×

NMB BANK
NIC ASIA

व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छः महामन्त्री थापा

धनुषा | माघ १६, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा निराशामात्रै छ भन्ने भाष्य निर्माण गर्न खोजिए पनि यही व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा रहेको बताएका छन् । 

Muktinath Bank

समुदायमा कांग्रेस अभियानका क्रममा धनुषाका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भई काठमाडौँ फर्किनेक्रममा आज जनकपुरधाम विमानस्थलमा महामन्त्री थापाले स्थानीय आवश्यकताअनुसार फरकफरक माग रहे पनि व्यवस्थाका विषयमा हल्ला गरिएजस्तो अवस्था नरहेको बताए । उनले सरकार र पार्टीले जनतासामु गरेका वाचा पूरा गर्न थप उत्तरदायी हुनुपर्ने बेला निराशाका कुरा मात्रै गर्न नहुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“समुदायमा कांग्रेस अभियान भर्खरै सुरु भएको छ । म झापाबाट जनकपुर पुग्दासम्म स्थानीय आवश्यकताअनुसार फरकफरक माग र मुद्दा छन् र अहिलेको व्यवस्थाका विषयमा जताततै निराशा र अँध्यारो मात्रै छ भन्ने गरिएजस्तो छैन”, महामन्त्री थापाले भने, “यही व्यवस्थालाई सुधार गर्दै दलहरुले हिजोका दिनमा गरेका वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छ । त्यसैले ती अपेक्षा सम्बोधन गर्न लाग्नुपर्ने आवश्यकता महसुस भएको छ ।”


Advertisment
Nabil box
Kumari

उनले व्यवस्थाको चिन्ता गर्नेभन्दा जनताका तत्कालीन र दीर्घकालीन समस्या सम्बोधनमा केन्द्रित हुन पनि सरकार र पार्टीलाई आग्रह गरे । उनले भने– “जाजरकोट भूकम्प, झापामा हात्ती आतङ्क, धनुषा र सिरहामा कमला नदीमाथि बन्दै गरेको पुलको दुर्दशा, मधेसका युवामा लागुऔषध दुव्यर्सनीको समस्याजस्ता थुप्रै मुद्दा छन् । अहिले माघको चिसोमा ती विषयमा चिन्ता गर्नुपर्ने हो । त्यसैले सरकारलाई अरु विषयमा नअल्झेर जनताका मुद्दामा केन्द्रित हुन म विशेष आग्रह गर्दछु ।” 

Vianet communication

 यसअघि नेता थापाले सहिदनगर नगरपालिका–३, यदुकुहामा सहिद कामेश्वर मण्डल, कुशेश्वर यादवको सालिकमा माल्यार्पण र कार्यक्रमलाई सम्बोधन, औरही गाउँपालिकालगायतका स्थानमा पुगेर जनताका गुनासा सुनेका थिए ।  

अभियानका क्रममा माघ १३ गते पूर्व झापाको मेची पुलबाट संवाद यात्रा सुरु गर्नुभएका महामन्त्री थापा माघ २६ गते पश्चिम कञ्चनपुर पुग्ने कार्यक्रम छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x