×

NMB BANK
NIC ASIA

बुद्धिचाल खेललाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्छ : घिसिङ

काठमाडाैं | पुस २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले बुद्धिचालले विश्व खेलकुद वृत्तमै छुट्टै पहिचान बनाउन सफल भईसकेकोले नेपालमा पनि यो खेललाई व्यवसायिक रुपमा अगाडि बढाउन पर्ने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

Muktinath Bank

आज (सोमबार) बाट ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठान हलमा शुरु भएको छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै घिसिङ्गले नेपालमा बुद्धिचाल खेललाई व्यवसायिक विकासमा जोड दिनुपर्ने बताएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै उनले प्रतियोगितालाई आयोजनामा मात्र सिमित गर्नु भन्दा पनि बढी भन्दा बढी खेलाडीलाई प्रतियोगितामा सहभागि गराउन र नेपालमा बुद्धिचाल खेल तथा खेलाडीको स्तर विकासको महत्वपूर्ण विषय रहेको बताएका छन् । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका घिसिङ्गले बुद्धिचाल खेलको विकासमा सक्रिय रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको नेपाल बुद्धिचाल महासंघलाई राखेपले सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजना आजदेखि शुरु भएको प्रतियोगिता पुष २८ गतेसम्म चल्ले छ ।


Advertisment
Nabil box
Kumari

लिग कम नकआउट आधारमा शुरु भएको प्रतियोगिताका खेलहरु गत वर्षहरुमा भन्दा फरक शैलीमा खेलाइदै छ । यस पटकको प्रतियोगितामा प्रत्येक टिममा वैकल्पिकसहित ५ जना खेलाडीहरुको सहभागीता रहेको छ । जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरुलाई ए, बी, सी र डी गरि चार समूह वर्गीकरण गरिएको छ ।

Vianet communication
Laxmi Bank

जस अन्तर्गत समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहेका छन्। समूह बी मा १९०० रेटिङ मुनिका खेलाडीहरु, समूह सी मा अण्डर २० र मूह डी मा अण्डर १६ वा महिला खेलाडी रहेका छन्। वैकल्पिकमा जुन समुहको खेलाडी हो त्यही समूहबाट प्रतिस्पर्धा गर्न पाउने छन्।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, गोल्डेन गेट क्लब , लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदुर पश्चिम खेलकुद विकास परिषद , दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस , ललितपुर जिल्ला बुद्धिचाल संघ गरि २० टिम सहभागि छन् ।

प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १०९१० हजार पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ७० हजार रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x