×

NMB BANK
NIC ASIA

ठूलो अनियमिततामा ब्रेक

लोकान्तर समाचार प्रभाव : साढे १६ लाख स्मार्ट लाइसेन्स छाप्ने ठेक्का रद्द

काठमाडाैं | माघ २३, २०८०

NTC
Premier Steels

यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिद गर्न आह्वान गरेको टेन्डर रद्द गरेको छ । मिलेमतोमा स्पेसिफिकेसन बनाइएको तथा प्रतिस्पर्धा सीमित पारिएको भन्दै लोकान्तरले समाचार प्रकाशित गरेको थियो ।

Muktinath Bank

त्यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार मन्त्रालयले छानबिन थालेको अवस्थामा टेन्डर रद्द गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि टेन्डर रद्द गरिएको पुष्टि गरेका छन् ।


Advertisment
Nabil box
Kumari

'मूल्यांकन समितिले दिएको प्रतिवेदनका आधारमा ठेक्का रद्द गरिएको हो,' रिजालले लोकान्तरसँग भने, 'प्राविधिक रूपमा नै टेन्डर भरेका दुवै कम्पनीहरू अयोग्य भएको भनेर मूल्यांकन समितिले दिएको रिपोर्टका आधारमा ठेक्का रद्द गरिएको छ ।'

Vianet communication

महानिर्देशकस्तरीय निर्णय गरेर उक्त ठेक्का रद्द गरिएको हो । अब फेरि अर्को टेन्डर कहिले खुलाउने भन्ने विषयमा सल्लाह तथा छलफल भइरहेको उनले खुलाए ।

ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएकाले प्रतिस्पर्धालाई सीमित पारी अन्य आवेदकले फारमसमेत भर्न नपाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

मिलेमतोमा स्पेसिफिकेसन बनाएको, सार्वजनिक खरिद अनुगमन कार्यालयको सिस्टम हाइक गरेर अन्य फर्मले टेन्डर भर्न नपाएको, भरिएको टेन्डरमा समेत हेरफेर गरिएको विषयसहित अख्तियारमा उजुरी परेको थियो ।

सोही उजुरीका विषयमा छानबिन गरी जानकारी गराउन अख्तियारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उजुरीसहित पत्राचार गरेको थियो ।

त्यसपछि मन्त्रालयले उपसचिव विनोद खड्काको संयोजकत्वमा इन्जिनियर दिनेश अधिकारी र लेखा अधिकृत फिरोज आलमसहितको ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो  ।

छानबिन समितिले ठेक्काको विषयमा कागजात माग गरेपछि ठेक्का रद्द गरेको स्रोतको दाबी छ ।

यता छानबिन समितिले पनि छानबिन गरी प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ । त्यस विषयमा छानबिन समितिका संयोजक खड्काले केही प्रतिक्रिया दिन मानेनन् ।

यातायात व्यवस्था विभागले झन्डै ४१ करोड रुपैयाँको लागतमा १६ लाख स्मार्ट कार्ड छाप्न तथा मशिन खरिद र  जडान गर्नका भनेर आह्वान गरेको ठेक्काको मूल्यांकन गर्न विभागका आईटी शाखा प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा बोलपत्र मूल्यांकन समिति गठन गरिएको थियो ।

ठेक्का हाल्ने अन्तिम दिन पुस ११ गते सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘सिस्टम’ नै नचल्ने बनाएर मन्त्रालय, विभाग र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच मिलेमतो भएको आरोप लागेको छ ।

अन्तिम दिन ठेक्का हाल्न तयार रहेकाहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको सिस्टम नै नचलेका कारण ठेक्का हाल्न पाएनन् ।

त्यसपछि उनीहरूले ठेक्काको म्याद बढाउन महानिर्देशक रिजाललाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको विभागकै कर्मचारीले खुलाए ।

टेन्डर हाल्ने अन्तिम म्याद पुस ११ गतेसम्ममा जम्मा २ वटा कम्पनीले मात्र बोलपत्र पेस गरेका थिए ।

बोलपत्र आह्वान हुँदा शुरूमा प्रकाशित गरिएको सूचनामा पटक–पटक संशोधन पनि गरिएको थियो । फ्रान्सको सेल्प र भियतनामको एमके स्मार्ट ज्वाइन्ट स्टकले ठेक्का हालेका थिए । अन्तिम दिन सिस्टम नै नचलेपछि बोलपत्र पेस गर्न नपाएको भन्दै अन्य ४ कम्पनीले ताकेता गरेका थिए । उनीहरूको कुरा सुनुवाइ भएन ।

'गत वर्ष १२ लाख कार्ड झन्डै २१ करोड रुपैयाँमा मात्र खरिद् गर्ने सम्झौता भएकोमा यसपटक एउटा मास प्रिन्टर र ४ लाख स्मार्ट कार्ड मात्र थप्दा झन्डै दुई गुणा बढी लागत अनुमान राखिनुले पनि सेटिङमा ठेकेदार कम्पनीलाई बढी लाभ दिन लागिएको प्रस्ट थियो,’ यातायात मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने ।

यसअघि १२ लाख कार्डको ठेक्का पाएको जर्मनीको मुलवर कम्पनी, भारतका एमसीटी र एमएसपी कम्पनी तथा यूएईको अर्को एकसहित चार कम्पनीले सिस्टमको समस्याका कारण बोलपत्र पेस गर्न नपाएको भनेर गुनासो गरेको विभागकै एक उच्च अधिकारीले स्वीकारे ।

'यसमा त सेटिङ भएकै हो, सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिस्टम नै चल्न नसक्ने बनाएर अन्य फारमलाई प्रतिस्पर्धामा भाग लिनबाट नै वञ्चित गराइएको थियो,’ ती कर्मचारीले लोकान्तरसँग भने ।

हेर्नुहोस्, सम्बन्धित समाचार:

बहाना मिलाएर जर्मनी उड्दै विभागको टोली, लाइसेन्सको नयाँ ठेक्कामा पनि 'सेटिङ' [भाग- ४]

१६ लाख स्मार्ट कार्ड छाप्ने ठेक्कामा अनियमितताः अख्तियारको पत्रपछि मन्त्रालयले बनायो छानबिन समिति

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x