×

NMB BANK
NIC ASIA

चिसाङ खोला ठेक्का प्रकरण

जनप्रतिनिधिको टकराबले गोलचक्करमा खोलाको ठेक्का: करोडौं राजस्व गुमाउँदै नगरपालिका

विराटनगर | माघ २५, २०८०

NTC
Premier Steels

मोरङको बेलबारी नगरपालिका र कानेपाखरी गाउँपालिका भएर बग्ने चिसाङ खोला ठेक्काको विषय गिजोलिएको छ । नगरपालिकालाई करोडौं रुपैयाँ राजश्व आम्दानी हुने चिसाङ खोलामा जनप्रतिनिधिको स्वार्थ बाझिँदा ठेक्का लाग्न सकेको छैन । जनप्रतिनिधि बिचकै स्वार्थको द्वन्द्वले गर्दा ठेक्का लगाउने, खारेज गर्ने, अदालत जाने, पुनः ठेक्का खोल्ने र फेरि अदालत जाने गोलचक्कर चलिरहेको छ । 

Muktinath Bank

बेलबारी नगरपालिकाका उपमेयर नितु थापा (कोइराला) र वडा नम्बर ११ का वडाअध्यक्ष विक्रम राईबीच स्वार्थ बाझिँदा खोला ठेक्का लाग्न नसकेको हो । गत असार १९ गते बेलबारी नगरपालिकाले ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको थियो । २०८० साउन २५ गते तीनवटा बोलपत्र दर्ता भएको थियो । त्यसपछि दुई करोड २२ लाख १९ हजार ९९ रुपैयाँ ९८ पैसामा सुन्दरहरैंचाको मकालु इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । गत भदौ १८ गते १५ दिनको म्याद दिएर मकालु इन्जिनियरिङका लागि नगरपालिकाले सम्झौताका लागि पत्र पठाएको थियो । मकालुले १५औँ दिनमा अर्थात् असोज १ गते नगरपालिकाको खातामा २२ लाख रुपैयाँ जम्मा गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठेकेदारले सूचना अनुसारको कबोल अंकको एकमुष्ट रकम नबुझाई किस्तामा रकम बुझाउन ४० प्रतिशत रकम र बाँकी रकमको बैंक ग्यारेन्टी पेश गर्न सात दिनको म्याद थप्न निवेदन दिएका थिए । नगरपालिकाले असोज १ गते थप सात दिनको समयसमेत दिएको थियो । थपिएको म्यादको अन्तिम दिन अर्थात् असोज ७ गते मकालुले ४७ लाख रुपैयाँ जम्मा गरेको थियो । धरौटीसहित दुई पटकमा ८० लाख ११ हजार रुपैयाँ जम्मा गरेको थियो ।


Advertisment
Nabil box
Kumari

बाँकी अपुग रकम भने मकालुले नगरपालिकालाई चेक दिएको थियो ।  तर, उक्त चेकमा पैसा नभएपछि बैंकले फिर्ता पठाएको थियो । त्यसपछि नगरपालिकाले पुनः म्याद थप गरिदिएको थियो । दोस्रो पटक म्याद थप गर्दा पनि ठेकेदार कम्पनीले कबोल अनुसारको रकम भने बुझाउन सकेन । 

Vianet communication

पहिलो किस्ताको कबोल ठेक्काको ४० प्रतिशत रकम र त्यसको मूल्य अभिवृद्धि कर १३ प्रतिशत तथा अग्रिम आयकरसहित जम्मा ९१ लाख ८२  हजार ९ सय ५५ रुपैयाँ ७४ पैसा नगरपालिकाको खातामा जम्मा गर्नुपर्ने थियो  । त्यसपछि नगरपालिकाले तेस्रो पटकसमेत म्याद थप गरेको थियो । तेस्रो पटक समेत पैसा बुझाउन नसकेपछि ठेक्का रद्द गरेको थियो । 

२०८० असोज १६ गते बसेको नगर कार्यपालिका बैठकले दोस्रो बोलपत्रदाता शिवजी कन्स्ट्रक्सन, इटहरी–५ लाई खोला उत्खनन्को जिम्मा दिने निर्णय गरेको थियो । शिवजीले एक करोड ६८ लाख ३७ हजार रुपैयाँ कबोल गरेको थियो । 

मकालु इन्जिनियरिङ कन्स्ट्रक्सनको धरौटीबापतको ११ लाख ११ हजार रुपैयाँ जफत गर्दै कालोसूचीमा राख्न सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई पत्र पठाउने निर्णयसमेत गरेको थियो । यस्तै दोस्रोले ठेक्का पाउँदा अपुग हुने रकम ४२ लाख ७१ हजार ९९२ रुपैयाँ मकालुले जम्मा गरेकोबाट जफत गर्ने निर्णयसमेत गरेको थियो ।   

आफूलाई ठेक्का नदिने नगरपालिकाको निर्णयविरुद्ध मकालु इन्जिनियरिङ कन्स्ट्रक्सनले जिल्ला अदालतमा मुद्दा दिएको थियो । जिल्ला अदालत, मोरङले दुवै पक्षलाई खोला उत्खनन् गर्न नदिन अन्तरिम आदेश दिएपछि खोला उत्खनन् रोकिएको थियो ।

जसले गर्दा दुई पालिकाले दैनिक लाखौं राजश्व गुमाइरहेका छन् । लामो समयसम्म खोला ठेक्का लाग्न नसकेपछि बेलबारी १० का वडाध्यक्ष गंगा याक्खा, ६ का वडाध्यक्ष टेकबहादुर राई र कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङले ठेकेदारलाई पहिलो बोलपत्रदातालाई नै काम गर्न दिन पहल गर्ने सहमति गरेका थिए । त्यसपछि मकालुले उच्च अदालतमा दिएको रिट निवेदन फिर्ता लिएको थियो । 

समितिको पहलमा खोलाको ठेक्का पहिलो पक्षलाई दिने सहमति गरे पनि कानुन व्यवसायीहरूले नगर कार्यपालिकाको निर्णयविरुद्ध गर्न नहुने सुझाव दिएका थिए । त्यही सुझावलाई कार्यान्वयन गर्ने निर्णयमा उपमेयर थापाले अडान लिएपछि सहमति कार्यान्वयन हुन सकेन ।

शिवजी कन्स्ट्रक्सनमा उनको पनि संलग्नता छ । त्यसपछि नगरपालिकाले तेस्रोलाई दिन सहमति भएको थियो । तेस्रो बोलपत्रदाता भने पोखरी सेवा निर्माणदाता कानेपोखरी हो । उसले बोलपत्रमा पेश गरेको सानिमा बैंकको जमानत पत्रको समयावधि भने गत पुस १६ गतेसम्मको मात्रै थियो । त्यसपछि नगरपालिकाले ठेकेदार कम्पनीको धरौटी जफत गर्दै ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । 

मकालु र शिवजीकै धरौटी जफत गर्ने निर्णय भने माघ ९ गते गरेको थियो । त्यसपछि शिवजी कन्ट्रक्सनले सर्वोच्चमा रिट दर्ता गराएको छ । कार्यपालिकाको निर्णयले मकालु इनजिनियरिङको धरौटी बाहेकको रकम फिर्ता दिने निर्णय गरेको थियो भने बैंक ग्यारेन्टीसमेत फुकुवा गर्ने निर्णय गरेको थियो ।

अदालतको आदेश नआएसम्म ठेक्काको प्रकृया रोकिएको बेलबारी नगरपालिकाका सूचना अधिकारी महेन्द्र खड्काले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x