×

NMB BANK
NIC ASIA

सांसदको स्वार्थपूर्तिका लागि सचिवलाई 'बन्धक' बनाएर मापदण्डमा छेडखानी

काठमाडाैं | पुस २७, २०८०

NTC
Premier Steels

बूढानीलकण्ठस्थित मध्यवर्ती क्षेत्रमा निर्माण गरिएको 'होटल फरेस्ट इन' बचाउन मापदण्डमा छेडखानी भएको छ ।

Muktinath Bank

संखुवासभाबाट प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद दीपक खड्काको लगानीमा वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी निर्माण गरिएको ४ तले होटल जोगाउन मध्यवर्ती क्षेत्र (उद्योग स्थापना र सञ्चालन) मापदण्ड- २०६२ परिमार्जन गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सांसद खड्का यही पुस १७ गते केही व्यवसायीलाई लिएर वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोको कार्यकक्षमा पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

'मन्त्री कुट्छु' भन्ने हल्ला चलाएर मन्त्रालय छिरेका खड्काले मन्त्रीको साथ लिएर कर्मचारीहरूको सातो खाए । खड्काको सबैभन्दा बढी निशानामा परेका थिए, सचिव दीपककुमार खराल ।

Vianet communication

आफ्नो लगानीमा मापदण्डविपरीत बनेको होटल जोगाउन तत्कालै मापदण्ड संशोधन गर्नुपर्ने उनको अडान थियो ।

'नत्र त्यहीँ अनशन बस्ने, बल प्रयोग गरेर निकाल्न खोजिए आफूले पनि बल प्रयोग गर्ने' धम्की उनले सञ्चारकर्मीहरूकै अगाडि दिएका थिए ।

सचिव खराल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारीहरूले 'आज संशोधन गर्न मिल्दैन' भने पनि खड्काले सोही दिन संशोधन गराएरै छाडे ।

खासमा उक्त मापदण्डमा मध्यवर्ती क्षेत्रमा स्थापना गरिएको होटल/लज दुई तलाभन्दा माथिको हुन नहुने प्रावधान थियो । अहिले संशोधन भएको मापदण्डमा होटल/लजको तलासम्बन्धी बुँदा नै गायब छ ।

रोचक कुरा त के भने उनले साढे ४ तलाको होटल बनाइसकेका थिए । होटल बनाइसकेपछि मापदण्ड संशोधनका लागि दबाब दिन थाले ।

मन्त्रालयका एक कर्मचारी भन्छन्, '२०७५ सालमै उहाँ (सांसद खड्का) लाई वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नुस् भनेर भनेका थियौं । ईआईए गरेरै निर्माण थाल्ने गरी सहमति दिइएको हो । त्यतिबेला होटल बनिसकेको थिएन र २०६२ को मापदण्डले २ तलाभन्दा माथि बनाउन रोक लगाएको थियो । ईआईए प्रतिवेदन आउला भनेर हामी ५ वर्ष कुर्‍यौं । त्यो ५ वर्षमा उहाँ त कानून मिचेर होटल बनाउँदै पो बस्नुभएको रहेछ ।'

उनले गत भदौमा मात्र खड्का राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सम्पर्कमा आएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x