन्द्रबाट सेवा दिइरहेका छन् । केशव अहिले कपिलवस्तुको सुधार केन्द्रलाई बुटवलमै सारेर यहीँबाट सेवा शुरू गर्ने तयारीमा छन् । 


Advertisment
Nabil box
Kumari

बुटवल–८ का ४२ वर्षीय सुमन हितान पनि कुनै बेला लागुऔषध  प्रयोगकर्ता थिए । १० वर्ष लागुऔषधको कुलतमा फसेका उनले सो क्रममा धेरै सास्ती भोगे ।  आफू मानसिक तनाव र दबाबले थिचिँएको उनी स्मरण गर्छन् । प्लस टू पढ्दाताका कुलतकै कारण उनको पढाइ छुट्यो । अभिभावकको आँखा छल्दै लागुऔषधलाई अम्मली बनाइरहेका कारण अध्यययनमा आफ्नो मन नगएको उनी बताउँछन् । उनलाई साथीभाइले शुरूमा मादक पदार्थ सेवन गर्न सिकाए । 

Vianet communication
Laxmi Bank

‘स्कूल पद्दैखेरी मैले मदिरा पिउन शुरू गरेँ । विस्तारै प्रतिबन्धित ट्याबलेट र गाँजा सेवन गर्न थालेँ,’ उनी भन्छन्, ‘एसएलसीपछि साथीभाइको संगतले कुलतमा नराम्रोसँग फसेँ । यसले गर्दा पढाइ छुट्यो ।’ 

कुनैबेला लागुऔषधको कुलतको दलदलमा फसेका केशव अहिले आफूले जस्तै बाटो रोजेका युवालाई सुर्धान सक्रिय छन् । उनीसहितका युवा जुटेर अहिले राजेश आस्था फाउन्डेसन सञ्चालन गरी युवालाई नयाँ जीवन दिन जुटेका छन् ।

अति भएपछि सुमन पोखरा र चितवनका सुधार केन्द्रमा बसे र १० वर्षदेखिको कुलतबाट मुक्त भए । उनै सुमन अहिले भने लागुऔषधको कुलत छोडेर आफूजस्तै त्यसैमा फसेकाहरूलाई उद्दार गर्दै हिँड्छन् । आस्था समूहमा ‘अफिसर’को रूपमा काम गर्छन् उनी । सुमन अहिले लागुऔषधको दुव्र्यसनीमा फसेकालाई पाठ पनि सिकाउँछन् । 

अहिले उनी निर्माण फाउण्डेसन गु्रप, पश्चिम नवलपरासीमा कार्यरत छन् । लागुऔषध ‘सिरिन्ज’बाट लिनेहरूलाई नयाँ जीवन दिलाउन सक्रिय छन् । उनी एचआईभीको ‘प्रिमिन्सन’ दिने गर्छन् । सिरिन्ज साटेर लागुऔषध लिनेलाई रगतसम्बन्धी रोगको जोखिम बढी हुने भएकोले उनले रिहाब सेन्टरमा बसेकाहरूलाई पनि प्रशिक्षण दिने गरेका छन् । 

कुलतको समयमा बिग्रिएका अनेक कुरादेखि पढाइलाई पनि ‘रिकभर’ गर्न सफल भए सुमन । ‘प्लस टु’ उतीर्ण गरिसकेका उनी अहिले एमबीए गर्दैछन् । ‘खराब साथीको संगत हुनु पनि पीडा रहेछ,’ उनी भन्छन्, ‘विगतमा जे–जे भए पनि अहिले नयाँ जीवनपछि खुसी छु । विगत सम्झेर होइन, भविष्यको कल्पनामा रमाएको छु । सुधार केन्द्रमा आएकालाई नयाँ जीवन जिउने तरिका सिकाउँछु । आफ्नो भोगाइ सुनाउँछु । र, पुनर्जीवनमा लाग्न सुझाव दिन्छु ।’ 

