×

NMB BANK
NIC ASIA

गाउँपालिका अध्यक्ष-उपाध्यक्षबीच विवादः चेपुवामा कार्यालय सहयोगी, धरापमा जागिर !

काठमाडाैं | माघ १७, २०८०

NTC
Premier Steels

मोरङको कानेपोखरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको झगडाको मारमा कार्यालय सहयोगी परेका छन् । अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला अधिकारीबीच भएको विवादको मारमा तल्लो तहका कर्मचारी परेका हुन् । 

Muktinath Bank

केही दिनअगाडि बसेको कार्यपालिका बैठकमा पालिकाका उपाध्यक्ष अधिकारी र पालिकाका प्रवक्ता तथा २ नम्बर वडाका वडाध्यक्ष सुशील बुढाथोकीबीच चर्काचर्की परेको थियो । अध्यक्षको कार्यकक्षमा बैठक बसेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवाद बढ्दै जाँदा उपाध्यक्षले मुड्कीले हाने र अध्यक्षको कार्यकक्षमा रहेको टेबुलको सिसा फुटाएका थिए । ‘दुई जनाबीच चर्काचर्की गर्दागर्दै उपाध्यक्षज्यूले टेबुलमा मुड्कीले हान्नु भएको थियो,’ एक वडाध्यक्षले भने ‘उहाँले हानेपछि टेबुलमा भएको सिसा फुटेको थियो ।’


Advertisment
Nabil box
Kumari

आफ्नो बोल्ने पालोमा हल्ला गरेर बोल्न नदिएपछि टेबुल ठोक्दा सिसा फुटेको उपाध्यक्ष अधिकारीले बताए । उपाध्यक्षले फुटाएको सिसा फेर्न अध्यक्ष राजमती इङनामले मानेकी थिइनन् । उनले कार्यकक्षमा आएका सबैलाई उपाध्यक्षले फुटाइदिनु भएको भनेर प्रचार गर्ने गरेकी थिइन् । 

Vianet communication

गत बिहीबार इङनाम आफू नजिकका वडा अध्यक्षहरूलाई लिएर तेह्रथुमको गुराँस नगरपालिकातिर गएकी थिइन् । उपाध्यक्षले फुटाएको भनेर प्रचार गर्ने क्रम अध्यक्षले नरोकेपछि उपाध्यक्षले अध्यक्ष नभएको मौका पारेर सिसा फेरिदिने योजना बनाए । तर, अध्यक्षले कार्यकक्षको ताला नखोल्न सचिवालयमा बस्ने कार्यालय सहयोगीलाई निर्देशन दिएर गएकी थिइन् । कर्मचारीहरूका अनुसार उपाध्यक्षले भने पनि ताला नखोल्न उनले निर्देशन दिएकी थिइन् । उनको सचिवालयमा पदमप्रसाद भट्टराई कार्यालय सहयोगी छन् ।   

उपाध्यक्षले सिसा फुटाएपछि आफ्नो अनुमतिबेगर कार्यकक्ष नखोल्न उनले सचिवालयका कर्मचारीलाई निर्देशन दिएकी थिइन् । ‘उपाध्यक्षले भने पनि नखोल्न भनेर अध्यक्षज्यूले भन्नुभएको थियो,’ सचिवालयका कार्यालय सहयोगी भट्टराईले भने, ‘तर उहाँहरू नभएको दिन उपाध्यक्षले अध्यक्षको कोठा खोल्न भन्नुभयो ।’ अध्यक्ष अन्यत्र गएका बेला अधिकारीले फुटाएको सिसा फेर्न मिस्त्रीलाई बोलाएर फेरेका हुन् । अध्यक्षले आफ्नो कार्यकक्षमा आउनेलाई उपाध्यक्षले फुटाएको सिसा भनेर प्रचार गरेपछि उपाध्यक्षले मौका छोपेर सिसा फेरेको गाउँपालिका स्रोतले जनाएको छ । 

अनुमतिविना ढोका खोलेको भन्दै कार्यालय सहयोगी भट्टराईलाई अध्यक्ष इङनामले निलम्बन गरेकी छन् । ‘मलाई बुधवारदेखि हाजिर हुन आउनेगरी खबर आउँछ भनेर केही वडा अध्यक्षहरूले भन्नुभएको छ,’ कार्यालय सहयोगी भट्टराईले भने, ‘खबर आएन भने मेरो बिजोक हुन्छ ।’ उनको जागिरबाहेक अन्य केही पशा–व्यावसाय छैन । श्रीमतीको उपचार, छोराछोरीको पठनपाठन तलबबाटै गर्नु पर्ने बाध्यता रहेको उनले सुनाए । उनकी श्रीमती क्यान्सर पीडित छिन् । 

