×

NMB BANK
NIC ASIA

बागमती प्रदेशस्तरीय भ्रष्टाचार नियन्त्रण विषयक अन्तरक्रिया सम्पन्न

भ्रष्टाचार बढ्नुमा राजनीतिक नेतृत्व र कार्यशैली मुख्य रूपमा जिम्मेवार : मन्त्री श्रेष्ठ

मकवानपुर | पुस २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाको आयोजनामा बिहीबार बागमती प्रदेशस्तरीय भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया सम्पन्न भएको छ। 

Muktinath Bank

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको प्रदेश सुशासन केन्द्रको हलमा सम्पन्न  कार्यक्रम अख्तियारका आयुक्त किशोर कुमार सिलवालको अध्यक्षता र बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री  गङ्गा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अख्तियारले जनाएको छ  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री श्रेष्ठले भ्रष्टाचार महारोगको रूपमा रहेको भन्दै भ्रष्टाचार बढ्नुमा राजनीतिक नेतृत्व र कार्यशैली मुख्य रूपमा जिम्मेवार रहेको बताए । 


Advertisment
Nabil box
Kumari

उनले सत्ता र सम्पत्तिलाई सत्यको स्रोत मान्ने सामाजिक मनोविज्ञान घातक रहेको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचनालाई परिवर्तन गरी थप अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताए।

Vianet communication
Laxmi Bank

कार्यक्रममा प्रमुख सचिव घनश्याम उपाध्यायले आयोगमा उजुरी परेको कारण देखाउँदै विकासका कामको प्रक्रिया रोक्न नहुने धारणा राखे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विकासको बाधक नभएको भन्दै प्रदेश सरकारको तर्फबाट कार्यक्रम आयोजनाका लागि धन्यवाद ज्ञापन गरे । 

यसै गरी आयुक्त  किशोर कुमार सिलवालले कानुनको परिपालनाको मापन नभएको र सामान्यतया कमजोर परिपालना रहेको बताए। उनले संघीय र प्रादेशिक कार्यपालिकाबाट नीतिगत निर्णयका नाममा व्यवस्थापकीय कामका निर्णयहरू हुने गरेको देखिएको उल्लेख गरे । उनले अहिले भ्रष्टाचार बढेको चर्चा सर्वत्र रहेको तर नियन्त्रणका लागि चासो र सक्रियता कम हुनु मुख्य चुनौतीको रूपमा रहेको बताए । 

 कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता  कृष्ण मोहन कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै भ्रष्टाचार नियन्त्रण सम्बन्धमा रहेका कानुनी व्यवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासन प्रवर्द्धन गर्न एवं भ्रष्टाचार नियन्त्रणमा गरेका काम कारबाहीहरू, आयोगको कामको सामान्य प्रक्रियाको बारेमा जानकारी गराए । यसै गरी  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय, हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनीकरण एवम् सुशासन प्रवर्द्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे  तथ्याङ्क सहित जानकारी गराएका थिए । 

उक्त कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका सदस्य, जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख, बागमती प्रदेशका प्रमुख सचिव, जिल्ला समन्वय समिति, मकवानपुरका उपप्रमुख, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख, बागमती प्रदेशका प्रदेश सचिवहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, मकवानपुर जिल्लास्थित संघीय, प्रादेशिक कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका कार्यालय प्रमुखहरु, मन्त्रालयका महाशाखा प्रमुखहरु, नागरिक निगरानी संस्था, मकवानपुरका अध्यक्ष एवं सञ्चारकर्मीहरु र अन्य कर्मचारीहरु गरी २०३ जनाको सहभागिता रहेको थियो। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x