अहिले सुमनमा धनी हुने कुनै चाहना छैन । उनले युवालाई पुनर्जीवन दिने चाहना मनभरि पालेका छन् । यही नै काफी भएको उनी सुनाउँछन् । सुमन विगतलाई धिक्कारेको र वर्तमानप्रति गर्व गरेको बताउँछन् । लगातार १० वर्षसम्म लागुऔषध सेवन गर्दा पैसा अभावसँगै, परिवार र समाजबाट पनि अपहेलना सहेको उनी अझै पनि सम्झन्छन् । 

null

बुटवल– ११ का २५ वर्षका युवा हुन् वसन्त क्षेत्री । साथीभाइ र आफ्नै व्यवहारका कारण उनी पनि १५ वर्षको उमेरमै कुलतमा फसे । १ पटकको कुलत सँधैलाई हुँदैन भन्ने सोचाइलाई प्रमाणित गर्दै उनले जीवनमा ‘युटर्न’ लिन सफल भए । ८ वर्ष लगभग बेहोसी रुपमै नसामा लागेका उनी अहिले छाडेर बुटवलकै बेलबासमा ‘एडिक्सन रेस्क्यू’ नेपाल सञ्चालन गरेर बसेका छन् । उनले कुलतका लागेकाहरूको जीवन परिवर्तन गराइराखेका छन् । वसन्तले अहिले कुलतमा फसेका युवालाई समाजमा पुनस्र्थापित गर्न अभियन्ताको भूमिकामा आफूलाई व्यस्त गराएका छन् । उनीको नेतृत्वको रिहाब सेन्टरमा २३ जना रहेका छन् । ‘कुलत छाडेपछि पनि जीवन जीउन सकिने रहेछ भन्ने मैले बुझेँ,’ उनी भन्छन्, ‘लागुऔषधले जीवन र स्वास्थ्यलाई धेरै हानी गर्यो । त्यसैको क्षतिपूर्तिस्वरूप अहिले आफूसँगै अरुलाई पनि सुधार्ने काममा लागेको हुँ ।’ वसन्तले सुधार केन्द्रमा अहिले कुलतमा फसेका युवाहरूलाई योग र ध्यान जस्ता विधि र खानेकुराबाट प्रशिक्षण दिँदै आइरहेका छन् ।

वसन्तले एसएलसी उतीर्ण गरेपछि पढाइ छोडेका थिए । उनले अहिले कुलतमा फसेकालाई प्रशिक्षण दिँदै पढाइ पनि सँगसँगै लगिरहेका छन् । बीएचएम गर्दैछन् । ‘एक पटकका लागि चाखौं भन्दा मजस्ता युवा धेरै कुलतमा फसेका छन्,’ वसन्त भन्छन्, ‘एकपटक फसेपछि एडिक भइन्छ, चाखौं भन्दाभन्दै कुलतमा डुबिसकेको पत्तो नै हुँदैन । त्यसैले गलत संगतबाट टाढै बस्नुपर्छ ।’ 

पूर्वलागुऔषध प्रयोगकर्तालाई लत छुटाउन जति गाह्रो हुन्छ, नशामुक्त जीवन बिताइरहन पनि चुनौतीपूर्ण हुने वसन्तको अनुभव छ । यही बुझेर उनी लागुऔषधमुक्त जीवन बिताउन दैनिक समयतालिका नं बनाएर अघि बढिरहेका छन् । साथै गतल संगत पनि छोडेका छन् । 

‘विगतको गल्तीलाई भुलेर समाजमा जीवनमा चामत्कारिक परिवर्तन आउने पनि थुप्रै भेटिन्छन् । कुलतमा फसेका युवालाई परिवर्तन ल्याउन सुधार केन्द्र त खुलेकै छन्, थुप्रै अभियान्ता र सामाजिक संस्थाका प्रतिनिधि पनि लागेका छन्,’ उनी भन्छन्, ‘कतिपय लागुऔषधको कुलतमा फसेकाले चारैतिरबाट ‘हन्डर’ खाएपछि मात्र आँखा खुलेको पाइएको छ ।’

नेपाल प्रहरीका पछिल्लो समय धेरै नेपाली युवा पुस्ता लागुऔषधमा फसेका छन् । बुटवललगायतका शहरी क्षेत्र लागुऔषध ओसारपसारको केन्द्र बन्ने गरेका छन् । विशेषगरी शहरी क्षेत्रकै युवा कुलतमा लाग्ने गरेका घटना धेरै देखिएका छन् । त्यसबारे अभिभावकहरू पनि चनाखो बन्नुपर्ने प्रहरीले बताउँछ । शहरउन्मुख गाउँमा पनि लागुऔषध प्रयोगकर्ता फैलिँदै गएका छन् । यसले गाउँमा पनि समस्या निम्त्याउने खतरा देखिएको सरोकारवालाहरू औँल्याउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x