कानेपोखरीमा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडाध्यक्षसमेत एमालेका छन् । एउटै पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिबीच बोलचाल नै बन्द हुने अवस्थामा पुगेको अन्य जनप्रतिनिधिहरू बताउँछन् । कानेपोखरीका ७ मध्ये ५ वटा वडाध्यक्ष एमालेबाटै विजयी भएका छन् । कार्यपालिकामा पनि एमालेको दुई तिहाइ बहुमत छ । 
तर, उपाध्यक्ष अधिकारी भने अध्यक्षसँग कुनै विवाद नरहेको बताउँछन् । ‘अध्यक्षज्यूसँग सल्लाह नै गरेर सिसा फेर्ने सहमति भएको हो,’ उपाध्यक्ष अधिकारीले लोकान्तरसँग भने ‘हामी जनप्रतिनिधिबीच विवाद छैन । कर्मचारीलाई पनि कारबाही गरिएको छैन ।’

उपाध्यक्षले भनेको कुरा भने गाउँपालिकाकै प्रवक्ता भने स्वीकार्दैनन् । गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले कार्यालय सहयोगीलाई निष्कासन नगरिएको दाबी गरे । तर, केही समयलाई निलम्बन गरिउको उनले बताए । ‘अध्यक्षको निर्देशन नमानेपछि सस्पेन मात्रै गरिएको हो,’ प्रवक्ता बुढाथोकीले भने ‘औषधि नखाने छोरा छोरीलाई कहिले काही बाआमाले झापड पनि हान्नु पर्ने हुन्छ । भएको त्यति मात्रै हो । कार्यालय सहयोगीको जागिर गएको होइन ।’

अभद्र तरिकाले प्रस्तुत भएर कार्यपालिकाको बैठकमा उपाध्यक्षले टेबुल फोरेपछि समस्या आएको वडा अध्यक्षहरू बताउँछन् । अध्यक्ष नभएको बेला सिसा फेरेपछि त्यसको असर कार्यालय सहयोगीमा परेको गाउँपालिका कर्मचारीहरूले  बताएका छन् ।

‘म आएपछि मात्रै मेरो कार्यकक्ष खोल्नु भनेर अध्यक्षज्यूले भन्नु भएको रहेछ । दिउँसो ४ बजेतिर उपाध्यक्ष आएर चाबी खोल्न दबाब दिनुभएछ । धेरै भए के हुन्छ तिम्रो जागिर त जाने हो नि उमेर पनि हुन लागेकै छ भनेर कार्यालय सहयोगीलाई दबाब दिनुभएपछि सहयोगीले अध्यक्षज्यूको कार्यकक्ष खोलिदिनुभएको रहेछ । त्यसको मारमा उनी आफैं परेका छन् । तिनको जागिर जानुहुँदैन भनेर हामीले अध्यक्षज्यूलाई भनेका छौं,’ एक वडा अध्यक्षले भने ।

गाउँपालिकाको उपाध्यक्षले आफ्नो अभीष्ट पुरा गर्नसामान्य कर्मचारीलाई दबाब दिएको अध्यक्ष निकटका वडाध्यक्षहरूको आरोप छ । उपाध्यक्ष अधिकारीले सिसा फेर्दा विवाद झन् विवाद बढ्दै गएपछि अध्यक्ष इङनामसँग उनले माफी मागेको स्रोतले बताएको छ । 

पालिकाको केन्द्र ५ नम्बर वडामा सार्ने कि ६ नम्बरमै राख्ने भन्ने विषयमा अध्यक्ष र उपाध्यक्षबीच विवाद बढ्दै गएको अन्य जनप्रतिनिधिहरू बताउँछन् । पालिकाको केन्द्र सार्ने विषयमा गत वैशाखमै विवाद भएको थियो । पालिकाको भवन सार्ने विषय मतदानबाट टुङ्ग्याइएको थियो । बहुमत कार्यपालिका सदस्यले ५ नम्बर वडामा सार्ने निर्णय गरेका थिए । त्यसपछि उपाध्यक्ष अधिकारीले अध्यक्षसँग दुरी बढाएको स्रोत बताउँछ । उपाध्यक्ष अधिकारी सार्न नहुने पक्षमा थिए । उपाध्यक्षको वडा पनि ६ नम्बर नै हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x