×

NMB BANK
NIC ASIA

कांग्रेसको कोशी संवाद : विधान परिमार्जन गर्न माग

विराटनगर | पुस २१, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसले पार्टी निकट नेताहरूसँग ‘लोकतन्त्र संवाद’ गरेको छ । सुनसरीको इटहरीमा आज सम्पन्न संवादका वक्ताहरूले पदाधिकारी तथा सदस्य वडा तहदेखि नै निर्वाचित हुँदै जानुपर्नेमा जोड दिएका छन् ।

Muktinath Bank

केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधिद्वारा बहुमतले चुनिनुपर्ने व्यवस्था हुनुपर्ने, पिछाडिएको वर्ग, लिङ्ग, समुदाय, अवसरबाट वञ्चित व्यक्ति नै समानुपातिक सूचीमा हुनुपर्ने, वडा तहलाई मजबुत बनाउँदै पार्टीले केन्द्रीय मूल्याङ्कन विभाग बनाउनुपर्ने र व्यवस्थित तरिकाले प्रविधिको प्रयोगमा मूल्याङ्कन हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको जोड छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संवादमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट २८ वटा निर्वाचन क्षेत्रका प्रतिनिधि, जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापतिसहित पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतको उपस्थिति थियो । 


Advertisment
Nabil box
Kumari

सङ्घीयताका सवाल, निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधार, नेता र जनप्रतिनिधिलाई कसरी जवाफदेही र उत्तरदायी बनाउने, नेताको चरित्रलाई कसरी लोकतान्त्रिक बनाउने, पार्टी विधानमा सुधार परिमार्जन र संशोधन गर्नुपर्ने विषय, विधानमा समेट्नुपर्ने वैकल्पिक अवधारणासम्बन्धी विषयमा समूहगत छलफल भएको थियो । 

Vianet communication

सहभागीबाट आएका महत्त्वपूर्ण सुझावलाई महासमिति बैठकमा उठाउनुपर्ने कार्यक्रमका सभापति एवं सुनसरी जिल्ला सभापति केदार भण्डारीले बताए । समूहगत छलफलबाट आएका सुझावलाई आगामी फागुन ७ गते हुने महासमिति बैठकमा प्रस्तावका रूपमा लगिने सहभागी कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझाले बताए।

आठ तहको साङ्गठनिक संरचना भद्दा भएकाले यसलाई चुस्त र छरितो बनाउन अनावश्यक साङ्गठनिक संरचना विधान संशोधनमार्फत हटाउनुपर्ने भन्दै उपसभापति ओझाले वडा, प्रदेश र सङ्घको टिकट वितरणमा माथिल्लो समितिको निर्णायक भूमिकालाई अन्त्य गर्दै जुन तहको टिकट वितरण गर्नुपर्ने हो, त्यही तहमा रहेका सक्रिय सदस्यको बहुमतबाट अनुमोदन गर्नुपर्ने अनिवार्य व्यवस्था हुनुपर्ने बताए।

त्यसैगरी आम मानिसको चाहना युवा नेतृत्व रहेकाले अबको पार्टी नेतृत्व युवा पिँढीलाई हस्तान्तरण गर्नुपर्नेतर्फ लाग्नुपर्ने महासमिति सदस्य उमा शिवाकोटीले बताए । 

उनले भने, “भावी नेतृत्वको विषयमा छलफल हुँदा आमनागरिक कार्यकर्ताको मन जित्दै परिवर्तनलाई स्वीकार गरी अघि बढ्नसक्ने भावी नेतृत्वको विषयमा महासमिति बैठकमा छलफल हुनुपर्छ ।” त्यसैगरी इलाम रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङले पार्टी नेतृत्व चिन्तित हुनुपर्ने र जनतासँग पार्टी नेतृत्व पुग्नुपर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x