×

NIC ASIA

राष्ट्रिय सभा निर्वाचन

जनमतमा खस्किँदो माओवादी प्राविधिकरूपमा माथिल्लो सदनको पहिलो दल, एमाले झर्‍यो तेस्रोमा

काठमाडाैं | माघ ११, २०८०

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधि सभा ३२ सीटसहित तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सभामा भने पहिलो दल बन्ने भएको छ ।

Muktinath Bank

कुनै समय ठूलो अन्तरसहित पहिलो स्थानमा रहेको एमाले निरन्तर खुम्चिँदै तेस्रोमा झर्ने देखिएको छ । एमालेको स्थान अब आफैंबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीको हाराहारीमा हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन २० पछि नवनिर्वाचित सांसदहरूले पदभार ग्रहण गर्दा राष्ट्रिय सभामा एमालेका १० र एकीकृत समाजवादीका ८ सदस्य हुनेछन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभाका १९ सदस्यका चयनका लागि बिहीबार भएको निर्वाचनमा आफ्नो भागबन्डामा परेका ६ मध्ये ५ उम्मेदवारलाई विजयी गराएर माओवादी पहिलो दल बन्ने भएको हो ।

Vianet communication

हालसम्म राष्ट्रिय सभामा १८ सांसदसहित एमाले पहिलो स्थानमा छ । 

फागुन २० मा आफ्ना ९ सदस्यको पदावधि सकिँदा एमालेले जम्मा १ सीट मात्र थप्ने पक्का भएको छ ।

चुनाव भएका १९ पदमा सत्ता गठबन्धनबाट कांग्रेसले १०, माओवादीले ५, नेकपा एकीकृत समाजवादीले २ तथा जनता समाजवादी पार्टी र एमालेले १/१ सीट जितेका छन् । 

फागुन २० गते एकतिहाइ सदस्यको पदावधि सकिने भएपछि १९ सदस्यका लागि बिहीबार निर्वाचन भएको हो । 

२०६४ मा अप्रत्यासित मत ल्याएयता जनमतमा निरन्तर खस्किँदो माओवादीका ३ सांसद बिदा हुँदा ५ थपिने देखिन्छ । कोशीमा चन्दा कार्कीले अप्रत्याशित हार व्यहोरेपछि माओवादीलाई एक सांसद घाटा लागेको छ ।

४ सांसदको कार्यकाल सकिँदै गरेकोमा कांग्रेसले १० जना थप्न सफल भएको छ । बाँकी रहेका ६ सहित कांग्रेस सांसदको कुल संख्या १६ पुग्नेछ ।

नेकपा एकीकृत समाजवादीका ८ सदस्य थिए । दुई सदस्यको पदावधि सकिएर २ जना नै निर्वाचित हुँदा उसको हिसाब फरक पर्ने छैन ।

जसपाका ३ सदस्यमध्ये १ जना प्रमिलाकुमारीको पदावधि सकिएर एकजना पुनः निर्वाचित भएका छन् । 

यसबाहेक राष्ट्रिय जनमोर्चा १, लोसपा १ गरी अन्य २ सांसद छन् । 

मनोनीत ३ नारायणप्रसाद दाहाल, वामदेव गौतम र विमल राई पौडेलमध्ये राईको पदावधि सकिएपछि एक पद मनोनीत हुनुपर्नेछ । 

यसरी माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, समाजवादीका ८, जसपाका ३, मनोनीत २, राष्ट्रिय जनमोर्चा र लोसपाका १-१ गरी २ समेत ५८ सदस्य राष्ट्रिय सभामा हुनेछन् ।

थप एक जना महिला सदस्य मनोनीत भएपछि कुल सदस्य संख्या ५९ कायम हुनेछ ।

कुन प्रदेशबाट को निर्वाचित भए ? 

बिहीबार सात प्रदेशमा १९ सीटका लागि निर्वाचन भएको थियो, जसमा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ३/३ गरी ९, कोशी, मधेश र कर्णाली २/२ गरी ६ समेत १९ सीटमा निर्वाचन भएको हो ।

बिहीबारको निर्वाचनमा कांग्रेसले १०, माओवादीले ५, नेकपा एकीकृत समाजवादीले २ तथा एमाले र जसपाले १/१ एक सीट जितेका छन् ।  

कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्कीलाई पराजित गरी एमालेकी रुक्मिणी कोइराला निर्वाचित भइन् ।  

बागमतीमा जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी कांग्रेसबाट निर्वाचित भएका छन् ।

श्रीकृष्णप्रसाद अधिकारी माओवादी केन्द्र र घनश्याम रिजाल नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् । 

मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएका छन् । 

गण्डकीबाट ३ सदस्यमध्ये किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार कांग्रेसबाट तथा माओवादीबाट मनरूपा शर्मा निर्वाचित भए । 

लुम्बिनीमा विष्णुकुमारी सापकोटा कांग्रेसबाट निर्वाचित भइन् भने माओवादीका झक्कुप्रसाद सुवेदी निर्वाचित भए । 

कर्णाली प्रदेशमा कांग्रेसबाट कृष्णबहादुर रोकाया, माओवादीका विष्णुबहादुर विश्वकर्मा र नेकपा एकीकृत समाजवादीबाट सावित्री मल्ल विजयी भएका छन् । 

सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र माओवादीकी रेणु चन्द विजयी भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x